'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

सामुदायिक वन उपभोक्तासमूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण


 

रसुवा, डिभिजन वन कार्यालयको सहयोगमा “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम आमाछोदिङमो गाउँपालिका–५ थाम्बुचेतमा सम्पन्न भयो । 

आमाछोदिङमो गाउँपालिका–५ चिलिमेमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहहरू बिधी र नीति अनुसार समयमा बिधान तथा कार्ययोजना अनुरुप चल्नुपर्ने डिभिजनल वन अधिकृत शम्भु तामाङले बताउनुभयो । उहाँले समुहसँग वनका कुरा, समुहका मनका कुरा (सुन्ने, सुनाउने, मन्थन गर्ने, निचोडमा पुग्ने, कार्यान्वयन गर्ने, समीक्षा गर्ने) अभियान सुरु गरेको बताउनुभयो । यस अन्तर्गत समुहका अगुवाले अब समुहले गरेका राम्रो कुरा सुनाउने, कमजोरी केलाउने र समस्याको उजागर गर्ने पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो प्रस्तुतीमा समुहले बिधान र कार्ययोजना अनुरुप वार्षिक साधारणसभा, आय व्याय सार्वजनिक गर्ने तथा नियमित बैठक गरी नियमानुसार सञ्चालन हुनुपर्नेमा जोड्दिनुभयो । 

सव डिभिजन कार्यालय थाम्बुचेतका सन्तोष तिम्सिनाले सामुदायिक वनको परिचय र तथा विकासक्रम बारे प्रस्तुती गर्नुभयो । उहाँले सामुदायिक वन समुह गठन तथा परिचालन र हस्तान्तरण प्रक्रिया बारे बताउदै वन विकासका लागि गर्नुपर्ने खर्च र नीतिगत व्यवस्था बारे बताउनुभयो । 

डिभिजन वन कार्यालयका लेखापाल दिलिपकुमार दासले सामुदायिक वनको आर्थिक कार्यबिधि बारे प्रस्तुति गर्नुभयो । उहाँले वन समुहले हर हिसाव सार्वजनिक गर्नुपर्ने तथा सरकारी नीतिगत व्यवस्था बारे बताउनुभयो । उहाँले कोष तथा खाता सञ्चालन बिधि, लेखा प्रणाली तथा प्यान नं लिने, बजेट तथा कार्यक्रम स्विकृति, आर्थिक बिबरण तथा लेखा परीक्षण र वन नियमावली २०७९ अनुसार वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने बारे सहभागीहरुलाई सहजिकरण गर्दै जानकारी दिनुभयो । 

कार्यक्रममा वनलाइ जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक प्रतिवेदन, साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय रसुवाको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवा र आमाछोदिङमो स्थानीय महासंघको समन्वयमा भएको छलफलमा सामुदायिक वन उपभोक्ता समुहको सुशासनका लागि समयमा प्रतिवेदन, वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने, समुहमा लेखा परीक्षणको महत्वलगायत विषयमा सामुदायिक वन उपभोक्ता महासंघका हेमनाथ खतिवडाले जानकारी दिए । 

कार्यक्रममा सहभागीहरु चितोङ लामा, लायुल तामाङ काले तामाङ, निमाबाङ्मो तामाङ, निमादर्के तामाङ, बिरेन्द्र घले, स्थानीय महासंघका दुकर तामाङलगायतका सहभागीहरुले वन व्यवस्थापनमा देखा परेका समस्या हल हुन नसकेकाे, वन डँडेलो नियन्त्रण, उद्यम र सीप तथा क्षमता अभिबृद्धि, बृक्षरोपण तथा संरक्षणको काममा सहयोग गर्नुपर्ने बताएका थिए । 



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music