ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, January 4, 2025

आदिबासी जनजाति पत्रकार महासघमा प्रमोद


 रसुवा, नेपाल आदिबासी जनजाति पत्रकार महासघ रसुवाको तेश्रो जिल्ला अधिबेशनबाट प्रमोद कुमार तितुङको अध्यक्षतामा ९ सदस्य जिल्ला कमिटी सर्बसम्मत चयन भएका छन् । 

शनिबार धुन्चेमा अध्यक्ष दिपक लामाकाे अध्यक्षतामा  भएकाे नेपाल आदिबासी जनजाति पत्रकार महासघ रसुवाको तेश्रो जिल्ला अधिबेशनबाट सचिब  सुजन आलेमगर, कोषाध्यक्ष  मन्जु तामाङ समेत ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। 


Friday, January 3, 2025

मनिगाउँमा भूमि शिबिर सम्पन्न


रसुवा, उत्तरगया गाउँपालिका- ४ मनिगाउँमा भूमि शिबिर सम्पन्न भयो ।  कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्चका पदाधिकारी तथा  गाउँमञ्चका सदस्यहरू गरी ४१ जनाको सहभागिता रहेको थियो । 

शिबिरमा बिर्ता तथा भूमिका सवालहरू, सदस्यता र जनसंगठन परिचालन बारे छलफल भयाे ।  जिल्ला मञ्चद्वारा भैरहेको गतिविधि तथा प्रयास बारे जानकारी गराउदै  बिर्ता अभियान तथा  र भूमिहीनहरूलाइ जग्गा व्यवस्थापन प्रकिया तथा कानुनी व्यवस्था,  छुट जग्गा निवेदन पेसलगायतको सवालमा अभिमुखिकरण भयो । साथै गाउँ मञ्चको अभियान र संगठनको अवस्थाको समेत समीक्षा भयो । 

यस अघि भूमि आन्दोलनबाट बिर्ता जग्गाको जग्गाधनी प्रमाणपूर्जा पाएका जीतबहादुर थिङको अनुभवले सबैलाई प्रेरणा दियो। ूसंगठन छाड्ने स्वार्थी मात्र हुन्, तर मैले आफ्नो हक पाएको छु भनेर पछि हट्ने सवालै छैन। सबैले हक नपाएसम्म आन्दोलन जारी राख्छु,ू उनले दृढतापूर्वक भने। उनका शब्दले शिविरमा सहभागिलाई जोश दिलायो, र सबैले ताली बजाए । ूआन्दोलन र संगठनले हामीलाई साथी र आफन्त जस्तै बनाएको छ। यहाँ हामीले एक अर्काबाट सहयोग, सान्त्वना र ऊर्जा पाएका छौं,ू भूमि अधिकार मञ्चका अगुवा सान्ता ग्लानले थपिन्।

निरन्तर संगठनमा छलफल, नविकरण, कोष संकलन र अभियानमा सहभागीता जनाइरहेका सदस्यहरूले अझै सक्रिय रुपमा अभियानमा लाग्ने बताएका छन् । शिविरमा सहभागी सबै सदस्यहरुले घरघरबाट चामल, तरकारी, नुन, तेल  संकलन गरी सामूहिक रूपम खाजा, खाना व्यवस्थापन गरेकाे जिल्ला भूमिअधिकार मञ्च रसुवाका अभियानकर्ता कल्पना आचार्यले बताए ।

Thursday, January 2, 2025

गत्लाङका कृषकहरू वन्दा खेती गरेर मनग्ये आम्दानी लिदै

सरस्वती न्यापाने

रसुवा, कालो गाउँले परिचित रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गत्लाङका कृषकहरू बन्दा खेती गरेर मनग्ये आम्दानी भएपछि दङ्ग परेका छन ।

आमाछोदिङमो गापा उपाध्यक्ष चण्डिका तामाङ बताउछन् । गत्लाङ गाउँमा ५ सय घरधुरी रहेका छन् । यहाँका सवै जना कृषि पेशामा रहेका छन् र वन्दा खेति सवै गाउँले नै गरेका छन । वन्दा फलेपछि असोजको दोस्रो हप्तादेखि कार्तिक महिना भरि सिजन भएकोले यो समयमा एक घरधुरी ले ५० हजारदेखि ३ लाख रूपैयाँसम्म लिन्छन ।

