Posts

प्रदेश स्वास्थ्य मन्त्री किरण थापा रसुवामा

Image
  रसुवा,  बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले मंसिर १० गते बागमती प्रदेश सरकारकाे नेतृत्वमा रहेकाे स्वास्थ्य मन्त्रालयका टाेली सहित रसुवा भ्रमणमा रहेका छन् । टाेलीले रसुवाकाे सेवा प्रबाहकाे अवस्था बारे जानकारी लिएकाे छ । अस्पताल,जिल्ला जनस्वास्थ्य कार्यालय,आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकाे अनुगमन गरी यहाँकाे समस्यालाइ पहिलाे प्राथमिकतामा राख्ने समेत बताए । मन्त्री थापाले संघ, प्रदेश, स्थानीय तहकाे सहयोग र समन्वयकाे प्रयासलाई निरन्तरता सहित अनुगमनका क्रममा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाउने, कर्मचारी आवास गृह निर्माणलाई विशेष प्राथमिकताको साथ अगाडि बढाउने, अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयुक्त डिपिआर तयारी गर्ने बताए । उनले कर्मचारी आवास निर्माणको विषयमा मन्त्रीले विशेष प्राथमिकताका साथ निर्देशन समेत दिए । जिल्ला समन्वय समिति र स्थानीय सरकारले मन्त्रीकाे स्वागत गरेका थिए ।

न्यायीक समितिका तथा कर्मचारिहरुका लागि क्षमता अभिबृद्दि कार्यक्रम

Image
  रसुवा, न्यायीक समितिका तथा कर्मचारिहरुका लागि क्षमता अभिबृद्दि कार्यक्रम जिल्ला समन्वय समिति हलमा सम्पन्न भयाे । बागमती प्रदेश,आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा रसुवाका स्थानीय तहका जनप्रतिनिधि,न्यायीक समितिका पदाधिकारी र कर्मचारिहरुका लागि क्षमता अभिबृद्दि कार्यक्रम बागमती प्रदेश,आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज न्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हाे ।

सामुदायिक वन उपभोक्तासमूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण

Image
  रसुवा, डिभिजन वन कार्यालयको सहयोगमा “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम आमाछोदिङमो गाउँपालिका–५ थाम्बुचेतमा सम्पन्न भयो ।  आमाछोदिङमो गाउँपालिका–५ चिलिमेमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहहरू बिधी र नीति अनुसार समयमा बिधान तथा कार्ययोजना अनुरुप चल्नुपर्ने डिभिजनल वन अधिकृत शम्भु तामाङले बताउनुभयो । उहाँले समुहसँग वनका कुरा, समुहका मनका कुरा (सुन्ने, सुनाउने, मन्थन गर्ने, निचोडमा पुग्ने, कार्यान्वयन गर्ने, समीक्षा गर्ने) अभियान सुरु गरेको बताउनुभयो । यस अन्तर्गत समुहका अगुवाले अब समुहले गरेका राम्रो कुरा सुनाउने, कमजोरी केलाउने र समस्याको उजागर गर्ने पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो प्रस्तुतीमा समुहले बिधान र कार्ययोजना अनुरुप वार्षिक साधारणसभा, आय व्याय सार्वजनिक गर्ने तथा नियमित बैठक गरी नियमानुसार सञ्चालन हुनुपर्नेमा जोड्दिनुभयो ।  सव डिभिजन कार्यालय थाम्बुचेतका सन्तोष तिम्सिनाले सामुद...

वन क्षेत्र संरक्षण सम्बन्धमा वन, सुरक्षा बारे छलफल

Image
  रसुवा, डिभिजन वन कार्यालयमा वन सुरक्षा बारे छलफल भएकाे छ । जिल्ला न्यायाधीस भुवन सिं थापाको प्रमुख अथित्यतामा जिल्ला वन सुरक्षा समन्वय समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलकाे अध्यक्षतामा जिल्ला स्थित सुरक्षा निकायहरुको प्रमुखलगायत अन्य सरोकारवालाहरु समेतको सहभागितामा बैठक बसी वन क्षेत्र संरक्षण सम्बन्धमा डिभिजन वन, सुरक्षा निकायलगायत स्थानीयले खेल्नु पर्ने भूमिका बारेमा छलफल भएकाे डिभिजन वन कार्यालय रसुवाले जनाएकाे छ ।

