उत्तरगयामा महिलाका लागि क्षमता विकास तालिम सम्पन्न

रसुवा, स्थानीय तहमा योजना तर्जुमा १६औ पञ्चवर्षिय योजनामा समावेश समाजका लागि रुपान्तरणकारी रणनीति विषयक महिला क्षमता विकास तालिम बैशाख ९ देखि १२ गतेसम्म उत्तरगया गाउँपालिका- ५ खाल्टेमा सम्पन्न भयाे । टेवा नेपाल र उतरगया गाउँपालिकाकाे आर्थिक सहयोग, स्वयकस नेपालकाे आयोजनामा भएकाे तालिममा प्रशिक्षकहरू पुष्कर शर्मा रिमाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, कानुन व्यवसायी गरिमा पाण्डे, योजना शाखा प्रमुख रामकृष्ण न्यौपाने , स्वयकस नेपालकी गायत्री लामिछानेले सहजिकरण गरेका थिए । तालिमा सामुदायिक सुरक्षा जालाे , कार्यपालिका सदस्य, वडाका निर्वाचित महिला तथा दलित सदस्य र अगुवाहरू गरी ३३ जना सहभागी थिए । तालिम स्थानीय तहको योजना तर्जुमा, १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकार सम्बन्धी व्यवस्थाहरू, स्थानीय तहमा प्रदान गर्ने सेवा सुविधाहरू र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रियाहरू विषयमा...