ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, January 19, 2026

रास्वपा सभापति मानबहादुरले पार्टी छाडे उम्मेदवार भट्ट


रसुवा, राष्ट्रिय स्वतन्त्र पार्टी, रसुवाका सभापति मानबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा घोषणा गरेका छन् । 

फागुन २१ गते हुन प्रतिनिति सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्धवारको टिकट आफुलाई नदिई पार्टीमा हालसम्म कुनै काम नगरेको व्यक्तिलाई उम्मेद्धवार बनाउने भएपछि पार्टीबाट बिद्राेह गरी असन्तुटी प्रकट गर्दै सभापति तामाङले सामाजिक सञ्जालबाट राजिनामा दिएको जानकारी दिए ।  

तामाङले आफु आदिवासी जनजाति कोटाबाट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य समानुपातिक सदस्य बन्न इच्छुक भएको समानुपातिक तर्फ पनि तामाङलाई नसमेटेको र प्रत्यक्षक टिकट पनि अरुलाई दिने भएपछि पार्टी सभापति तामाङले  राजिनामा दिएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन प्रतिनिति सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टी रसुवाका क्रियाशील सदस्य समेत रहेको बसन्त भट्टलाई उम्मेद्धवार बनाउने भएकाे उनले बताएकाछन् । 

रसुवाबाट दलहरुका उम्मेवदार चयन


रसुवा, जिल्ला स्थित राजनीतिक दलहरुले आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवार चयन गरेका छन् । 

माघ ६ गते हुने मनोनयनका लागि नेपाली काँग्रेसका मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् । उनी २ पटक नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । 

नेकपा एमालेबाट केन्द्रीय सदस्य प्रेमबहादुर तामाङ उम्मेदवार भएका छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी पार्टीबाट संविधानसभा सदस्य तथा २०७४ सालमा नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेपाली कम्युनिष्ट पार्टीबाट भने अझै उम्मेदवार चयन भएको छैन । उम्मेदवारका लागि शिव लामिछाने, माधब लामिछाने र अर्जुन पाैडेल चर्चामा छन् । मनाेनयन अघिसम्म टुङ्गाे लाग्ने नेकपा जिल्ला नेता पुष्पराज न्याैपानेले बताए । 

उता रास्वपाबाट नवयुवा बसन्त भट्ट चयन भएका छन् । मंगोल नेशनल अर्गनाइजेनबाट बिनोद थिङले उम्मेदवारी दिने जनाइएको छ । 




चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा, स्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ। तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो। कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो।  २ हजार छ सय मिटर उचाइमा तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी नाेर्चेल तामाङले जानकारी दिए ।  उनले भने , ‘तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ।’

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो। नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङले तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबी गरिन् ।

विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए। अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न यात्रीहरू आकर्षित भइराखेका छन् ।



रसुवामा पनि खुल्यो निर्वाचन अधिकृतको कार्यालय


रसुवा, आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।  


सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले गरेका छन्। कार्यालय स्थापना भएसँगै रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। 


एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा ३६ वटा मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेका छन्। आगामी निर्वाचनका लागि जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Thursday, January 15, 2026

बेत्रावतीमा उपहार चिठ्ठाको नतिजा सार्वजनिक

रसुवा,  गोसाइँकुण्ड युवा क्लब बेत्रावतीकाे सहयाेगार्थ उपहार चिठ्ठाको नतिजा सार्वजनिक भएकाे छ । ११ जनालाइ बिजेता घाेषणा गरी १ सात भित्र पुरस्कार लिन सूचना गरिएकाे छ ।



गोसाइँकुण्ड युवा क्लब बेत्रावतीले जारी गरेकाे सूचना :

१) प्रथम पुरस्कार : स्कुटर चिट्ठा नं-१८२८
सत्य पौडेल कालिकास्थान ,रसुवा !

२) दोश्रो पुरस्कार : वासिङ मेसिन चिठ्ठा नं-२७०४
दिपेश रिजाल !

३) तेस्रो पुरस्कार : हाते ट्याक्टर चिठ्ठा नं-१३७१
राजकुमार आचार्य बिदुर-८ माझिगाउ, नुवाकोट !

४) चौथो पुरस्कार :स्मार्ट टिभि : चिठ्ठा नं-१६४०
लाक्पा वाङ्मो थिङ- कालिका -२ रसुवा !

५) पाँचौ पुरस्कार -फ्रीज : चिट्ठा नं-१५३८
जोन श्रेष्ठ ,उतरगया-५ बेत्रावती,रसुवा !
हाल- अष्ट्रेलिया

६) छैठो पुरस्कार -भ्याकुम क्लिनर चिट्ठा नं-२०५५
सन्तोष लम्साल ,उतरगया-५ बोगटीटार,रसुवा !

७) सान्त्वना : मिक्स्चर-०८४६
सुप्रीया गजुरेल,बटार नुवाकोट !

८) सान्त्वना :मिक्स्चर-१६८५
ज्ञानु देबकोटा,कालिका-५ रसुवा !

९) सान्त्वना - राइस कुकर-१६३३
सिता आचार्य -कालिका -३ रसुवा !

१०) सान्त्वना : राइस कुकर-१९७२
लमोमाया तामाङ ,उतरग्या -२ डाडागाउं,रसुवा !

११) सान्त्वना :हटपर्ट-११८९
अर्पन अर्याल , काठमाडौ !