खेलकुद विकास समितिका अध्यक्षमा बिराज

Image
रसुवा, जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्षमा बिराज लोप्चन नियुक्त भएका छन् । प्रदेश खेलुकद विकास परिषद हेटौडाको निर्णयले लोप्चनलाई अध्यक्ष पदमा ०८१ कार्तिक २८ गते नियुक्त गरेको हो ।  नेकोस रसुवाका अध्यक्ष समेत रहेका  कालिका गाउँपालिका-२ निवासी बिराजले जिल्ला स्तरमा लामाे समयदेखि खेलकुदका गतिबिधि अघि बढाउन निकै लागेका छन् ।   खेल क्षेत्रको प्रवर्द्धन र विकासमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने नव नियुक्त अध्यक्ष लोप्चनले बताए ।  बागमती प्रदेश खेलुकद विकास परिषद हेटौडाको निर्णयले लोप्चनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । परिषद्का सदस्य सचिव दिपक लामाले जिल्ला खेलकुद विकास समिति ललितपुरको अध्यक्षमा विनोद महर्जनलाई पनि नियुक्त गरेका छन् । उनकाे कार्यकाल ४ वर्ष रहने छ । 

सरकारी विद्यालयलाई बोर्डिङ सरह बनाउन लागेकी प्रधानाध्यापक शिला मगरको संघर्षपूर्ण यात्रा

Image
सरस्वती न्यौपाने गरे जे हुने एक उदारण देखिएकाे छ । नेपालको पहाडी गाउँहरूमा गुणस्तरीय शिक्षा प्राप्त गर्न बालबालिकाका लागि ठूलो चुनौती रहँदै आएको छ। तर, यो चुनौतीलाई अवसरमा बदल्न एक दृढ नारीले आफ्नो जीवनको सपना बनाइन्। त्यो नारी हुन्– शिला मगर ।  एक सरकारी विद्यालयकी प्रधानाध्यापक, जसले आफ्नो विद्यालयलाई अब्बल (बोर्डिङ स्कूल सरह) बनाउने अठोटका साथ ठूलो यात्रा तय गरिन् । कालिका गाउँपालिका -१ राम्चे स्थित एकमात्र विद्यालय हाे सेतीभूमे मावि यहाँका विद्यार्थी पढाइमा अघि बढ्दै  जिल्ला स्तरिय खेलहरूमा उत्कृष्ट प्रस्तुती गर्दै छन् । उनकाे प्रेरणले धेरैले जन्मदिनकाे अवसरमा सहयाेग पनि प्रदान गरेका छन् ।  चुनौतीहरूको सामना प्रअ शिला मगरको पहिलो कदम सरकारी विद्यालयमा प्रधानाध्यापकको रूपमा नेतृत्व लिएर जब उनले हात हालिन्, तब विद्यालयको अवस्था अत्यन्तै कमजोर थियो। विद्यार्थीहरूको संख्या कम, शिक्षकहरूमा प्रेरणाको अभाव र शैक्षिक गुणस्तर न्यून थियो। स्थानीय समाजमा सरकारी विद्यालयहरूलाई ‘गुणस्तरहीन’ को रूपमा लिइन्थ्यो । जहाँ अभिभावकहरूले आफ्ना बालबालिकालाई पढाउन उत्साहित हुँदैनथे। धेरैजसो ...

प्रगति समीक्षा तथा ९ औं जिल्ला सभामा रसुवा दर्पण विमाेचन

Image
  रसुवा, जिल्ला समन्वय समिति रसुवाकाे जिल्ला वस्तुगत विववरण ( जिल्ला पाश्वचित्र )  रसुवा दर्पण काे एक कार्यक्रममा विमाेचन भयाे ।   जिल्ल समन्वय समिति रसुवाकाे प्रगति समीक्षा तथा ९ औं जिल्ला सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्यलगायतले विमाेचन गरेका हुन् ।  जिल्लाका वस्तुगत विवरण संकलन गरी प्रकाशन भएकाे  रसुवा दर्पणले जिल्ला परिचय, पाँचवटै गाउँपालिकामा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्र, कला, संस्कृति, जलसम्पदा, कृषि , उद्यम, वन तथा वातावरण, स्वाथ्य, शिक्षा, खेललगायत क्षेत्रकाे सूचना समेटेकाे छ ।  जिल्ला वस्तुगत विववरण (जिल्ला पाश्वचित्र)  रसुवा दर्पण मानवअधिकार तथा सामुदायिक विकास स्राेत केन्द्र रसुवाले सहजिकरण गरेर प्रकाशन गरी असास मसान्तमा हस्तान्तरण गरेकाे थियाे ।  सभामा जिल्लाकाे समृद्धिका लागि सवैले हातेमालाे गर्न आवश्यक रहेकाे बताउँदै प्रमुख अतिथि आचार्यले नाैकुण्ड खानेपानी लामाे समयदेखि नीतिगत अल्झनमा परेकाेले सवै मिलेर पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।  कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा ए...