अर्को स्थानिय होमस्टे सन्चालक तथा वन्दा खेति गर्ने कृषक फुर्पु सिङगि तामाङले भने यहाँका ९९ प्रतिशत मानिसहरू कृषिमा लागेका छन । उनीहरू सवैले वन्दा खेति लगाएका छन ।असोज दोस्रो हप्तादेखि कार्तिक महिनासम्म अत्यधिक बजारमा माग हुने र चितवन,नारायणघाट,काठमाडौ,धादिङ,रसुवा सम्म हुनेछ । ३० देखि ५० केजि सम्मको वोरामा राखेर आईचर मा हालेर सप्लाए हुन्छ ठेकेदार नै वारिमा आईपुग्छन । सिजनमा उनीहरूले करिव ५० लाख आम्दानी गर्छन ।

गत्लाङमा आलु खेति सोचे भन्दा राम्रो हुन नसकेपछि पुरै गाउँले वन्दा खेति गरेपछि नसोचेको व्यापार भएको अर्को कृषक सुर्य तामाङले बताए । कालो गाउँ ले परिचित यस ठाउँमा आलुको प्रख्यात गाउँ हो । यहाँ सिमि फल्ने ठाउँ पनि हो ।जलवायु परिवर्तन हो या के भएर हो यो वर्ष सोचे जस्तो आलु र सिमि फलेन तर बन्दा वाट सन्तोषजनक व्यापार भएको अर्का समाजसेवी,होमस्टे सन्चालक अविनाश तामाङले बताए ।

गाउँपालिकाले कालो गाउँलाई कालो गाउँ जिबित राख्न विषेश पहलहरू गरिरहेको र यहाँको विशेष काम गरहेको पालिका प्रमुख वुचुङ तामाङले बताए । २०७२ सालको भुकम्पका कारण क्षति भएको पाङलिकको काठले वनेको एकै किसिमको छाना एउटै बाल बाट लहरै बनेको पर्खाल युनिक रहेको गत्लाङ गाउँ रङिगविरङगि भएर कुरूपनै बनेपछि पालिकाले यसलाई पहिलेकै जस्तो कालो छानाको लागि विशेष पहल गर्ने छ ।

यहाँ विशुद्ध तामाङ बस्ति रहेको छ। धर्म संस्कृति र परम्परा आफ्नै रहेको छ । अर्गानिक खाना पाईने ठाउँ आन्तरिक तथा वाह्य पर्यटकका लागि आर्कषणको ठाउँ रहेको छ । वन क्षेत्रमा पर्ने यस ठाउँ टिपिकल गाउँ हो । यस ठाउँमा धार्मिक स्थल पार्वतीकुण्ड समेत रहेको छ । र गोल्जुङ वेसिमा मल्ल कालिन दरवार र भिमसेनको मन्दिर समेत रहेको छ ।


धैबुङकोटको ऐतिहासिक महत्व


रसुवा, नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट,सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बत संग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण रसुवाको कालिका गाउँपालिका वडा नम्बर दुई मा रहेको धैबुङकोटको ऐतिहासिक महत्व रहेको छ ।

त्यस गाउँका मानिसहरुको भनाई अनुसार गोसाईकुण्ड जाने तीर्थयात्रीलाई दही दिने प्रचलनबाट यस ठाउँको नाम दहीघुम रहयो र पछि दही घुमको अपभ्रंस भएर नै धैबुङ रहन गयो पृथ्बी नारायण शाहको राज्य एकीकरणका क्रममा युद्घ व्यवस्थापन का लागी कोतघर बनाइएको र त्यही समय देखि गोरखाबाट गोरखनाथको मूर्ति टाउको मा बोकेर गोसाईकुण्डमा स्नान गराई सो मृर्तिलाई गोरखा नै पु¥याउने चलन रहेको हो ।

२०३२ साल भन्दा अघि धैबुङ लगाएतका ठाउँहरु नुवाकोटमा रहेका थिए ।बेलकोट मालकोट, धुवाकोट,भैरमकोट,कालिकोट सल्यानकोट,सिमलकोट,प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामाकरण भएको हो ।

नुवाकोट नामाकरण हुदाँ धैबुङकोट नुवाकोटमा रहेको २०३२ सालमा बेत्रावती सिमाना राखी रसुवा सिमाङकन गरिएको ऐतिहासिक पक्ष र विभिन्न दस्ताबेजहरु पाईन्छ । नुवाकोट हुदाँ यस ठाँउलाई रामकाली गाउँ पश्चायतको नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राममन्दिर धैबुङमा रहेको कालिका मन्दिरको संयुक्त नामलाई समावेश गरी रामकाली नामकरण गरिएको भन्ने भनाई रहेको छ ।

