ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, October 31, 2026

फड्के पुल बगाएपछि पुन २ पालिका आवतजावतमा समस्या

 

रसुवा, तीन दिनदेखि लगातार परेको वर्षातका कारण गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रवेसीमा रहेको काठको अस्थायी फड्के बगाएपछि स्थानीय समस्यामा परेका छन् । 

भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले बगाएको मोटरेवल पुल बगाएपछि समस्या परेको हो । 

लगातार तीन दिनको वर्षापछि आएको लाङटाङ खोलाको बाढीले गाउँलेले २ साता लगाएर बनाएका फड्के (काठेपुल) बगाएको स्थानीय नुर्पुछिरिङ तामाङले बताए ।  

आमाछाेदिङमो गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकाको वडा नं ६ बाहेकको सवै वडामा आवत जावत तथा अत्यावश्यक वस्तुहरू लैजान तथा स्थानीय उत्पादन बजारसम्म लैजान समस्या परेको छ । 

लुइन र पुलबाट केही सामानहरु ल्याउन तथा स्थानीयलाइ आवतजावत गर्न सकह भएको अस्थायी पुल बगेपछि समस्या भएको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । दुइवटा गाउँपालिका बीचको सम्पर्क पुन विच्छेद भएकोले समस्या समाधानका लागि अब पुल बनाउने जगकाे अवस्था हेरेर अस्थायी पुल बनाउने अध्यक्ष तामाङले बताए ।  

’लगातार तीन दिनसम्म परेको पानीले खोलाको सतह बढायो। दुःखले निर्माण गरेका चारवटा काठेपुल एक हप्ता नबित्दै बगायो,’ अध्यक्ष लामाले भने, ’हाल चुम उपत्यका जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। अब केही समयपछि फेरि त्यही ठाउँमा अस्थायी पुल निर्माणको काम सुरु गर्छौँ, त्योबाहेक अन्य विकल्प छैन।’

स्थानीयले जनश्रमदान गरेर बनाएको फड्के पुल लगतार ३ दिनदेखि वर्षातले बगाएपछि अब पुनः पुल बनाउन समय लाग्ने भएकोले स्थानीय समस्यामा परेको आमाछोदिङमो गाउँपालिका-३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले बताए । 

स्याफुवेशी स्थित फड्के बगाएपछि गोसाईकुण्ड गापा र आमाछोदिङ्मो गापा पुनः विच्छेद भएको छ । ठेकदार कम्पनी र सडक विभागलाई जति सक्दो चाँडो बेली वृज निर्माणमा मेसिन ल्याउन र काम गर्न प्रमुख जिल्ला अधिकारीमार्फत अनुरोध गरिएको छ । 





No comments:

Post a Comment