नौ वर्षपछि विद्यालय भवन सिलान्यास

Image
रसुवा, कालिका गाउँपालिका–५ जिवजिवेमा रहेको निलकण्ठ नमुना मावि भवन भवन निर्माण सुरु भएको छ । भूकम्पले ध्वस्त भएको ९ वर्षपछि मित्रराष्ट्र चिन सकारले विद्यालय भवन निर्माण सुरु गरेको हो ।  प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथि मोहन आचार्यले उक कार्यक्रमका बीच उक्त भवनको सिलान्सास गरेका हुन् । जग्गा खोजेर अस्थायी कक्षा कोठा निर्माण गरेपछि पुरानो विद्यालय भवन भत्काएर निार्माण सुरु भएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए ।  ‘टिएलसी (अस्थायी कक्षाकोठा) पनि भत्केपछि पुनःजस्तापाताले बारेर निकै दुःख गरेर पढाइयो बल्ल नयाँ भवन बन्ने भो प्रअ देवकोटाले भने यसमा चीन सरका तथा सवै सरोकारवालाहरूले साथ दिएका छन् ’।  यो विद्यालय सहित देशभरका १० विद्यालय निर्माण गर्ने गरी आव ०६८÷०६९मा संझौता भएको थियो । तर एक दशकसम्म विद्यालय निर्माण नहुँदा पठन पाठनमा समस्या परेको थियो । ढिलै भएपनि गुणस्तरिय तथा सुविधा सम्पन्न ६० कोठा भएको विद्यालय भवन निर्माण हुने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कालिका ५ का वडा अध्यक्ष सन्दिप पौडेलले बताए । ७ रोपानी जग्गामा चीन सरकारले ८८ करोड रु...

चाडपर्व लक्षित गरी बजार अनुगमन

Image
रसुवा, संयुक्त बजार अनुगमन टोलिले चाडपर्व लक्षित गरी बजार अनुगमन गर्दा ५ वटा पसललाई कारवाही गरेको छ ।चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव,कालोबजारी,मूल्यवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न , अनुगमन गरिएको हो।  बजार टोलिले खाद्यान्न पसलहरुलाई संयुक्त बजार अनुगमन टोलिले संयुक्त बजार अनुगमन टोलीद्धारा रसुवाको कालिका गाउँपालिकाका १४  वटा पसलको अनुगमन क्रममा ५ वटा पसललाई कारवाही गरेको हो । अनुगमनको क्रममा कालिका गाउँपालिकाका वडा नम्वर २ र ५ वडाको  १४ वटा पसलहरुमा अनुगमन हुँदा ५ वटा पसलहरुलाई कैफियत देखिएकोले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको नेतृत्वमा बजार अनुगमन भएको थियाे । धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाण पत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको रसुवाका सहायक प्रमुख जि...

कानूनले निधेष गरेका गतिविधि नगर्न आग्रह

Image
रसुवा,  जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालीको महान् चाड तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्व २०८१ मनाउँदा कानूनले निधेष गरेका गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ ।  समाजमा हुन सक्ने बिकृति राेकेर शान्ति सुरक्षा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सूचना प्रकाशन गरेर चाडपर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न सूचना जारी गरेको बताए । जिल्ला प्रशासनले चाडपर्वमा शान्तिसुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने,भुइँचम्पा, पटाका, आतसबाजीजस्ता विपत् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरण गर्नेजस्ता कार्य नगर्न–नगराउन अनुरोध गरेको छ ।  कानुनले निषेध गरेका गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख छ । साथै, देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम्...