रामकाली हुदाँ हाल नुवाकोटमा रहेको केराधारी,मभीर, कुवापानी लगायतका ठाउँहरु रसुवामा नै पर्दथ्यो भन्ने भनाईहरु छन , पछि पुन संरचना बन्दा रसुवाको बेत्रावतीको भाग रामकाली गाउँ पश्चायतमा रहेको थियो । आज पनि विभिन्न कागजात र दस्तावेजहरुमा साविकको धैबुङ गाविसलाई जिबजिबे निलकण्ड भनेर उल्लेख गरेको पाईन्छ । धैबुङकोटको ऐतिहासिक महत्व रहेको भए पनि अहिले प्रचार प्रसार नहुँदा गुमनाम बनेको छ ।

राजा पृथ्बी नारायण शाहले राज्य एकिकरणको समयमा यस भुभागमा आउँदा आफुसंग आएका भाई भारदारलाई बाली(कुत) उठाएर खाने गरी केही भुभाग  उनीहरुको नाममा दर्ता गराएका थिए । भन्ने भनाई रहेको छ । हालसम्म त्यही जमिन बिर्ताबालाहरुको नाममा रहको पाईन्छ ।

साविकको धैबुङ गाविस हाल कालिका गाउँपालिका कालिकास्थानको चिउरी बोट नजिकै बनेको कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बत सँग लडाई लडेका थिए भन्ने किंबदन्ती रहेको छ । सत्कार सहित खानामा दही र पानी पर्दा ओढ्नकाे लागि घुम दिइने चलन थियो । त्यतिबेला देखिनै यस ठाउँ दही र घुमको रुपमा प्रख्यात हुदै गयो पछि पनि गोसाईकुण्ड जाने प्राय: मानिसहरुलाई ओढन घुम नभएपछि दही खुवाएर पठाईन्छ । १५ सय १४ वर्गमिटरमा फैलिएको रसुवा जिल्लामा नेपालीहरुको पबित्र तथा पर्यटकीय खण्ड बेत्रावती उत्तरगयाधामदेखि विभिन्न ऐतिहासिक, सास्किृतिक धार्मिक तथा विभिन्न स्थलहरु देख्न सकिन्छ ।

 बेलकोट, मालकोट, धुवाँकोट, भैरमकोट, कालिकोट, सल्यानकोट, सिमलकोट, प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामकरण भएको थियो । २०३२ सालपछि जिल्ला पुनर्संरचना गर्दा नुवाकोटको केही भाग रसुवा र धादिङमा र रसुवा र धादिङका केही भाग नुवाकोटमा परेको थियो । 

पृथ्वीनारायण शाहको राज्य एकीकरणका क्रममा युद्ध व्यवस्थापनका लागि कोतघर बनाइएको र त्यही समयदेखि गोरखाबाट गोरखनाथको मूर्ति टाउकोमा बोकेर धौबुङ हुँदै गोसाइँकुण्डमा स्नान गर्न लैजाने र ल्याउने चलन रहेको थियो । अहिले पनि गोरखनाथको मूर्ति गोसाइँकुण्ड मेलामा टाउकोमा जोगीहरूले बोकेर हिँडेर आउने गर्छन् ।



Monday, December 30, 2024

धैबुङ्ग कालिका साना किसान सहकारी १४ लाख नाफामा

 


रसुवा, धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्थाले गत वर्ष १३ लाख  ९१  हजार रूपैयाँ खुद नाफा गरेकाे छ । 

संस्थाकाे १३ औं वार्षिक साभारण सभामा अध्यक्ष विष्णु पाैडेलले आब ०८०/०८१ मा १३ लाख  ९१  हजार रूपैयाँ खुद नाफा कमाएकाे बताए । उनले ५ कराेड १७ लाख रूपैयाँ लगानीमा रहेकाे बताए । 

संस्थाका नि प्रबन्धक पुर्णप्रसाद न्याैपानेले १७८ वटा समुह मा १०४४ जना सेयर सदस्य रहेका छन् । २९९ पुरूष र ७४५ महिला सेयर सदस्य रहेका छन् ।  संस्थाकाे ३ कराेड १९ लाख रूपैयाँ बचत रहेकाे बताए । सेयर पुँजी ६२ लाख १३ हजार रूपैयाँ रहेकाे छ । यस वर्ष ४ कराेड ६९ लाख ९४ हजार रूपैयाँ लगानीमा रहेकाे उनले बताए । 

साधारणसभामा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि नमुना रहेकाे र यस संस्थालाइ स्थानीय सरकाले सहयाेग गर्ने बचन दिए । सहकारीका सेयर सदस्य रामकुमार देवकाेटा, कालिका-३ का वडा अध्यक्ष फणिन्द्रप्रसाद न्याैपाने, भाेर्ले साना किसान सहकारी संस्था लि का अध्यक्ष रामहरि देवकाेटा, लेखा समिति संयाेजक विष्णु प्रसाद देवकाेटा, साना किसान विकास बैंक गजुरीका सूर्य अधिकारीलगायतले साधारणसभामा शुभकामना दिएका थिए । 

