पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु



रसुवा, गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेसी स्थित खम्बाटारमा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

मगंलबारदेखि सुरु भएर ४ गते सम्पन्न हुने प्रतियोगितामा पालिका भित्रका विभिन्न ८ वटा विद्यालयको सहभागीता रहेको छ। खम्बाटार चौर मैदानमा विभिन्न ४ विधाका प्रतियोगितात्मक खेल सञ्चालन हुने छ।

पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले यस अन्य पालिकाको तुलनामा साच्चै पृथक तरिकाले संचालन गरेको पाइन्छ बताउनु भयो। खेलाडीलाई अनुशासनलाई ख्याल गरेर प्रतियोगितामा सञ्चालन हुने खेलमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। 

प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिने गाउँपालिका जनाएको छ । दोस्रो र तेस्रो हुने विद्यालयलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

साथै उक्त कार्यक्रमको समापन गर्दै पालिका प्रमुख कैसाङ नुर्पू तामाङले सुरुवात राम्रो भए संगै अन्त्य पनि उतिकै राम्रो हुने आशा रहेको र पालिकाद्वारा गर्न सकिने हरेक क्रियाकापहरू जुन विद्यार्थीहरुको लागि सधाबार राम्रो हुने छ त्यसमा लागि परेको बताउनु भयो। 



Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित