ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, October 31, 2026

स्वास्थ्यकर्मीहरूको क्षमता विकास अभिमुखीकरण सम्पन्न

 


बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान तथा प्रेषण सम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रम २०८३ कात्तिक १४ गते विदुर नगरपालिका–४, नुवाकोटमा सम्पन्न भयाे । 

सिविन नेपालको आयोजना तथा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालित कार्यक्रममा ४६ जना सहभागी मध्ये ३४ महिला र १२ पुरुष थिए।  अभिमुखीकरणमा विभिन्न स्वास्थ्य संस्थाका ३८ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको कार्यक्रममा मानसिक स्वास्थ्य समस्या, तनाव, चिन्ता, डिप्रेसन, प्रारम्भिक पहिचान, मनोसामाजिक परामर्श तथा प्रेषण प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।

क्लिनिकल साइकोलोजिस्ट डा अञ्जन ढकाल तथा मनोचिकित्सक डा. भीष्म के.सी. र डा. शुभा श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा कान्ति बाल अस्पतालमार्फत टेलिपरामर्श तथा फलोअप सेवाको व्यवस्था बारे समेत जानकारी दिइएको थियो।




No comments:

Post a Comment