सभामा सहकारी संस्थाका उत्कृष्ठ बाल बचत, उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचत सदस्य, उत्कृष्ठ समुह, उत्कृष्ठ ब्यवसायीहरूलाइ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएकाे थियाे । 






Sunday, December 29, 2024

आज उत्तरगयाधाममा पितृको उद्धारका लागि श्रद्धा गरिदै -सोमबार परेकोले विशेष महत्व


रसुवा, पितृ तीर्थ धामका नामले प्रसिद्ध  रसुवाकाे प्रसिद्ध उत्तरगयाधाममा क्षेत्रमा हजारौँ भक्तजनले पितृको सम्झनामा श्राद्ध गर्दछन् । 

यस वर्षको पौषेऔंसी अझै विशेष महत्वको रहेको छ। किनकी सोमबार परेको छ। बिरलै प्राप्त हुने यो अवसर यसभन्दा अघि २०३६ पौष ०९ गते, २०५७ पौष १० गते र २०७४ पौष ०३ गते सोमबार परेको पुरोहित गूरु रमेश पौडेलले बताउनुभयो।

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाम, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । 

प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवम् तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

आज विक्रम संवत् २०८१ साल पुस १५ गते सोमबार, तमू गुरुङ  ल्होसार ( गुरुङ समुदायको नयाँ बर्ष ) , पौषे औंशी ( बेत्रावती / बराह क्षेत्र / विष्णु पादुका श्राद्ध, गोकर्ण , कोशी , गण्डकी ) क्षेत्रमा श्राद्ध , कविशिरोमणी लेखनाथ जयन्ती / सोमबारे औंशी श्राद्ध  (नबोलि बिहानै नुहाउने मुखधुने ), निशिबार्ने, हलो बार्ने , घ्यू-खट्टे खाने दिन, राष्ट्रिय च्याउ दिवस पनि हाे । 

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने परम्परा छ । 



Saturday, December 28, 2024

स्थानीय उत्पादन उत्तरगयाधाममा



रसुवा, उत्तरगया गाउँपालिकाले स्थानीय उत्पादन बिक्री तथा प्रबर्द्धनको लागि उत्तरगयाधाममा राख्ने भएकाे छ । 

स्थानीय उत्पादनहरुको बिक्रीवितरण तथा प्रबर्द्धन गर्ने उदेश्यले मिति २०८१ पुस १५ गते उत्तरगयाधाम राम मन्दिर प्राङ्गणमा तपशीलका उत्पादनहरु बिक्री तथा प्रबर्द्धनको लागि उपलब्ध हुँदै छ यहाँहरुले पनि उपभोग गर्न सक्नुहुनेछ । गाउँपालिकाले सिड्स रसुवासँगकाे समन्वयमा कृषि उत्पादन, दुध उत्पादन बढाउन किसानलाइ अनुदानका कार्यक्रम तय गरेकाे छ । 

उत्तरगयाधाममा हुने बृहत मेलाका लागि लक्ष्य गरी निम्न उत्पादहरू प्रबर्द्धनको लागि राख्न सूचना जारी भएकाे छ । 

 १ उत्तरगया -१ तिरुको सिमि तथा फर्सी 

 २ उत्तरगया -२ को अकबरे खुर्सानी, कोदोको पिठो, अमला तथा सयपत्रीलगायत फुलहरु 

३ उत्तरगया -३ को फापर, मास र सिलाम 

४ उत्तरगया -४ को तरुल, पिँडालु, मुला,स्कुस सयपत्रीलगायत फुलहरु 

५ उत्तरगया -५ को सालको पातको दुना टपरी, बेसार, जौ को पिठो, फुलहरु, बाटेको धुप । 

बित्तिय साक्षरता तथा अन्तरक्रिया सम्पन्न


रसुवा, एनएमबी लघुबित्त बित्तीय संस्था लि। को शाखा कार्यालय धुन्चे रसुवाले जिल्लाको गोसाइँकुण्ड गाँउपालिका-६ , मा सदस्यहरू बीचमा बित्तिय साक्षरता  तथा अन्तरक्रिया  सम्पन्न गरेको छ । 


सम्पती तथा बचतमा हुने जोखीमलाई न्यूनिकरण गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा कर्जाको व्यवस्थापन, बचतको व्यवस्थापन, बचत व्यवस्थापन गर्दा हुने फाईदाहरू, डिजिटल बैंकिङ, भुक्तानी, संस्थाको एमपासबुक, एसएमएस सेवा, यसको प्रयोग र यसका फाईदालगायतका विषयमा एनएमबी लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय धुन्चे रसुवाका शाखा प्रमुख शारदा पाण्डेले सहजीकरण गरे भने कार्यक्रमको ब्यवस्थापन कर्मचारीहरू राम प्रवेश राम र दावाछिरिङ तामाङले गरेका थिए ।   