१२) सान्त्वना : हटपर्ट- ११४५
सुमित्रा डङोल, बेत्रावतीबजार

जम्मा चिठ्ठाको टिकट बिक्रि संख्या :-२७०६
पुरस्कार बिजेता सम्पुर्णमा हार्दिक बधाई !
पुरस्कार लिन आजको मितिबाट १ हप्ताभित्र चिट्ठा रसिदको अधिकट्टी लिएर आउनुहोस् ।



बेत्रावतीमा २१ वटा गोरु जाुधइयो, हेर्ने दर्शकको भिड्


रसुवा, रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल उत्तरगया स्थित वेत्रावतीमा बिहिबार २१ वटा गोरु जुधाइएका छन् । गोरु जुधाइको मनोरञ्जन लिन दर्शकको भिड् नै लागेको थियो । 

प्रत्येक वर्ष मकर संक्रान्तिको दिन वेत्रावतीमा गोरु जुधाउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि मकर संक्रान्तिको अवसरमा २२ जना कृषकले आफ्ना बलिया गोरु प्रतियोगिताका लागि वेत्रावतीमा ल्याएका थिए । 

स्थानीयवासीहरूले संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा मेलालाई थप व्यवस्थित बनाइएको छ। रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो आहार खुवाएर गोरु तयार पार्ने गरेका छन् । 


यस पटक ११ हल गोरु जुधाउन दर्ता भए पनि २१ वटा गरु जुधाइएको छ । प्रथम हुनेलाई १६ हजार, दोस्रो हुनेलाई १४ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ थिए । कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा डंगाेल, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, विदुर नपाकी उपमेयर प्रभा बाेगटीलगायतका जनप्रतिनिधिहरूले मन्तब्य दिएका थिए । बिदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपाललगायत जनप्रतिनिधि तथा स्थानीयकाे उल्लेखनीय सहभागी थिए । 

गोरु जुधाइ मेला हाल मनोरञ्जन तथा खुसी साटासाट गर्ने थलोका रूपमा विकास हुँदै गएको छ । गोरु जुधाइ अवलोकन गर्न बिहिबार हजारौँ दर्शक वेत्रावतीमा भेला भएका थिए । रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो खानेकुरा खुवाएर गोरु पालेर तयार पार्ने गरेका छन् । 


विदुर नगरपालिका ७ का जितसिं तामाङ र कुलबहादुर तामाङको गोरुले १६ विजयी भएर हजार पुरस्कार प्राप्त गरे । जुधइमा गोरुलाइ चोट लागेको तथा सिङ भाँचिएको ८ हजार रुपैयाँ दिने र मृत्यू भएमा ३५ हजार दिने आयोजकले व्यवस्था गरेको थियो । 

मेलाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। प्रतियोगितामा सहभागी गोरुका धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन प्रदान गर्नुका साथै सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।



वि.सं. १८४९ साल असोज १७ गते नेपाल–चीनबीच वेत्रावतीमा भएको सन्धिको खुसीयालीमा यहाँ गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुभाष डंगोलले बताए ।

हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्थानीय गोसाईंकुण्ड युवा क्लवले वि स २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव आयोजना गर्दै आएको छ। 


प्रतियोगितामा भाग लिनेको लागि ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । 

गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय थियो ।  

नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले उत्तरगया धामलगायतका ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी थिए । 


कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा देखापर्न थालेको स्थाननीय गणेश श्रेष्ठले बताए ।   

प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।

तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसीयालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्रानीय बताउछन् । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसीयालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालिएको हो भने सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि  गोरु जुधाउने उत्सव सुरु भएको कुराको एकीन अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन । 


गोरु जुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । 

सिंह विसं १९७८ सालमा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजा सहित गोरु जुधाउने परम्परा आयोजना गराएका थिए । 

यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवनलगायतका जिल्लाबाट दर्शकहरु आएका थिए ।

स्थानीय तथा राट्रिय कलाकारहरु सहभागी भइ साँझ साँस्कृतिक कार्यक्रम तथा रोचक कन्सर्टको प्रस्तुती रहेको थियो । साे अवसरमा गाेसाइकुण्ड युबा क्लबकाे सहयाेगर्थ सञ्चालित चिठ्ठा पनि खाेलिएकाे थियाे । 




Wednesday, January 14, 2026

रसुवाको कोसेली, बहुउपयोगी डालेचुकको जुस


रसुवा, ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । युवकयुवती स्वदेशमा वातावरण छैन भनेर विदेशिने लहर चलिरहेकै छ । रसुवामा भने एक वृद्ध भने खेर गइरहेको वनस्पतिबाट जीविका चलाइरहेका छन् । त्यो पनि सानो लगानीमा घरेलु उद्योग सञ्चालन गरेर ।

हिमाली क्षेत्रमा खेर गइरहेको वनस्पतिको महत्व बारे थाहा भएपछि यहाँ डालेचुकको जुस बनाएर स्थानीयले मनग्य आम्दानी लिन थालेका हुन् । स्थानीय स्तरमा चिनेर पनि प्रयोगमा ल्याउन नसकेर उपेक्षित लाङटाङ राष्ट्रिय निकुञ्जका जंगलमा पाइने वनस्पति डालेचुकबाट मिठो जुस उत्पादन गर्न थालिएको हो ।


गोसाइकुण्ड गाउँपालिका ६ का बाबुराम श्रेष्ठले यहाँको जंगलमा खेरजाने डालेचुकनामक वनस्पतिको सदुपयोग गरेर मनग्य आम्दानी लिन सफल भएका हुन् । गोसाइँकुण्ड, लाङटाङ, तामाङ सम्पदामार्गको विभिन्न गाउँ घुमेर फर्कने स्वदेशी तथा विदेशी पर्यटकले यहाँबाट लैजाने कोसेलीका रूपमा यहाँको जुस प्रख्यात छ ।

