'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

प्रगति समीक्षा तथा ९ औं जिल्ला सभामा रसुवा दर्पण विमाेचन

 


रसुवा, जिल्ला समन्वय समिति रसुवाकाे जिल्ला वस्तुगत विववरण ( जिल्ला पाश्वचित्र ) रसुवा दर्पणकाे एक कार्यक्रममा विमाेचन भयाे ।  

जिल्ल समन्वय समिति रसुवाकाे प्रगति समीक्षा तथा ९ औं जिल्ला सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्यलगायतले विमाेचन गरेका हुन् । 

जिल्लाका वस्तुगत विवरण संकलन गरी प्रकाशन भएकाे  रसुवा दर्पणले जिल्ला परिचय, पाँचवटै गाउँपालिकामा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्र, कला, संस्कृति, जलसम्पदा, कृषि , उद्यम, वन तथा वातावरण, स्वाथ्य, शिक्षा, खेललगायत क्षेत्रकाे सूचना समेटेकाे छ । 

जिल्ला वस्तुगत विववरण (जिल्ला पाश्वचित्र) रसुवा दर्पण मानवअधिकार तथा सामुदायिक विकास स्राेत केन्द्र रसुवाले सहजिकरण गरेर प्रकाशन गरी असास मसान्तमा हस्तान्तरण गरेकाे थियाे । 


सभामा जिल्लाकाे समृद्धिका लागि सवैले हातेमालाे गर्न आवश्यक रहेकाे बताउँदै प्रमुख अतिथि आचार्यले नाैकुण्ड खानेपानी लामाे समयदेखि नीतिगत अल्झनमा परेकाेले सवै मिलेर पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा एमालेका नेता प्रेम तामाङ, संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकाल , बागमती प्रदेश सभा सदस्य प्रमात लामा, इन्द्र गाैतम, प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेल जिल्ला समन्वय समित नुवाकाेटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, जिल्ला समन्वय समित काभ्रेपलान्चाेकका प्रमुख दिपक गाैतम, जिल्ला समन्वय समित रसुवाका प्रमुख अशाेक कुमार घिमिरे, नेपाली काँग्रेसका जिल्ला सभापति पेम्बा तामाङ, नेकपा एमालेका नेता उद्धव रिजाल, नेकपा माओवादी केन्द्रमा संयाेजक फुर्पु तेन्जेत तामाङलगायतले मन्तब्य दिएका थिए । 

सभामा उत्कृष्ट गाउँपालिकाकाे रूपमा उत्तरगया गाउँपालिका तथा उत्कृष्ट कर्मचारीहरूलाइ सम्मान गरिएकाे थियाे । 


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music