'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

पाँचौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि रसुवा माविलाइ


रसुवा, गोसाईकुण्ड गाउँपालिकाद्वारा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रसुवा माविले हात पार्न सफल भएको छ । 

पौष २ गतेदेखि ४ गतेदेिख  ३ दिनसम्म उक्त प्रतियोगिता सञ्चालन भएकाे थियो। बिहिबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेंशी  स्थित खम्बाटारमा  सम्पन्न पालिका स्तरिय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ का विभिन्न प्रतियोगिताहरुमा सहभागी भइ विद्यालयले ७ स्वर्ण ,६ रजत र ७ कास्य पदक प्राप्त गरी उपाधि अात परेकाे थियाे । 

त्यसैगरी नमुना एभारग्रिन इङलिस बोर्डिङ स्कुल ७ स्वर्ण २ रजत र ७ कांस्य सहित द्वितीय र हाईल्याण्ड आवासीय मावि ६ स्वर्ण ४ रजत र ७ कांस्य सहित तेस्रो भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री माननीय अमन कुमार मास्केले खेलकुदले युवाहरु माथि अनुशासन, समय ब्यबस्थापन र आत्मविश्वासमा यस्ले महत्पूर्ण भूमिका खेल्ने गरेको बताउनु भयो। युवाहरु वर्गहरुलाई लक्षित गर्दै उहाँले दर्शकको रूपमा मात्र सीमित नभई राष्ट्रको लागि उदाहारण भएर खेल्नु पर्ने बताए , 

गोसाइँकुण्ड केबल कार सञ्चालन गर्न का निम्ति मन्तीले महत्व दिन बताए । संघीय सरकारसंग आफ्नो तर्फबाट  समन्वय गर्ने र  साथ दिने प्रतिवद्धता जनाए । 












Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music