नेपाली भाषामा डालेचुक नामले चिनिने यो वनस्पतिलाई स्थानीय बासिन्दाले तामाङ भाषामा तरू भन्दछन् । यो भिटामिनको भण्डार हो । अंग्रेजी भाषामा शिबकथ्रोन ९क्भबदगअपतजयचल० भनिन्छ । फलको स्वाद अति नै अमिलो हुने यो वनस्पति यहाँ रसुवामा दुई प्रकारका पाइएका छन् ।

सानो खालको बोट हुनेलाई ९सानोचुक० भुुुइँचुक र ठूलोलाई डालेचुक भनिन्छ । होचो बोट हुनाले भुइँचुकको फल भुइँबाटै टिप्न सकिन्छ । तर डालेचुकको भन्दा भुइँचुकको स्वाद अलि फरक हुन्छ ।

चिलिमेको तातोपानी ब्रेमदाङ, लाङटाङ क्षेत्रको घोडातबेला लगायतका ठाउँका जंगलबाट फल संकलन धुन्चेका बाबुराम श्रेष्ठका दम्पतीले जिल्लामै पहिलोपटक डालेचुक र गुराँसबाट स्वादिष्ट जुस ९सर्बत० तयार गरी बजरमा ल्याएका छन् ।

लघु उद्यम कार्यक्रममार्फत तालिम दिएपछि गाउँगाउँमा जुस उत्पादन भई मुलुकका मुख्य सहरमा यस्ता जुुस बिक्री भइरहेको छ । उनको घरमै रसुवाको उत्पादन सिमी, मुसुरो, जुसजस्ता स्थानीय उत्पादन राखिएको कोसेलीघर सञ्चालक भइरहेको छ ।

अहिले यहाँ तयार गरिएको जुस कोसेली घरबाट स्वदेशी र विदेशी पर्यटकले कोसेलीका रूपमा किनेर लैजान्छन् उनले भने । तिब्बतमा हिप्पोफी स्यालीसीफोलियालाई जादुगरी वनस्पति भनेर जानिन्छ । ताङ वंशको पालामा लेखिएको एक पुस्तकका अनुसार एक हजार वर्ष पहिले तिब्बतमा यसलाई अत्यन्त गुणकारी वनस्पति मानिन्थ्यो ।

मंगोलियामा त १३औं शताब्दीमै यसबाट बनाइएको औषधि प्रयोग गरिने जानकारी पाइन्छ । रूसीहरूले पनि सन् १९३० ताका यसबारे बृहत् अनुसन्धान गरेका थिए । यसबाट बनाइएको शक्तिबद्र्धक पदार्थ विशेषतः अन्तरिक्ष यात्रीहरूले समेत प्रयोग गर्ने गरेको पाइन्छ ।

चीनले सन् १९८५ पछि हिप्पोफी स्यालीसीफोलिया रोप्ने अभियान चलायो । बिरुवा रोपेको डेढ दुई वर्षमै फल्ने यसको फललाई चीनले सन् १९९३ सम्म २०० किसिमका स्वास्थ्यबद्र्धक उत्पादनमा प्रयोग गरेको उल्लेख छ । भारत र पाकिस्तानले पनि यसको राम्रो उपयोग गर्दै आएका पाइन्छ ।

फलको महत्व

रसुवाको उच्चभागमा पाइने डालेचुक आफैंमा औषधीय गुणले युक्त वनस्पति हो । यसको फलमा भिटामिन ए, बी र सी प्रचुर मात्रामा पाइन्छ । असाध्यै अमिलो हुने हुनाले यसबाट अचार बनाएर पनि खाने गरिन्छ । यसबाट स्वदिलो जुस, जाम, जेली, चिया, वाइनसमेत बनाउन सकिने हुनाले यसको रसुवामा ठूलो सम्भावना देखेको श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले यसै वर्ष लालीगुँरासबाट समेत मिठो जुस बनाएर बजारमा ल्याएका थिए । उनले बनाएको जुसले जिल्लामा पहिलोपटक भएका औद्योगिक मेला प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार समेत पाए । गर्मी समयमा उनकोमा लालीगुँरास र डालेचुकको जुस पिउनेहरू सोधीखोजी गर्दै आइपुग्छन् ।

जिल्लामा पहिलो जुस उद्योग दर्ता पनि गराएका श्रेष्ठले उत्पादन गरेको जुस विभिन्न नापका बोतलमा प्याकिङ गरी बजारमा ल्याएका छन् । वनमा उत्पादन भएर त्यसै खेर जाने यस्ता वनस्पतिका फलबाट असाध्यै मिठो हुने हुनाले यसबाट अचार, जुस, जाम, जेली, चिया, वाइनजस्ता स्वादिष्ट परिकार बनाउने तालिम दिएर ग्रामीण क्षेत्रमा आय आर्जन गराई गरिबी न्युनीकरण गर्न सकिने अनुभव श्रेष्ठको छ ।

डालेचुकको चिया तथा सर्बत पर्यटकहरूले ज्यादै मन पराएर पिउँछन् । लाङटाङको क्यान्जिङस्थित तिब्बत गेष्टहाउस एन्ड लजका पर्यटन ब्यावसायी ग्याल्बो तामाङले बताए । न्युनतम ४३ डिग्री सेल्सियस चिसोदेखि बढीमा ४० डिग्री सेल्सियस तातोसम्म सहन सक्ने यो वनस्पति सामान्यत ४र५ मिटर अग्लो हुन्छ ।