लघुवित्तले यस अघि जिल्लाको धुन्चे, हाकुबेसी, स्याफ्रवेशी, नागुन लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।धुन्चेका पाँचसय बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको धुन्चे शाखाले जिल्लाको गोसाइँकुण्ड गाँउपालिका र यसको वरपर सेवा क्षेत्र बनाएर काम गर्दै आएको छ । 


पोखरा महानगरपालिका-८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १ सय ४८ वटा शाखा विस्तार गरी एक लाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ । 

सरस्वती न्यौपानेबाट

Friday, December 27, 2024

गाउँमा रैथाने बाली लोपोन्मुख, संरक्षणमा चासाे दिनुपर्छ


रसुवा, रसुवाका गाउँ गाउँमा रैथाने बालीको रूपमा लिइने कोदो, फापर, कागुनो, जुनेलाे जस्ता बाली पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ ।

देशका अधिकांश पहाडी र उच्च पहाडी भागमा  गरिने यस्ता रैथाने बालीको संरक्षण र प्रवर्धनमा सरकारले समेत खासै चासो नदेखाएका कारण रैथाने बाली सङ्कटमा परेको हो । जसले गर्दा पछिल्लो केही वर्ष यता कोदो समेत भुटान र भारतबाट आयात गर्नु पर्ने अवस्था आएको छ । 

यसले एकातिर निकै राम्रो खाद्यान्न बालीको  रूपमा लिइने यस्ता अन्नबाली मासिएको छ भने अर्कोतिर अन्यत्र मुलुकबाट आयात गर्नु पर्दा  पैसा समेत बिदेसिएको छ । यस्ता बालीलाई सरकारले  विशेष चासोका साथ प्रवर्धन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । रैथाने बालीको रूपमा लिइने कोदो पोसिलो खाद्यान्न बाली मध्ये एक प्रमुख बालीको रूपमा पनि लिइन्छ ।

विशेष गरी पहाडी र उच्च पहाडी चिसो हावापानी भएका स्थानमा कोदोको खेती हुने गर्दछ । गर्मी हावापानीमा  भने यो खेती निकै कम मात्रै गर्ने गरिन्छ ।

देशका अधिकांश स्थानमा गरिने यस खेतीको प्रवर्धनका लागी नत स्थानीय तहले कुनै चासो दिइएको पाइन्छ न त सरकारले नै रैथाने बाली संरक्षणका कुनै पहल गरेको पाइन्छ ।

केही वर्ष अघिसम्म गरिने कागुनो, जुनेलाे, फापर, करूलगायतका रैथाने बाली धादिङमा लोप नै भई सकेको छ ।रैथाने बाली लोप हुँदै जाने क्रममा  निकै उपयोगी र पोसिलो खाद्यान्न बालीको रूपमा लिइने कोदोको खेती लोप हुने अवस्थामा पुगेको छ ।

यस वर्ष पनि कोदो लगाइएको बारीमा रातो र डढुवा रोगको साथै कोदो बालीमा खुम्रो किराको प्रकोपका देखा परेको कारण उत्पादन घट्ने अनुमान रहेको छ ।

कोदो बाली अन्य बाली भन्दा खेती गर्न पनि सजिलो र रोग किराको सङ्क्रमण समेत कम लाग्ने बालीको रूपमा गाउँ घरमा चिनिदै आएको छ।

 गाउँमा रैथाने बालीको रूपमा लिइने कोदो, करू, तितेफापर, कागुनो, जुनेलाे जस्ता बाली पछिल्लो समय लोपोन्मुख भएकाेले रैथाने बीउ जाेगाउन स्थनीय सरकारले अभियान थाल्नु पर्ने स्थानीय किसानहरू बताउछन् । 

हाकुको कथा ब्यथा




हेमनाथ खतिवडा

धेरै पटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौ। क्यानाडाको थम्सन रिभर युनिभर्सिटी बाट आएका तीन सदस्यीय टोलीले भुकम्पपछी हाकुका बिस्थापितहरुको अवस्था बारे अनुसन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा.बाला क्यानाडाका प्रोफेसर जेफ मोर र बाताबरणविद सिजल पोख्रेल थिए।

उबेला सदियौ पहिले तिब्बत बाट आएर बस्ती बसालेको भन्ने भनाइ छ हाकुमा पुस्तौ पुस्तादेखी हाकुमा बस्ती बसाले पनि त्यस्को किटानिका साथ बताउने निर्धारीत समय देखिदैन। त्यहाका नाङ्गा भिराला समथर पारेर घर बनाउने खनजोत गरेर खेती गर्न थालेको बृद्धबृद्दा सुनाउछन।