एकमहिना पछि रसवागढी नाका खुल्याे

Image
  रसुवा,  एक महिनादेखि बन्द भएकाे रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ।  गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिकै पहिरो जाँदा सडकमा पहिरोले  क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो।  अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ। अब गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले हिजो टेलिफोनमार्फत् जानकारी दिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो । यसैगरी अविरल वर्षाको कारण पहिरोले अवरुद्ध भएकोमा पहिरो हटाई स्याफ्रुवेशी-टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानहरूमा एकतर्फी रूपमा सवारी सुचारु रहेको कार्यालयले जनाएको छ। 

सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल

Image
  रसुवा, रेडप्लस अन्तर्रगत लिफ उत्सर्जन न्युनिकरण का लागि सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।  कार्यक्रममा रसुवाकाे पाँचवटै गाउँपािलकाबाट मध्यवर्ती तथा सामुदायिक वन सउभाेक्ता समुहरूहरू, स्थानीय महासंङ्घ र जिल्ला महासंङ्घकाे सहागित रहेकाे थियाे ।  कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, सामुदायिक वन उपभाेक्ता महासंङ बागमती प्रदेश समिति अध्यक्ष बिनाेद सापकाेटालगायतले मन्तब्य दिएका थिए ।   जिल्लाका सामुदायिक वन उपभाेक्ता समुहका प्रतिनिधिहरूले सूचित सहमति बारे निर्णय  समेत भयाे । 

वन डढेलाे व्यवस्थापन बारे छलफल

Image
  रसुवा, वन डढेलाे व्यवस्थापन तालिम पुस्तिकामा पृष्ठपाेषण संकलन तथा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र फरेष्ट एक्सन नेपालकाे समन्वयमा सामुदाियक वन उपभाेता समुहहरूकाे सहभागीहरूले सुझाव दिएका थिए ।  प्राधिकरणका लक्ष्मण बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्राधिकरणका वातावरण निरिक्षक िरना चाैधरी, अष्ट्रेलियाका २ नागरिकले सहजिकरण गरेका थिए ।  सामुदाियक वन उपभाेता समुहहरूका सहभागीहरू , सामुदायिक वन उपभाेक्ता महासंङघ, नेपाली सेना , नेपाल प्रहरी लगायत सुरक्षा निकाय सहभागी थिए । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकाेटा लगायतका सराेकारवालाहरूले सुझाव दिएका थिए । 

रसुवाकाे बिर्ता सवालबारे छलफल

Image
रसुवा,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीको उपस्थितिमा भूमिघर कालिकास्थानमा विर्ता पीडित किसान एवं सरोकारवालाबीच बिर्ता समाधानबारे छलफल भयो । छलफलमा ११५ जना सहभागी भएका थिए ।  तत्कालिन राजा पृथ्वी नारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जितेपछि आफुसँगै गएका सहयोगीलाई किसानकै जग्गा विवरण गरी सुरुवात भएको विर्ता प्रथा अहिलेसम्म पनि बाँकी रहँदा किसानहरुले दुःख पाइरहेका छन् ।  रसुवाको तीन वटा गाउँपालिकाको ७ वडाका ७१८ परिवारले जोतभोग गरेका करिव २३८९ रोपनी जग्गा विर्ता अन्तर्गत छ । लामो समयदेखि लालपुर्जा लिनको लागि सङ्घर्ष गरिररहेका किसानहरुले जोतभोगको आधारमा लालपुर्जा दिन माग राखेका छन् । किसानका समस्या यथासक्य समाधान गरिदिन जिल्लास्थित राजनीतिक दल, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरूले पनि माननीय मन्त्रीलाई अनुरोध गरेका छन् ।  किसानहरुसँग छलफल गर्दै माननीय मन्त्री बलराम अधिकारीले भन्नुभयो, वर्तमान कानुनले रसुवा र नुवाकोटमा बाँकी रहेको विर्ता समस्या समाधान विर्तासम्बन्धी कानुन संशोधन वा निर्माण गरेरै भएपनि किसानलाई यो समस्याबाट छुट्कारा द...

मजदुरीकाे पारिश्रमिक घटाएपछि हाइड्रोपावरको कार्यालयमा तोडफोड

Image
रसुवा, उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरूले पाउँदै आएको सेवा सुविधा कटौती गरेपछि सो को विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि हड्ताल गरी कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ ।  मजदुरीकाे पारिश्रमिक घटाएपछि विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली(वान हाइड्रोपावरको काम ठप्प भएकाे हाे ।  नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माणका काम रोकिएको हो । यहाँ १ हजार २ सय बढि मजदुर कार्यरत छन् ।  कोरियन साझेदार कम्पनी कोरिया ईनर्जी सहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू...