झ्याम्म काँडेदारदेखि नै मझौला खाले रूख हुन्छ । यसका बोट कतैकतै १८ मिटरसम्म उचाइका पाइएका छन् । यो वनस्पति २ हजार मिटरदेखि ५ हजार ३ सय मिटरसम्मको उचाइमा पाइने सम्वद्ध बिज्ञहरू बताउँछन् ।

जस्तोसुकै चट्टान र नराम्रो माटो भएको भूभागमा पनि यसको जरा विकसित भई हावामा रहेको नाइट्रोजनलाई सञ्चित गरी माटोमा प्राङ्गारिक पदार्थ र लवण सार्ने काम गर्छ । यसको बोटका जरा १० मिटरभन्दा टाढासम्म फैलिने हुनाले खुकुलो माटोलाई अँठ्याएर कसिलो पारेर राख्दछ । जसले गर्दा भू–क्षय हुनबाट रोक्ने विश्वास रहेको छ ।

डालेचुकका स्याउलाबाट घाँस सोत्तर, हाँगाबाट दाउरा, बिरूवाबाट फलबाट विभिन्न औषधि तथा जुस बनाएर व्यापार गर्न, बोट रोपेर भू–क्षय तथा नदी कटान रोक्न, दानाको बियाँबाट तेल, औषधि, सौन्दर्य सामग्री, अनुहारको चाउरीपन र दाग हटाउन घाउ, खटिरा दुखाई, मर्केको, रक्तचाप बढेको, स्त्रीरोग, क्यान्सरलगायत रोगको औषधि बन्ने यो वनस्पतिबाट बहुपक्षीय फाइदा लिन सकिने जडिबुटी कृषक सोनाम दार्पो तामाङ बताउँछन् ।

वनस्पति मध्येको अधिक मात्रामा पौष्टिक तत्व पाइने डालेचुकमा कागतीमा भन्दा दोब्बर बढी भिटामिन सी पाइन्छ । जंगलमा पाइने डालेचुक पाइने विभिन्न जिल्लामा फरक फरक नामले चिनिन्छ । यसलाई मुस्ताङमा चिची तथा तोरा, हुम्ला र जुम्लामा ताराचुक, रसुवामा तरू र डोल्पामा डालेचुक नै भनिन्छ ।

यो वनस्पति रसुवाको लाङटाङ, लामाहोटल, गुम्ना, याङसाङ, रिभर साइड, घोडातबेला, लाङटाङ खोलाको किनार, चम्की गुम्बा, सुण्डमुण्ड, क्यन्जिङ, लाङसिसा जाने बाटो, बृद्धिमको पङसाङ खर्क, रिभरकुण्ड, दुधकुण्ड, ठूलो पाङसाङ र गोसाइँ कुण्डमार्गको आसपासमा पनि पाइन्छ ।

केही समय अगाडि लाङटाङ राष्ट्रिय निकुञ्जले यहाँको १० हजार वर्ग किलोमिटर क्षेत्रफलमा गरेको सर्वेक्षणमा ६५ प्रतिसत डालेचुकका विरुवा र ३५ प्रतिसत मात्र अन्य प्रजातिका विरुवा पाइएको थियो । त्यसै गरी गोल्जुङ, थुमन, गत्लाङमा चिलिमे तातोपानी बे्रमदाङ क्षेत्रमा पनि डालेचुकको राम्रो समूह रहेको अनुमान गरिएको छ ।

लेचुकको पृष्ठभूमि हेर्दा मंगोलिया, रूस, स्विडेन, यूरोप, ग्रीनल्याण्ड, पोल्याण्ड, हंगेरी, आदि देशमा यसको व्यापक प्रयोग भएको पाइन्छ । आठौं शताब्दीमा तिब्बतीयन भाषामा लिखित चिकित्सा पुस्तकमा समेत यसको निकै चर्चा गरी संसारभरी प्रचार प्रसारमा ल्याइएको थियो ।

व्यावसायिक रूपमा डालेचुकको खेती गरेर प्रसस्त फाइदा लिन यो बहुमूल्य वनस्पतिबाट ठूलो फाइदा लिन सकिने सम्भावना देखिन्छ । यसको व्यावसायिक खेती गरेर हिमाली क्षेत्रमा व्यावसायिक रूप दिन सकिने प्रचुर सम्भावना रहेको जिल्लावासी बताउँछन् ।

उद्यमीको बाबुराम श्नेष्ठको भनाइ छ  मेरो अरू कुनै पेशा व्यावसाय छैन । मूख्य गरी रसुवाका स्थानीय उत्पादनलाई महत्व दिएर उद्यम गरिरहेको छु । घरेलु र सिड्स रसुवाले सुरुमा तालिम दियो । यहाँको डालेचुक जस्तो महत्व पूर्ण तर खेर गएको वनस्पतिको फल संकलन गरी जुस बनाएर बिक्री गरिरहेको छु ।

मौसम अनुसारको लालीगुँरासको जुस तथा अन्य काम पनि गर्छु । म कहाँ आएपछि रसुवाको रैथाने उत्पादन सबै पाउने भएकाले सबैले मेरो पसललाई ‘रसुवाको कोसेली घर’ भन्छन् । छोराछोरी पढाउने र जीवन धान्ने व्यवसाय नै यही हो । गत्लाङको कालो मुसुरो, सिमी र जुस जस्ता रैथाने उत्पादन बेचेर बाँचेको छु । मेरो अन्य स्रोत केही छैन ।