सुरुमा ठूलो हाकुमा जम्मा ५/६ घर बसोबास थियो। जनसंख्या बढ्दै गएपछी सानो हाकु, हाकु बेसि लगायत ठाउमा पनि बाडिएर बस्न थालेका हुन। ९२ बर्ष पहिले हाकु गाबिसको २ देखि ७ वडा सम्मको गर्दा जम्मा २५ वटा मात्र घर थिए।

बस्ती बसिसकेपछी काठमाडौ स्वयम्भूका लामाहरु त्यहा पुगे। गाउको मुखियाहरु सङ्ग पुगेर त्यहाको जमिन स्वयम्भू पुरानो घ्याङ गुठिको नाममा दर्ता गरिएको सुइको पाइएको थियो। गुठिमा राखेर पुजापाठ चलाउन मद्दत हुने र धर्म हुने भनेकाले उनिहरुले पनि यसमा कठिनाइ महसुस गरेनन। कालन्तरमा जतिबेला बिकास सङ्गै स्वामित्वको कुरा आयो।

त्यसपछी हाकुबासी अप्ठेरोमा परे। २०३४/३५ सालमा जग्गा नापी भयो। उत्पादन गर्ने र त्यसमा कुत उठाइ काठमाडौको लामाहरुलाइ पठाउने गरेको र यो प्रथा २०४६ साल सलम्म कायम रहेको भनाइ बुढापाकाको थियो। हाकुका किसानले कुतका रुपमा लामा तथा तात्कालिन समयको मुखियालाइ धान, चामल, केरा तथा अन्य फलफुल मासु लगायत नगद पैसा पनि बुझाउनुपर्थ्यो।

ती बाहेक बार्सिक घ्याङ गुठिलाइ १ घरी केरा रक्सी ९ मुरि धान अन्न बुझाउनुपर्थ्यो। गुठिमा लगेर कुत बुझ्ने लामाहरु छेजुकुस्सो लामा,अस्टबहादुर र कर्साङ लामा थिए। पुस्तौ पुस्ता अघि देखि बसोबास रहेको अनुमान रहे पनि यसको कुनै तोकेर किटानिका साथ बताउने समय देखिदैन। रसुवाको यश हाकुमा सतप्रतिसत बिशुद्द तामाङ जाती बस्छन। समग्र भुगोल भिरालो छ। प्राय एकै ठाउमा झुरुप्प परेको तामाङ बस्ती छ।

ठूलो हाकुमा प्राय घर एकआपसमा जोडिएर बनेकाले भुकम्पको समयमा एक घरमा आगलागिली हुदा धेरै घरले क्षति बेहोर्नुपरेको सुनाउछन स्थानिय अधिकाङ्स मानिस बौद्ध धर्मप्रती आस्था राख्ने भएकोले तामाङ जातिको विशिष्ट साङ्स्कृतीक चिनारी, स्थानिय जिवनशैली, र तामाङ कला, सङ्स्कृती, भेषभुषाको धरोहरको रुपमा चिनिन्छ हाकु धामी झाक्री नाच, सेब्रु नाच, मेलापर्व मौलिक तामाङ पोसाकलाइ प्राचीन कालदेखी नै आज सम्म निरन्तरता दिदै आएको छ।

कृषिजन्य उत्पादन आलु, सिमि, फापर, कोदो, मकै जस्ता परम्परागत खेती प्रणाली अङ्गालेको कारण आर्थिक जिवनम परिबर्तन ल्याउन सकेको छैन। केहिले काउली, बन्दा, मुला, टमाटर, जस्ता तरकारी खेती सुरु गरेका छन। तर बजार छैन। हाकुको कुल क्षेत्रफल ५०.४९ बर्ग किमी छ। करिब ७.८४ प्रतिशत जमिन मात्र खेतीयोग्य छन।

अन्य जमिनमा १.४४ वर्ग किमि झाडि क्षेत्र ३४.२६ वर्ग किमि सामुदायिक बनले ढाकेको छ भने ५.७४ वर्ग किमि घासे मैदान ०.८६ किमि खेर गएको जमिन र ०.३५ वर्ग किमि जमिन पानीको भागले ओगटेको छ। बुढापाका तथा इतिहास जान्नेहरुको भनाइमा यश ठाउको ऐतिहासिकता रोमान्चक छ।



साञ्जेनकाे बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडियाे

 


रसुवा, चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।

साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो -५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ ।

सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सोमबारदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सबइञ्जिनियर रविन कोइरालाले जानकारी दिनुभयो ।

