ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, November 2, 2026

उत्तरगयाधाममा पितृमोक्षका लागि हवन् महायज्ञ सुरु

 

​रसुवा, रसुवा र नुवाकोट जिल्लाको सङ्गमस्थल पवित्र तथा प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल उत्तरगयाधाम बेत्रावतीकाे साँस्कृतिक पुनस्थापनाका लागि सोमबारदेखि पाँचदिने पितृमोक्ष हवन् महायज्ञ सुरु भएको छ ।
​गुरु गोरखनाथ पीठ सिद्धाञ्चल, मृगस्थली, काठमाडौँको आह्वानमा सञ्चालन सुरू भएकाे साे हवन महायज्ञ आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुने छ । ​गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकालमा ज्यान गुमाएकाहरूप्रति आत्मशान्ति तथा दिवङ्गत पितृहरूको मोक्षकामना गर्ने पवित्र उद्देश्य सहित हवन् महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

स्थानीयकाे समेत सहभागितामा हवन् मण्डप लगार गरी बगरमा तीतेपाती तथा चरू हवन् गरी पितृ माेक्ष तथा विश्व शान्तिकाे कामना गरी थालनी भएकाे हवन् महायज्ञबाट पवित्र उत्तरगया धामकाे साँस्कृतिक पुनस्थापनामा समेत मद्दत मिल्ने सहभागी प्रल्हाद खतिवडाले बताए ।

नेपाल–तिब्बत युद्धका क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणका लागि स्थानीयले सक्रियता देखाएको हो। बाढीमा बगेकाे बजार तथा धाम लगायत अन्य संरचना र बेत्रावती सन्धिस्थलको संरक्षणसहित प्रवर्द्धनका कार्य अघि बढाउन लागिरहेको सन्दर्भमा पुरातात्त्विक संरचनाको पुनर्निर्माणमा सरकारले जाेड् दिनुपर्ने स्थानीय दिनकृष्ठ श्रेष्ठले बताए ।

बाढीले ध्वस्त पारेको ऐतिहासिक उत्तरगयाधाम र स्थानीय कला, संस्कृति र परम्पराको पनि पुनस्थापा गर्नुपर्ने स्थानीय शशी डंगोल बताउछन् ।



No comments:

Post a Comment