ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, October 29, 2024

कानूनले निधेष गरेका गतिविधि नगर्न आग्रह




रसुवा,  जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालीको महान् चाड तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्व २०८१ मनाउँदा कानूनले निधेष गरेका गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ । 

समाजमा हुन सक्ने बिकृति राेकेर शान्ति सुरक्षा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सूचना प्रकाशन गरेर चाडपर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न सूचना जारी गरेको बताए ।

जिल्ला प्रशासनले चाडपर्वमा शान्तिसुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने,भुइँचम्पा, पटाका, आतसबाजीजस्ता विपत् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरण गर्नेजस्ता

कार्य नगर्न–नगराउन अनुरोध गरेको छ । 

कानुनले निषेध गरेका गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख छ । साथै, देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न र गराउन सबै सरोकारवालालाई अनुरोध गर्दै कोही, कसैले कुनै नराम्रो गतिविधि गरे–गराइएको पाइएमा नजिकैको प्रहरीचौकी वा टेलिफोन नम्बर १०० मा जानकारी दिन प्रशासनले अनुरोध गरेको छ ।


No comments:

Post a Comment