रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालमाथि शिबपुरीमा आक्रमण भएकाे घटनामा प्रहरीले कारबाही नगरेकाे गुनासाे गरेका छन् ।
काठमाण्डाैबाट फर्कने क्रममा भदाै १८ गते नुवाकाेटकाे शिबपुरीमा आक्रमण भएकाे घटनाकाे जाहेरी साेही दिन बालाजु प्रहरी बृतमा निवेदन दिएकाे तर कारबाही नगराउन नेताहरू सक्रिय रहेकाे बरालले बताए ।
धम्की तथा आक्रमण पछि वार्डेन बरालले रसुवाका उत्तम थापा र लक्ष्मण देवकाेटा लगायत बिरूद्ध किटानी जाहेरी दिए पनि जिल्लाका प्रतिनिधि सभा सदस्य माेहन आचार्य, प्रदेश सभा सदस्य प्रभात लामा लगायतका नेपाली काग्रेसका नेताहरू कारबाही नगर्न प्रहरीमा पुगेका थिए । प्रहरीले भने घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
" साे दिन ज्यान लिने गरी आक्रमण गरेका थिए । गाडीकाे स्पीड बढाएर मात्र बचें शुरक्षाका लागि बालाजु प्रहरीमा किटानी जाहेरी दिए पनि जिल्लाका सांसद र नेताहरू प्रहरीमा पुगेकाे थाहा पाएकाे छु " वार्डेन बरालले भने ।
आक्रमण गर्ने पत्ता लगाउन तथा काहबाहीमा ढिलाइ गर्न नहुने उनकाे माग छ ।
No comments:
Post a Comment