'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

हिमालकाे पानी डलरकाे खानी

 




रसुवा ,  पृथ्वीको गर्भबाट आउने पानी आफैंमा शुद्ध हुन्छ। भूगर्भबाट बाहिर आउने क्रममा वा मूलबाट निस्केपछि 
मानिस तथा अन्य कारण पानी अशुद्ध हुने गर्छ तर हिमाली क्षेत्रमा रहेको दुर्लभ पानी प्राकृतिक रूपमै सधैं  द्धहुन्छ। 


यहाँको पानीलाई शुद्ध बनाउन कुनै उपचार गर्नु पर्दैन। आफैंमा शुद्ध भएकाले कम्पनीले फिल्टर गरेर राम्रोसँग प्याकिङ गर्छ। यही पानी अमेरिक, जापान, कोरिया, मलेसियालगायतका धेरै मुलुकमा पुग्छ। यसबाट विदेशी मुद्रा आर्जन गरी मनग्य कमाउने लक्ष्यका साथ रसुवामा स्थापना भयो हिमालयाज अनटप नामको मिनरलबाटर कम्पनी। यो मात्र होइन, यहाँ रहेका ३ वटै पानी कम्पनीले विदेशका बजारमा बेच्ने लक्ष्य राखेका छन्। यहाँको पानी चिनियाँँ बजारमा लोकप्रिय हुँदै आएको छ। 


धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालिका प्रमोदकुमार देव भन्छन्, ‘हिमालयाज अनटप नामक बोतल छन्। कोरियाली लगानीमा स्थापित यस कम्पनीले हिमालयाज अन टप ब्रान्डको पानी उत्पादन गर्नेछ। ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।’ यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उनले बताए। 


कम्पनीद्वारा उत्पादित विश्वव्यापी मान्यता प्राप्त पानी रासायनिक पदार्थ विना नै शुद्ध पारिएको हो। हिमाली क्षेत्र डाडेखर्कको शुद्ध मूलको पानी कारखानामा ल्याइएको हो। 


सात किलोमिटरभन्दा माथिबाट पानी ल्याइ घले दरबार छेउमा निर्मित पानी प्रशोधन कारखानामा जडित अत्याधुनिक मेसिनमार्फत बोतल प्याकिङ गरी पानी उत्पादन भइरहेको छ। सबै कार्य स्वचालित मेसिनद्वारा हुने भएकोले उपकरण चलाउने प्राविधिक र पानीको बाक्सा भण्डारणमा राख्न मात्र सहयोगी कामदारको आवश्यक पर्ने कम्पनीले जनाएको छ। कारखानामा पानी फिल्टर हुँदै बोतल भरिएपछि बिर्को बन्द भई मेशिनले बक्स प्याकिङ गर्छ। त्यसपछि मात्र मानिसले भण्डारण गर्नुपर्ने हुन्छ। समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको बलियो भू–संरचनामा रहेको कारखाना भवन भूकम्प प्रतिरोधी छ। ८ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर नगर्ने कम्पनीले जनाएको छ। राष्ट्रिय निकुञ्ज विभागले हिमालय स्प्रिङ वाटर प्रालिलाई २०५२ सालमा अनुमति दिएपछि निर्माण कार्य गरिएको हो। २०५७ सालमा भवन निर्माण तथा उपकरण जडान गरिएको थियो। 


केही समयदेखि उत्पादन कम गरेको उद्योगलाई पुन सञ्चालनमा ल्याउने तयारी छ। केही मेसिन मर्मत तथा नयाँ मेसिन जडानको काम भइरहेकोले अब व्यापक उत्पादन गर्ने तयारी रहेको उनले बताए।


सुरुमा दैनिक ५० हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणका रूपमा थोेरै उत्पादन गर्न लागेको हो।


सन् १९९८ मा कोरियाको नारा इन्टरनेशनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो। राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले सन् २००० देखि उत्पादन सुरु गरेको थियो। रसुवा नामको मिनरल वाटर उत्पादन गर्दै आएको रुद्रगंगा नेचुरल वाटर प्रालिले पनि १ लिटर, ५०० एमएल र ३३० एमएल बोतलमा पानी भरेरी जापान, चीन, कतार, अष्ट्रेलिया र साउदी अर्बमा निर्यात गरिरहेको छ। 

हाल मासिक ३ लाख लिटर बिक्री हुने गर्छ। २०७६ वैशाखमा स्थापित उद्योगमा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। काठमाडौंंबाट १ सय ७० किलोमिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्छ। उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनाले रोजगार पाएका छन्। 

कम्पनीका प्रमुख संजीव डिएम भन्छन्, ‘रसुवाको पानी व्यापक रूपमा देश विदेशमा बिक्री गर्ने सोचका साथ अघि बढाउने योजना छ। माग अनुसार हामीले उत्पादन गरिरहेका छौं। पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।’ कम्पनीले सन् २०२१ फेब्रुवरीमा पहिलोपटक निर्यात गरेको थियो । 

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका- ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको छ । 

रुद्रगंगा नेचुरल वाटर प्रालिको प्रशोधन कारखाना धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भनेको छ। चीन, भारत, जापान र जर्मनीबाट नयाँ प्रविधिका मेसिन ल्याएर एक घण्टामा १८ हजार लिटर पानी प्याकेजिङ गर्ने मेसिन राख्ने कम्पनीको योजना छ। 

यहाँको प्राकृतिक रूपमै शुद्ध पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउन सके  हिमालबाट बगेर खेर गइरहेको पानीले देशलाइ धनी बनाउन सकिने देखिन्छ । 




शब्द तथा तस्वीर हेमनाथ खतिवडा 

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music