‘क्यास्केड मोडल’मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन ९माथिल्लो० जलविद्युत् आयोजना विसं २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो ।

कूल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रुपमा बिजुली प्रवाह गरिरहेको थियो । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२÷११ केभी सबस्टेसन निर्माण गरेको थियो ।

चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब आठ दशमलव पाँच मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो । साञ्जेन तथा साञ्जेन ९माथिल्लो० दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड(१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ ।


हालै चिलिमे(त्रिशूली दुई सय २० केभी प्रसारण लाइन सम्पन्न हुनेबित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमुना आयोजनाका रुपमा साञ्जेन रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिनुभयो । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिन्छ ।

नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना हो ।

नेपालमा नमुना प्रविधिका रुपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यास्केड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिन्छ ।

जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रूपमा ठूलो राहत मिल्नेछ । सोही विशेषताका कारण काठमाडौँ विश्वविद्यालयले उक्त आयोजनाको नमुना आफ्नो प्रयोगशालामासमेत सञ्चालन गरेको छ ।

हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमुना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकासलगायत विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने आयोजनाले जनाएको छ ।

कम्पनीले निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने हिउँदका महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास लिइएको छ । 


रसुवागढी हाइड्रोपावरले परीक्षण उत्पादन सफल

 


रसुवा, उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानी स्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।

उक्त विद्युत् गृहमा जडित ३३.३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो ।

सो आयोजना कूल लागत रु १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढी मुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।



टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा,  चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।

भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन् ।

आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनीले बताए। बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारी साधन पार्किङ गर्न सकिने छ ।



सामुदायिक वनसँग जनप्रतिनिधि छलफल



    
रसुवा, आमाछोदिङ्मो गाउँपालिकामा सामूदायिक वनसँग जनप्रतिनिधि छलफल तथा समन्वय बैठक सम्पन्न भयाे ।

आमाछोदिङ्मो गाउँपालिका, स्थानीय सामुदायिक वन र वन कार्यालयको बीच रसुवाका वन वाताबरण क्षेत्रका स्थानीय एजेन्डा र वन तथा वातावरण ऐन, नियमवाली र स्थानीय सरकार संचालन ऐन २०७४ मा वनका मूख्य सवालमा हाम्रो , पालिका र समुहको भुमिकाको बारेमा छलफल सम्पन्न भएकाे छ ।


गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष चण्डिका तामाङ वडा अध्यक्षहरू, प्रमुख प्रसासकीय अधिकृत गोपाल दुलाललगायत सहभागी थिए । डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङ, सव डिभिजन प्रमुख सन्ताेष तिम्सिनालगायतले सामुदायिक वन उपभाेक्ता समुह र वन कार्यालयको बीचमा समन्वय गरी वन ब्यवस्थापन तथा सन समुहकाे लेखा परीक्षण, साधारण सभा र अनिवार्य प्यान लिनु पर्ने ब्यवस्था बारे धारणा राखेका थिए ।


Thursday, December 26, 2024

रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल


 

रसुवा, उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।

रसुवागढीमा ३७ मेगावाटका ३ वटा टर्वाइन हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराई सकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए ।
सो आयोजना कूल लागत रु. १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।
रसुवागढी जलविद्युत्ले वार्षिक रूपमा रु. ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु. तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।

रसुवामा नेपाली काँग्रेसकाे सय दिने अभियान सुरू


 रसुवा, रसुवामा नेपाली काँग्रेसकाे सय दिने अभियान सुरू भएकाे छ । अभियानमा क्रियाशील सदस्ता नविकरण, नयाँ वितरणलगायतका विषयमा छलफल भएकाे छ ।

अभियान अन्तर्गत भेला तथा सदस्यता पुरानो नविकरण गराउनको लागि नजिकै रहेको नेपाली काङ्ग्रेसको पार्टी कार्यालय तथा ताेकिएकाे ब्यक्तिहरूमार्फत पार्टीको सदस्यता कार्ड नविकरण तथा नयाँ बितरण भैरहेकाे नेपाल काङ्ग्रेस रसुवाले जनाएकाे छ ।

जिल्ला कार्यसमिति बैठकले निर्णय गरे बामोजिम १०० दिने अभिमुखीकरण कार्यक्रम क्रियाशील सदस्यता नविकरण, वितरणलगायत विभिन्न महत्वपूर्ण विषयमा सवै पालिकामा छलफल भइरहेकाे छे

Friday, December 20, 2024

पाँचौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि रसुवा माविलाइ


रसुवा, गोसाईकुण्ड गाउँपालिकाद्वारा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रसुवा माविले हात पार्न सफल भएको छ । 

