ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, November 9, 2026

जलवायु न्यायको माग गर्दै कला प्रदर्शन, बाढीबाट प्रभावितकाे अवस्था र पीडालाई कलाकारहरूले क्यानभासमा उतारे

 

बिदुर, राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप ३१)  टर्कीमा भईरहेकाे छ । यस सन्दर्भमा नुवाकाेटका नागरिक समाजले शब्द तथा चित्रमार्फत विश्व समुदाय सामु ध्यानाकर्षण गराएका छन्।

टर्कीको आन्ताल्यामा सोमबार कोप–३१ सुरु भएको अन्तर्राष्ट्रिय बहससँग स्थानीय समुदायको पीडा जोड्दै आयोजित कला प्रदर्शनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको अवस्था, जलवायुजन्य जोखिम र न्यायपूर्ण पुनर्निर्माणको आवश्यकतालाई विश्व समुदायसमक्ष पुर्‍याउने सन्देश दिएको छन्र । 

नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाटमा जलवायु न्यायको माग गर्दै कला प्रदर्शन गरिएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र बाढीपछिको पीडालाई कलाकारहरूले क्यानभासमा चित्रमार्फत उतार्दै विश्व समुदाय सामु ध्यानाकर्षण गराएका हुन् ।

गैरसरकारी संस्था महासंघको आयोजनामा जालपा नदी किनार देवीघाटमा आयोजित कार्यक्रममा कलाकारहरूले बाढीले निम्त्याएको विनाश, प्रभावित समुदायको पीडा र पुनर्निर्माणका चुनौतीलाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए। कला प्रदर्शनमार्फत जलवायु परिवर्तनका असर भोगिरहेका समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले संघीय सरकारले बाढी प्रभावितकाे घाउमा मलम नलगाएकाे र स्थानीय सरकारकाे पनि हात बाँधेकाे बताए । बिभन्न परिपत्रले काम गर्न राेकेकाेले काम गर्न नीतिगत अप्ठ्याराे भएकाे उनले बताए । 

कार्यक्रमको शुभारम्भ बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले गरेका थिए। कार्यक्रममा विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, गैरसरकारी संस्था महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, नुवाकोटका अध्यक्ष लोचन भट्टराईलगायतले जलवायु न्यायको पक्षमा आवाज उठाएका थिए। साे कार्यक्रममा नागरिक समाजका विष्णुराज नेपाल, सन्ताेष खनाल, राजु आचार्य, राजकुमार आचार्य, भगवान राना मगर, विकल श्रेष्ठ, पवन गाैतमलगायत सहभागी थिए । 

वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुक र यहाँका समुदायले प्राकृतिक विपद्का गम्भीर असर भोग्नुपरेको बताए। अव्यवस्थित पुनर्निर्माण तथा औद्योगिक क्रान्तिबाट सिर्जित वातावरणीय प्रभावले जलवायुजन्य जोखिम थप जटिल बनाएको उनीहरूको भनाइ थियो।

जलवायुजन्य विपद्बाट प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका लागि ऋणको सट्टा अनुदान उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। जलवायु संकटमा जिम्मेवार पक्षले क्षतिको उचित सम्बोधन गर्दै प्रभावित समुदायलाई न्याय दिनुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा ‘ऋण होइन, अनुदान चाहिन्छ’, ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘हामीलाई न्याय अहिले चाहिन्छ’ भन्ने नारासहित जलवायु न्यायको आवाज उठाइएको थियो।

बिदुर नापा-५  जालपा नदि किनार देवीघाटमा कलाकारहरूले क्यानभासमा बाढी पछिकाे परिदृष्य चित्रमा उतारे । गैसस महासंघ नुवाकोटको आयाेजनामा शुभारम्भ भएको कार्यक्रम बेलकाेटगढी नपा उपप्रमुख शिव दाहाल, बिदुर ५ का वडा अध्यक्ष लीलनाथ न्यौपाने गैसस महासङ्घ रसुवाका अध्यक्ष  हेमनाथ खतिवडा, नुवाकोट अध्यक्ष लाेचन भट्टराई लगायतले जलवायु न्यायकाे आवाज उठाउदै अस्वस्थ पुननिर्माण र औद्यौगिक क्रान्त्रिका कारण प्रकाेप व्यहोर्नुपरेको बताए । 




No comments:

Post a Comment