काठमाडौँमा दुई दिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ। थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघरमाघीरतिला सङ्क्राइतरखिँचरारखिँचरीरखिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।


थारु कल्याणकारिणी सभा ९थाकस० केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताए।  

उनले भने, 'थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, खोजनी बुझनी ९समीक्षा० तथा सामाजिक, सांस्कृतिक, धार्मिकलगायत पक्षको महत्वलाई जोड दिन्छ ।”

थारु समुदायले माघी आउनु अगाडिदेखि दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुररबङ्गुर ‘जिता मार्ने’ गरिन्छ भने सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम बस्ने गरिन्छ । माघ १ गते बिहानै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ढुङ्गाको महादेव बनाई जल, फूलमाला, सिक्का पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा आएर ‘निसराउ काढ्ने’ र घरपरिवार इष्टमित्रमा साइनोअनुसार ‘स्यावा ढोग’ लिँदै माघका मिठामिठा परिकार खाने सांस्कृतिक प्रचलन रहँदै आएको छ ।

थारु कल्याणकारिणी सभाको अगुवाइमा काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालिएको हो । ‘थारू कला संस्कृति हाँसो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइने यस महोत्सवका मुख्य आकर्षक थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका थारु विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको संयोजक चौधरीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीका करिब १०० वटा कक्ष ९स्टल० रहने छन् । खानाका स्टलमा थारु जातिले माघी पर्वमा ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डुु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटीलगायत विभिन्न खानाका परिकारको स्वाद महोत्सवमा सहभागीले लिन पाउने आयोजकले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चौथो ठूलो जातिका रूपमा रहेको थारुको कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत छ । २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । यद्यपि, थारु समुदायले भने यो भन्दाबढी रहेको अनुमान गर्दै आएका छन् । 

अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिममा महिला


रसुवा,  उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिम सम्पन्न भएको छ। 

उत्तरगया गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा मंसिर ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न प्रकारका अचार उत्पादन गर्ने सीप सिकाइएको थियो।

प्रशिक्षक सिर्जना चापागाईं प्याकुरेलका अनुसार तालिममा टिमुर, अकबरे खुर्सानी, लप्सी, अमला, स्कुस, कागती, मसौरा, चिकेन, मुलालगायतका रैथाने सामग्रीबाट अचार बनाउने तरिका सिकाइयो।  डाँडागाउँका १४ जना महिलाहरू तालिममा सहभागी भएका थिए।

‘सधैं भान्सामा मात्र सीमित नभई आयआर्जनको बाटो पनि पहिल्याउनुपर्छ भन्ने उद्देश्य राखिएको थियो। तालिमले हामीलाई आत्मविश्वास बढाएको छ,’ प्रशिक्षणार्थी जानुका सापकोटा घिमिरेले भनिन्। यस्तै अर्की सहभागी अनिता गुरुङले ‘अचार उत्पादनको तालिम लिएपछि यसलाई निरन्तरता दिनेछौं’ बताइन्।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले गाउँपालिकाले यस्ता खाले सीपमूलक तालिमहरू नियमित रूपमा आयोजना गर्दै आएको  बताए । उनले भने, ‘सफलतापूर्वक सहभागी भई सीप प्राप्त गर्नेहरू बढिरहेका छन्, तालिम कहिले हुने भनेर सोध्नेहरूको संख्या पनि बढ्दो छ,’।


माघे सङ्क्रान्तिमा बेत्रावतीमा ११ हल गोरु जुधाइने


बेत्रावती,  रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा बिहीबार ११ हल गोरु जुधाइ प्रतियोगिता सञ्चालन हुने भएको छ।

हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्थानीय गोसाईंकुण्ड युवा क्लवले वि।स। २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव गर्दै आएको छ। 

प्रतियोगितामा भागलिनेको लागि ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको स्थानीय गणेश श्रेष्ठले बताए। 

रसुवाको कालिका, उत्तरगया गाउँपालिकाबा गाउँबाट र नुवाकोटका हर्कपुर, साहुगाउँ, तुप्चे, फिकुरी, गेर्खुलगायतका गाउँका किसानहरू आआफ्ना जुरे गोरु जुधाएर मनोरञ्जन तथा पुरस्कार प्राप्त गर्नका लागि वर्षभरी पौष्टिक खानेकुरा खुवाएर पालेका गोरु ल्याउदछन् ।  

गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय शसी डंगोल बताउछन् । 

नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी हुने गरेका छन्।

कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ।  

प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ।


तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्रानीय बताउछन् । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसीयालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालिएको हो भने  सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि  गोरु जुधाउने उत्सव सुरु भएको कुराको एकीन अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन। 

गोरु जुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । 

सिंह विसं १९७८ सालमा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । 

यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन ।



Sunday, January 11, 2026

प्रतिनिधिसभा निर्वाचन : रसुवाबाट नेकपा एमालेका दुईजना उम्मेदवार सिफारिस

रसुवा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले रसुवाले दुई जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रेम तामाङको नाम सिफारिस भएको हो। 

गत साता भएको जिल्ला कमिटी बैठकमा १० जनाले उम्मेदवारका लागि दाबी प्रस्तुत गरे पनि सहमति नजुटेपछि बैठकले पार्टी पदाधिकारीलाई उम्मेदवारहरूबीच छलफल गरी थोरैभन्दा थोरै नाम सिफारिस गर्ने अख्तियारी दिएको थियो । सोही अनुसार गरिएको छलफलपछि दुईजनाको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टी  जिल्ला कमिटीका का बा अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए  । 

