भूकम्पले गुमेकाे तातापानी निस्केपछि स्थानीय खुसी


रसुवा, जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीमा अवस्थित सुकेको तातोपानी पुनः निस्केपछि स्थानीय खुसी भएका छन् । 

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीमा रहेको तातोपानीको मुल सुकेको थियो। भूकम्पपछिका वर्षहरूमा तातोपानीको मुल पटक–पटक सुक्ने र पुन निस्कने क्रम दोहोरिँदै आएको छ।

अहिले पुनः तातोपानीको मुल पलाएको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीका स्थानीय नोर्चेल तामाङले बताए ।  “अहिले ६ वटै धाराबाट पानी आइरहेको छ। भूकम्पपछि तातोपानीको मुल पटक–पटक सुक्दै पलाउँदै आएको छ,” उनले भने । करिब एक महिना जति भयो तातोपानीको मुल पलाएको तामाङले भने, “अहिले दिनप्रतिदिन पानी तात्दै गएको छ ।” अबचाहिँ तातोपानीको मुल नसुक्ने आशा स्थानीयले गरेका छन् ।

उक्त तातोपानीको पोखरीमा नुहाउँदा शरीरको खटिरा, दम, गानो–गोला, बाथ, चर्मरोग लगायत रोग ठीक हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ । तर, तातोपानीको मुहान सुक्दा स्थानीय निराश भएका थिए । अहिले तातोपानी पुनः देखिन थालेपछि गुमेको व्यवसाय फर्किने आशा पलाएको भन्दै स्थानीयहरू खुसी भएकाे स्थानीय नाेर्चेल तामाङले बताए । 

तातोपानीको पोखरी २ हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित छ । तातोपानी पुनः पहिलेको अवस्थामा फर्किएकाले पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन् ।

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित