रसुवा, आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले गरेका छन्। कार्यालय स्थापना भएसँगै रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा ३६ वटा मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेका छन्। आगामी निर्वाचनका लागि जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

0 Comments :
Post a Comment