रसुवा, जिल्ला स्थित राजनीतिक दलहरुले आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवार चयन गरेका छन् ।
माघ ६ गते हुने मनोनयनका लागि नेपाली काँग्रेसका मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् । उनी २ पटक नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् ।
नेकपा एमालेबाट केन्द्रीय सदस्य प्रेमबहादुर तामाङ उम्मेदवार भएका छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी पार्टीबाट संविधानसभा सदस्य तथा २०७४ सालमा नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीबाट भने अझै उम्मेदवार चयन भएको छैन । उम्मेदवारका लागि शिव लामिछाने, माधब लामिछाने र अर्जुन पाैडेल चर्चामा छन् । मनाेनयन अघिसम्म टुङ्गाे लाग्ने नेकपा जिल्ला नेता पुष्पराज न्याैपानेले बताए ।
उता रास्वपाबाट नवयुवा बसन्त भट्ट चयन भएका छन् । मंगोल नेशनल अर्गनाइजेनबाट बिनोद थिङले उम्मेदवारी दिने जनाइएको छ ।

0 Comments :
Post a Comment