Posts

२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

Image
 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे ।   मेलाका तस्वीरहरू ः 

बृक्षाराेपण दिवस : आगलागी क्षतिग्रस्त वनमा बृक्षाराेपण

Image
रसुवा । “आज रोपौं रुख, भोलि पाउँछौं सुख” भन्ने  नारासहित राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकाे ज्यार्सा गाेठेन सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयाे ।  डिभिजन वन कार्यालयले ज्यार्सा गाेठेन सामुदायिक वन उपभाेक्ता समुह, सामुदायिक वन उपभाेक्ता महासंङघ, ग्रामीण विकास संस्थाको सहभागितामा  डढेलोबाट क्षतिग्रस्त ५ सय ४४ हेक्टर वन क्षेत्र मध्ये यस वर्ष २ हेक्टरमा ३ हजार ५ सय सल्लाका बिभिन्न प्रजातिका बिरुवा रोप्न थालिएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समितका प्रमुख अशाेक कुमार घिमिरेले बृक्षाराेपण गरी शुभारम्भ गरेपछि सवैले बिरूवा राेपेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले वन संरक्षणमा सरकारी, संस्थागत र स्थानीय उपभाेक्ता सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।  कार्यक्रममा डिभिजनल वन अधिकृत शम्भु तामाङले दीर्घकालीन रूपमा वृक्षारोपण सफलताका लागि संरक्षण र स्थानीय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले भने “रुख रोपेर मात्र पुग्दैन, त्यसको संरक्षणमा सबैले जुट्नुपर्छ।” तामाङले बृक्षारा...

डेंगु नियन्त्रण बारे सचतना

Image
रसुवा, कालिका गाउँपालिकामा  डेंगु राेगकाे  प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो ।  कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ । अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता सम...

गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता घाेषणा

Image
  रसुवा, स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागी पूर्णखोप सुनिश्चितता,हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा भयाे ।  गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा सभामा आफ्नो प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।  गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले स्याफ्रुवेसीमा आयोजना भएकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विमल घिमिरे, प्रमुख अतिथि  जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्य, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भनाई राखेका थिए । 

उत्तरगया गाउँपालिकालाइ एम्बुलेन्स हस्तान्तरण

Image
  रसुवा, उत्तरगया गाउँपालिकालाइ माथिल्लाे त्रिशूली जलविद्युत कम्पनीले एक कार्यक्रम बीच एम्बुलेन्स हस्तान्तरण भयाे ।  निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सुले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिका स्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ । आयोजनाको सामूदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो ग...

रसुवाकाे उत्तरगयामा ८२ जनाले गरे रक्तदान

Image
रसुवा,  २२औं विश्व रक्तदाता दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।  प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवामा प्रमुख अशाेक कुमार घिमिरेले पहिलाे रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्याललाइ ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन भयाे ।  उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल , कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियाे लाङटाङका गीता न्याैपाने, उत्तरगया गाउँपािलका ५ का वडाअध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरूङ नेपाल रेडक्रस साेसाइटी रसुवा शाखाका सभापति बाबुलाल तामाङलगायत सहभागि थिए ।  साे अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेकाे छ । जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्यले मानव जीवनमा  महत्वपूर्ण काम रक्तदान भएकाेले रक्तदान गर्ने ...

उत्तरगयामा विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी नमुना अभ्यास

Image
रसुवा, नेपाली सेनाको श्रीनाथ गण वाब्रल धुन्चेको समन्वयमा  उत्तरगया गाउँपालिका-  ४ स्थित पैरेवेसीमा  विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी नमुना अभ्यास तथा प्रदर्शन  शुक्रवार सम्पन्न गरेको छ ।  मनसुन नजिकिँदै जाँदा नेपाली सेनाले विपद्का बेला गरिने उद्धार तथा क्षती न्यूनीकरण सम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीय माँझ “अभ्यास मनसुन ५” प्रस्तुत गरेको हो । प्राकृतिक प्रकोपको दृष्टिकोणले संवेदनशील जिल्ला रहेकोले यस वर्ष मनसुनको समयमा बाढी, पहिरो, र डुबानका कारण ठूलो जनधनको क्षति न्यूनिकरणको लागि पूर्व तयारी, तालिम, समन्वय, अभ्यास पूर्वतयारी, समन्वय, र साझा कार्ययोजना बनाई अगाडी बढनको लागि यो नमुना अभ्यासले भूमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनकाे ६ नं बाहिनीपति सहायक रथी सुवास जङ थापाले बताए ।  गाउँ बस्तीहरुमा सुरक्षाको पहुँच प्रभाबकारी नहुने हुदा उक्त स्थानहरुमा नजिकका बासिन्दाहरु भुमिका र जिम्मेवारी अग्रसरता बिना जुनसुकै विपद् व्यवस्थापनको प्रभावकारीता सम्भव नहुने हुदा उत्तरगया गाउपालिकाको संमन्वयमा नमूना अभ्यास भएको गाउँ पालिका अध्यक्ष माधव अर्...