रसुवा, रसुवा र नुवाकोट जिल्लाको सङ्गमस्थल, पवित्र तथा प्रसिद्ध धार्मिक तीर्थस्थल उत्तरगयाधाम बेत्रावतीमा सोमबारदेखि सञ्चालित पितृमोक्ष महायज्ञमा विहीबार पूर्वयुवराज पारस शाहको उपस्थिति रहेको छ ।
शाहले उत्तरगयाधाममा पूजा-आराधना गरी धार्मिक आस्था प्रकट गर्नुभएको छ । गुरु गोरखनाथ पीठ सिद्धाञ्चल, मृगस्थली, काठमाडौँको आह्वानमा सञ्चालन भइरहेको यो महायज्ञ आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकालमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति तथा दिवङ्गत पितृहरूको मोक्षको कामना गर्ने पवित्र उद्देश्यका साथ यो महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

No comments:
Post a Comment