पौष २ गतेदेखि ४ गतेदेिख  ३ दिनसम्म उक्त प्रतियोगिता सञ्चालन भएकाे थियो। बिहिबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेंशी  स्थित खम्बाटारमा  सम्पन्न पालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ का विभिन्न प्रतियोगिताहरुमा सहभागी भइ विद्यालयले ७ स्वर्ण ,६ रजत र ७ कास्य पदक प्राप्त गरी उपाधि अात परेकाे थियाे । 

त्यसैगरी नमुना एभारग्रिन इङलिस बोर्डिङ स्कुल ७ स्वर्ण २ रजत र ७ कांस्य सहित द्वितीय र हाईल्याण्ड आवासीय मावि ६ स्वर्ण ४ रजत र ७ कांस्य सहित तेस्रो भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री माननीय अमन कुमार मास्केले खेलकुदले युवाहरु माथि अनुशासन, समय ब्यबस्थापन र आत्मविश्वासमा यस्ले महत्पूर्ण भूमिका खेल्ने गरेको बताउनु भयो। युवाहरु वर्गहरुलाई लक्षित गर्दै उहाँले दर्शकको रूपमा मात्र सीमित नभई राष्ट्रको लागि उदाहारण भएर खेल्नु पर्ने बताए , 

गोसाइँकुण्ड केबल कार सञ्चालन गर्न का निम्ति मन्तीले महत्व दिन बताए । संघीय सरकारसंग आफ्नो तर्फबाट  समन्वय गर्ने र  साथ दिने प्रतिवद्धता जनाए । 












Thursday, December 19, 2024

रसुवामा पुर्वाधार कार्यालय स्थापना

 


रसुवा, जिल्लामा पुर्वाधर विकास कार्यालय स्थापना भएकाे छ । बिहिबार बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले पुर्वाधार कार्यालय उद्घाटन गरेका हुन् । 


पूर्वाधार विकास कार्यालय रसुवाकाे नवस्थापित कार्यालयकाे भाैतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले एक कार्यक्रमका बीचमा ०८१ पुस ४ गते उद्धघाटन गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशाेककुमार घिमिरे, उपप्रमुख विजय लामा, संबिधान सभा सदस्य तथा नेकपा एमालेका नेताहरू जनार्दन ढकाल, प्रेम तामाङ, रास्वपाका मान बहादुर तामाङ तथा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकार सहभागी थिए ।



Wednesday, December 18, 2024

आगलागी पीडितलाइ जस्तापाता प्रदान

रसुवा,राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू रसुवाले अभियानकै रूपमा सहयाेग जुटाएर कालिका गाउँपालिका-१ ग्राङगाउँमा आगलागीबाट पीडित ३ घरलाइ राहत बितरण गरेकाे छ ।

स्थानीयवासी नेमा नुर्बु तामाङको घरमा जडान गरेको बिजुलीको मिटर बक्समा विद्युत सर्ट भएर सल्केको आगोले निजको एउटा घर, छिमेकी दुई जनाको  छिरिङ पेम्बा तामाङ र मान बहादुर तामाङको घर जलेर नष्ट भएको  थियाे । पीडित ३ परिवारलाइ युवा संघले संकलन गरेकाे रकमबाट २/२ बण्डल जस्तापाता खरिद गरी एक कार्यक्रम गरी प्रदान गरेकाे युवा संघ रसुवाले जनाएकाे छ ।   बण्


पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु



रसुवा, गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेसी स्थित खम्बाटारमा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

मगंलबारदेखि सुरु भएर ४ गते सम्पन्न हुने प्रतियोगितामा पालिका भित्रका विभिन्न ८ वटा विद्यालयको सहभागीता रहेको छ। खम्बाटार चौर मैदानमा विभिन्न ४ विधाका प्रतियोगितात्मक खेल सञ्चालन हुने छ।

पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले यस अन्य पालिकाको तुलनामा साच्चै पृथक तरिकाले संचालन गरेको पाइन्छ बताउनु भयो। खेलाडीलाई अनुशासनलाई ख्याल गरेर प्रतियोगितामा सञ्चालन हुने खेलमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। 

प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिने गाउँपालिका जनाएको छ । दोस्रो र तेस्रो हुने विद्यालयलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

साथै उक्त कार्यक्रमको समापन गर्दै पालिका प्रमुख कैसाङ नुर्पू तामाङले सुरुवात राम्रो भए संगै अन्त्य पनि उतिकै राम्रो हुने आशा रहेको र पालिकाद्वारा गर्न सकिने हरेक क्रियाकापहरू जुन विद्यार्थीहरुको लागि सधाबार राम्रो हुने छ त्यसमा लागि परेको बताउनु भयो।