ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, October 29, 2024

चाडपर्व लक्षित गरी बजार अनुगमन


रसुवा, संयुक्त बजार अनुगमन टोलिले चाडपर्व लक्षित गरी बजार अनुगमन गर्दा ५ वटा पसललाई कारवाही गरेको छ ।चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव,कालोबजारी,मूल्यवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न , अनुगमन गरिएको हो। 

बजार टोलिले खाद्यान्न पसलहरुलाई संयुक्त बजार अनुगमन टोलिले संयुक्त बजार अनुगमन टोलीद्धारा रसुवाको कालिका गाउँपालिकाका १४  वटा पसलको अनुगमन क्रममा ५ वटा पसललाई कारवाही गरेको हो ।

अनुगमनको क्रममा कालिका गाउँपालिकाका वडा नम्वर २ र ५ वडाको  १४ वटा पसलहरुमा अनुगमन हुँदा ५ वटा पसलहरुलाई कैफियत देखिएकोले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको नेतृत्वमा बजार अनुगमन भएको थियाे ।

धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाण पत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिए । 

अनुगमनको क्रममा कारवाई र जरिवाना गरिएको पसलहरु ढकाल किराना पसल ५०००, उजित किराना पसल ५०००, भोर्ले जिवजिवे साना किसान सहकारी संस्था ५०००, कृष्ण एग्रो कन्सर्न ५०००, रविन्द्र किराना पसल ५०००, 

संयुक्त बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय रसुवा, कालिका गाउँपालिकाका उपाध्यक्ष मिरा तामाङ, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रतिनिधि,उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरु एवं सन्चारकर्मीलगायतको सहभागिता रहेको थियोे ।

No comments:

Post a Comment