रसुवा, नौकुण्ड गाउँपालिका–२ यार्सा स्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवै जनाको शव फेला परेको छ।
नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रो हुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पुर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो। मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।
उद्धार तथा खोजी कार्यका क्रममा आमा डुप्पा नेकोर तामाङको शव यसअघि नै फेला परेको थियो भने बेपत्ता रहेका छोरा पुर्ण थोक्राको शव पनि प्रहरी र स्थानीय बासिन्दाको टोलीले खोजी गर्ने क्रममा फेला पारेको स्थानीय शिक्षक साम्देन लामाले बताए ।

No comments:
Post a Comment