माधब प्रसाद अर्याल २ पटक केन्द्रीय सदस्य, २०५४ सालमा साविक लहरेपाैवा गाविस अध्यक्ष, २०६४ मा संविधानसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार तथा २०७९ सालमा उत्तरगया गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। प्रेम तामाङ २०६४ सालमा संविधानसभा सदस्य तथा २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

जिल्लाकाे विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा दुवैजनाको नाम उम्मेदवारका रूपमा अघि सारिएको नेकपा एमाले रसुवाले जनाएको छ । 

Saturday, January 10, 2026

लाङटाङ खोला जलविद्युत आइतबारदेखि प्राविधिक परीक्षण हुने


रसुवा, गोसाईकुण्ड गाउँपालिका–५, स्याफ्रुबेशीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माणाधीन २० मेगावाट क्षमताको   लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबारदेखि प्राविधिक परीक्षण कार्य सुरु हुने भएको छ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बलुवा थिग्र्याउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको छ।

आयोजना निमित्त प्रमुख नारायण सुवेदीका अनुसार प्राविधिक परीक्षणका क्रममा बाँधस्थलमा रहेका गेट तथा विद्युतगृहका उपकरणहरू समय–समयमा खोल्ने र बन्द गर्ने कार्य गरिने भएकाले कहिलेकाहीँ एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । यसका कारण बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा लाङटाङ खोलाको बहाव असामान्य रूपमा परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजना कार्यालयले आग्रह गरेको छ।

यस अवधिमा नदी क्षेत्रमा आवतजावत गर्ने, पौडी खेल्ने, माछा मार्ने, नुहाउने, लुगा धुने, बस्तुभाउ चराउने तथा नदीजन्य सामग्री उत्खननजस्ता गतिविधिहरू अत्यन्त जोखिमपूर्ण हुने भन्दै सर्वसाधारणलाई नदी क्षेत्रभित्र प्रवेश नगर्न तथा नगराउन अनुरोध गरिएको छ।

साथै, परीक्षण अवधिमा कुनै असामान्य अवस्था वा सम्भावित जोखिम देखिएमा तत्काल आयोजना कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन आयोजनाले आग्रह गरेको छ। सूचनालाई बेवास्ता गरी कुनै दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने स्पष्ट पारिएको छ। यो आयोजना २०७७ साल देखि सुरु भएको हो।

पृथ्वी जयन्तीकाे अवसरमा रसुवामा ५० जनाले गरे रक्तदान


रसुवा, पृथ्वी जयन्तीको अवसरमा उत्तरगया गाउँपालिकाद्वारा बेत्रावतीमा आयोजना भएकाे  खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । 


नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज सह आयोज रहेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् । 


पहिलाे रक्तदाता गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाइ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरू भएकाे कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाललगायत जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले रक्तदानमा भाग लिएका थिए । 



Saturday, January 3, 2026

श्री धैबुङ कालिका साना किसान सहकारी १४ लाख नाफामा


रसुवा, श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि.ले आ ब ०८१/०८२ मा १४ लाख ७८ हजार ५४९ रुपयाँ नाफा कमाएको छ । 

संस्थाको कुल लगानी ६ करोड १४ लाख ६८ हजार ४ सय रहेको भने कुल कारोवार ९ करोड १८ लाख ३० हजार ४६९ रुपैयाँ रहेको छ । सो काे जानकारी धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा दिइएको हो । 


त्यसै गरी श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।  उपाध्यक्ष नमराज न्यौपाने , सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल , शान्ता तामाङ , रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, रामबहादुर तामाङ रहेका छन् ।


श्री धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्ष नमराज लामिछाने, सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल, शान्ता तामाङ,  रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, रामबहादुर तामाङ रहेका छन् । 

लेखा समिति संयोजक शंकर प्रसाद न्यौपाने  सदस्य कमल बडाल र अप्सरा भट्ट रहेका छन् । सभाको  उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सभाको उद्घाटन गर्दै कृषि र पशुपालनबाट यहाँका किसानकाे समृद्धि सम्भावना रहेकाे बताउँदै बागमती प्रदेश सरकारले  पशुपालनका लागि अनुदान कार्यविधि तयार गर्न लागेकाे बताए । बिशेष अतिथि प्रदेशसभा सदस्य इन्द्र गोतामे,  कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, वडा अध्यक्ष फणिन्द्रप्रसाद न्याैपानेलगायतका जनप्रतिनिधिहरूले शुभकामना दिएका थिए ।


संस्थाका अध्यक्ष विष्णुप्रसाद पाैडेलकाे अध्यक्षतामा भएकाे सभा लेखा समिति संयाेजक विष्णुप्रसाद देवकाेटाले गरेका थिए । कार्यक्रममा प्रबन्धक फुलमाया गाेले, लेखा समिति सदस्य रामकृष्ण पाैडेल र अध्यक्ष विष्णुप्रसाद पाैडेलले प्रतिवेदन पेस गरेका थिए । 

सहभागी सेयर सदस्यहरूले प्रतिवेदन उपर टिप्पणी तथा सुझाव दिएका थिए । 



Friday, January 2, 2026

किसानकाे गोलभेडा फार्ममा लाङटाङ राष्ट्रिय निकुञ्जद्धारा फडानी


रसुवा, नौकुण्ड गाउँपालिका–५ लामाचेमा रहेको एक कृषि फर्ममा लगाइएको गोलभेडा खेतीमा ०८२ पुस १६ गते लाङटाङ राष्ट्रिय निकुञ्जले फडानी गरेको छ । 