हिमालकाे पानी डलरकाे खानी

Image
  रसुवा ,  पृथ्वीको गर्भबाट आउने पानी आफैंमा शुद्ध हुन्छ। भूगर्भबाट बाहिर आउने क्रममा वा मूलबाट निस्केपछि  मानिस तथा अन्य कारण पानी अशुद्ध हुने गर्छ तर हिमाली क्षेत्रमा रहेको दुर्लभ पानी प्राकृतिक रूपमै सधैं  द्धहुन्छ।  यहाँको पानीलाई शुद्ध बनाउन कुनै उपचार गर्नु पर्दैन। आफैंमा शुद्ध भएकाले कम्पनीले फिल्टर गरेर राम्रोसँग प्याकिङ गर्छ। यही पानी अमेरिक, जापान, कोरिया, मलेसियालगायतका धेरै मुलुकमा पुग्छ। यसबाट विदेशी मुद्रा आर्जन गरी मनग्य कमाउने लक्ष्यका साथ रसुवामा स्थापना भयो हिमालयाज अनटप नामको मिनरलबाटर कम्पनी। यो मात्र होइन, यहाँ रहेका ३ वटै पानी कम्पनीले विदेशका बजारमा बेच्ने लक्ष्य राखेका छन्। यहाँको पानी चिनियाँँ बजारमा लोकप्रिय हुँदै आएको छ।  धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालिका प्रमोदकुमार देव भन्छन्, ‘हिमालयाज अनटप नामक बोतल छन्। कोरियाली लगानीमा स्थापित यस कम्पनीले हिमालयाज अन टप ब्रान्डको पानी उत्पादन गर्नेछ। ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।’ यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय नि...

संविधान दिवस २०८१ मा दिपावली

Image
रसुवा, संविधान दिवस तथा राष्ट्रिय  दिवस २०८१ को अवसरमा अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र नेपाल विध्यार्थी संघ संयुक्त रुपमा कालिकास्थानमा दिपावली तथा काेण सभा गरे ।  संविधान दिवसका अवसरमा असाेज ३ गते साँझ दिपावली तथा सभामा अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्द्ब रिजाल, नेपाली काङ्ग्रेस कालिका गाउँपालिका सभापति ज्ञानु तमाङलगायत विद्यार्थी नेताहरूले आफ्नो बिचार राखेका थिए । 

सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान

Image
रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे ।  कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए ।  प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा  स्वयंसेवी शतक रक्तदाता  प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।  “रसुवा” शीर्षककाे कबिता  नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे ...

रसुवाको पानी तेस्रो मुलुकमा निर्यात गर्न सक्छ : मन्त्री यादव

Image
खानेपानी मन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताएका हुन् ।   विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै उनले भने, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।” त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने, “म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । 

आक्रमणकाे घटना उपर कारबाही नभएकाे गुनासाे

Image
रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालमाथि शिबपुरीमा  आक्रमण  भएकाे घटनामा प्रहरीले कारबाही नगरेकाे गुनासाे गरेका छन् ।  काठमाण्डाैबाट फर्कने क्रममा भदाै १८ गते नुवाकाेटकाे  शिबपुरीमा  आक्रमण  भएकाे घटनाकाे जाहेरी साेही दिन  बालाजु प्रहरी बृतमा निवेदन दिएकाे तर कारबाही नगराउन नेताहरू सक्रिय रहेकाे बरालले बताए ।  धम्की तथा  आक्रमण  पछि  वार्डेन बरालले रसुवाका उत्तम थापा र लक्ष्मण देवकाेटा लगायत बिरूद्ध किटानी जाहेरी दिए पनि जिल्लाका प्रतिनिधि सभा सदस्य माेहन  आचार्य, प्रदेश सभा सदस्य प्रभात लामा लगायतका नेपाली काग्रेसका नेताहरू  कारबाही नगर्न प्रहरीमा पुगेका थिए । प्रहरीले भने घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।    "  साे दिन ज्यान लिने गरी  आक्रमण  गरेका थिए । गाडीकाे स्पीड बढाएर मात्र बचें शुरक्षाका लागि बालाजु प्रहरीमा किटानी जाहेरी दिए पनि जिल्लाका सांसद र नेताहरू प्रहरीमा पुगेकाे थाहा पाएकाे छु  "   वार्डेन बरालले भने ।  आक्रमण गर्ने पत्ता लगाउन तथा काहबाहीमा ढिल...