राजन्य कृषि तथा पशुपन्छी फर्मका प्रोप्राइटर चुडामणि पौडेलले आफ्नै निजी बारीमा लगाइएको गोलभेडा खेती समेतकाे टनेल निकुञ्जले फडानी गरेको बताएका छन् । कुनै पूर्व सूचना नदिई खेती फडानी गरिएकाले आफू अन्यायमा परेकोले न्यायका लागि स्थानीय सरकार, प्रशासन र संचारमाध्यममा अनुराेध गरेकाे बताए ।


“पाकेर फल बेच्नसमेत पाइएन,” उनले भने, “करिब ३ सय मिटर टनेल र लटरम्म फुल फुल्न लागेको करिब ६ हजार गोलभेडाका बोटमा क्षति पुगेको छ ।” सार्वजनिक जग्गामा परेको भए आफूले खाली गरिदिने भए पनि एक पटक मौका समेत नपाएको पौडेलको भनाइ छ । पौडेलले करिब तीन वर्षदेखि सो स्थानमा फार्म खाेलेर  गोलभेडा खेती गर्दै आएको जानकारी दिए ।


यता, लाङटाङ राष्ट्रिय निकुञ्जले भने उक्त फर्मअन्तर्गतको केही जग्गा सार्वजनिक रहेको भन्दै कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार ३५ दिनको सूचना दिएर अतिक्रमण भएकाे जग्गा खाली गराउन भनेकाे बताए । 

कालिकास्थानमा जनप्रतिनिधि तथा वार्डेन र प्रमुख जिल्ला अधिकारी समेत सहभागी भएर १८ गते वार्डेन र स्थानीय जनप्रतिनिधिले स्थलगत अनुगमन गरी छानविन गर्ने छलफल भएपनि कार्यन्वयन नभएकाे पाैडेलले बताए । निकुञ्जका प्रमुख शाहलाइ स्थानीयले कृषि बालीमा क्षति भएकाेले क्षतिपुर्ति दिनुपर्ने बताए । गल्ती मानिसबाट भएकाे भए कानूनी दायरामा ल्याएर कारवाही गर्नुकाे साटेमा खेती र संरचनामा क्षति हुन नहुने स्थानीय बताउछन् । 

परम्परागत रूपमा बाउबाजेकै पालाबाट भोगचलन गर्दै आएको जग्गामा तरकारी खेती गर्दै आएकाे उनले केहीले गरिखाएकाे रिसले उजुरी गरेपछि फार्ममा क्षति गरेकाे उनकाे आरोप छ ।

नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले जग्गा सम्बन्धि सीमा समस्या न्यायिक समितिमार्फत छलफल र समाधानको प्रक्रियामा रहेको बेला कानूनी शक्तिको दुरुपयोग गर्दै निकुञ्जले किसानको क्षति गर्नु दुखकाे कुरा भएकाे बताए । अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएकाे पाैडेलले बताए ।

सार्वजनिक जग्गा मिचेकाे भए नीति नियम अनुसार छानविन गरी कारवाही हुनुपर्छ तर अन्दाधुन्ध किसानले लगायकाे बाली,लगानी तहसनहस हुँदा लाखौं किसानकाे मन राेएकाे अखिल नेपाल किसान महासंघ रसुवाका अध्यक्ष खिलनाथ पाैडेलले बताए । घटनाकाे उचित छानविन गरी दाेषीलाई कारबाही र किसानलाई उचित क्षतिपूर्तिको ब्यवस्था तत्काल हुनुपर्ने उनकाे माग छ ।



नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा रसुवाबाट पेम्बाछिरिङ


रसुवा,  नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूचीमा रसुवामा जिल्ला सभापति पेम्बा छिरिङ तामाङ परेका छन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको सूचिमा उनकाे नाम समावेस  । सार्वजनिक सूची अनुसार जनजाति क्लस्टरमा पेम्बा छिरिङ तामाङको नाम समावेश गरिएको हो ।


Thursday, January 1, 2026

घट्टेखोलामा १ सय ८ धारा निर्माण गरिने


रसुवा,  जिल्लाको सदरमुकाम धुन्चे नजिकै रहेको घट्टेखोलामा १ सय ८ वटा धारा निर्माण गरिने भएको छ।

धुन्चे युवा समाजको पहलमा घट्टेखोलामा गोसाईद्वारसहित १ सय ८ वटा कलात्मक धारा निर्माण गरी मानव कल्याण तथा लोकहितका लागि प्रयोगमा ल्याउने योजना रहेको छ। यो कार्य ‘जलदान महादान’ जस्तै पवित्र पुण्यकार्य भएको र यसले उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने रसुवा पर्यटन तथा होटल व्यवसायी संघका अध्यक्ष विशाल घलेले बताए। 

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोसाईकुण्ड शिरमा अवस्थित भगवान शिवको पाउ परेको पवित्र भूमिसम्म पुग्न नसक्ने श्रद्धालुहरूका लागि आफ्नै स्थानबाट सहयोग गर्न अपिल गरिएको छ।

मुक्तिनाथको संरचनाजस्तै बनाउने लक्ष्यसहित धुन्चेवासीहरू यो परियोजना सफल पार्न सबैको सहयोग प्राप्त हुनेमा विश्वस्त छन्। स्थानीय किम्बदन्तीअनुसार गोसाईबाबा यही स्थान हुँदै पानीको खोजीमा हिँडेका थिए र पहाड फोरेर पानी निकाल्दा दह बनेर बगेको पानीबाट १ सय ८ धारा निर्माण हुने विश्वास छ। कैलास दर्शनमा जाने तीर्थयात्रीहरूले समेत यहाँ स्नान गर्न सक्ने गरी संरचना तयार गरिने वेत्रावती निवासी दिल श्रेष्ठले बताए।


त्रिशूली नदीको उद्गमस्थल त्रिशूलधारा, गोसाईकुण्डलगायत १ सय ८ कुण्डबाट बगेर आएको पानी गोसाईकुण्डकै पाउ घट्टेखोलामा १ सय ८ कुण्ड निर्माण भएपछि यसको धार्मिक महत्त्व अझै बढ्ने रसुवा उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठले बताए।

यस क्षेत्रको भ्रमण गर्दा बन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थल, विभिन्न सांस्कृतिक भेषभूषा तथा ज्ञान–गुनका पक्षबारे जानकारी पाउन सकिने भएकाले सबै वर्गका मानिसका लागि यो क्षेत्र महत्वपूर्ण रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताए।

धर्म, संस्कार र संस्कृति हराउँदै गएको अवस्थामा धुन्चेवासीहरूले यस्तो पुण्यकार्यमा अग्रसरता देखाएकोमा आफूले पनि सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।


सार्वजनिक सुनुवाइमा नाकादेखि बिस्थापित र भूमिहीनका गुनासा जनचासाे कम

 


रसुवा, जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा कालिकास्थानमा भएको सार्वजनिक सुनुवाइमा ०७२ सालको भूकम्पबाट बिस्थापत भएकाहरुदेखि भूमिहीन, सुकुमवासी र रसुवागढीका नाकामा रहेका समस्याहरुका गुनासो उठान भएका छन् । 

जनचासाे कम भएकाेले नागरिककाे सहभागिता कम रहेकाे थियाे । स्थानीयकाे जनसहभागिता कम भएपछि सार्वजनिक सुनुवाइमा धेरै प्रस्नहरू भने थिएनन् । 



रसुवागढी नाका सञ्चालनमा

रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी झण्डै ६ महिनापछि सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आज बिहानदेखि नाका सञ्चालनमा आएको बताए। नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएको हो। 

उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ। नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि ८ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताए। 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएको छ । गत असार २४ गते लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त मितेरी पुल निर्माण पछि आजबाट नाका खुलेको हो । 

गत आइतबारबाट सवारी चालकका लागि आवतजावत खुला गरिएको भए तापनि आयात(निर्यात भने सुरु भएको थिएन।  अब एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ। जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ।

यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवैतर्फबाट आवागमन नियन्त्रण गरिनेछ। जनवरीपछि चिनियाँ समयअनुसार बिहान ९ देखि १ बजेसम्म ९सामान्य भन्सार समयभन्दा १ घण्टा बढी० सवारीसाधन प्रवेशका लागि खुला रहनेछ। दिउँसो २ देखि ७ बजेसम्म अस्थायी रूपमा सञ्चालन गरिनेछ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको थियो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दे खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ। 

उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले गरेको थियो। व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएको भन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ता चप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । 

नेपालबाट चीनतर्फ पस्मिना, गलैँचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

०७१ मंसिर १५ गते यो नाका औपचारिक रुपमा खुल्ला भएकोमा ०७२ वैशाख १२ को विनाशकारी भूकम्प पछिको पहिरोका कारण अवरुद्ध भएको थियो । 

केरुङबाट सिगात्से ५ सय ४८ किमी टाढा छ । सिगात्सेसम्म रेल आएको र  रसुवागढी नाकासम्म रेलमार्गले जोड्ने चीन सरकारको योजना रहेको छ ।






Wednesday, December 31, 2025

सामुदायिक कुकुरलाई बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान



रसुवा, गोसाइँकुण्ड गाउँपालिका पशु सेवा शाखाको आयोजनामा तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर, बनेपाको प्राविधिक सहयोगमा निःशुल्क कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

१३ गतेसम्म सञ्चालन गरिएको उक्त अभियान गाउँपालिका २, ५ र ६ वडालाई समेटेर स्याफ्रुबेशी , टिमुरे र सदरमुकाम धुन्चे स्थित बालमन्दिर क्षेत्रमा सञ्चालन गरिएको थियो । 

पशुसेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक राजेन्द्र न्यौपानेका अनुसार अभियान अवधिमा कुल १५२ वटा कुकुरको बन्ध्याकरण गरिएको छ भने १८० वटा कुकुरलाई रेबिजविरुद्ध खोप प्रदान गरिएको हो। वडागत विवरणअनुसार वडा नं २ टिमुरेमा २३ वटा, वडा नं ५ स्याफ्रुमा ५२ वटा तथा वडा नं ६ धुन्चे बाल मन्दिर क्षेत्रमा ७७ वटा सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न भएको छ।  

पशुसेवा शाखाका प्रमुख अनोजप्रसाद बास्कोटाका अनुसार यस अभियानले आवारा कुकुरको संख्या नियन्त्रण, रेबिज रोगको जोखिम न्यूनीकरण तथा समग्र जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उहाँका अनुसार बिहान, बेलुकी र रातको समयमा सामुदायिक कुकुरहरू बढी आक्रामक हुने, रोगी वा अपाङ्ग भएका घरपालुवा कुकुरलाई कतिपयले सडकमा छाड्ने प्रवृत्ति तथा अनियन्त्रित प्रजननका कारण पछिल्ला वर्षहरूमा सामुदायिक कुकुरको संख्या बढ्दै गएको छ।