रसुवा, गोसाइकुण्ड गाउँपालिका –२ टिमुरेका बिस्थापितहरू ०८३ कार्तिक ३० गते जन्मभूमि फर्केका छन् ।
टिमुरेका बिस्थापितहरू स्थानीय कामीनुर्पु तामाङको नेतृत्वमा खैदी जाँदै गरेको सहभागीहरूले बताएका छन् । काठमाण्डौ स्थित स्वयम्भु मुस्ताङ गोम्बामा बस्दै आएकोमा उक्त समूह सुरक्षित स्थान पहिचान गरी पैदल मार्ग निर्माणका लागि जन्मभूमि फर्केको तामाङले बताए।
“भोटेकोशी बाढीका कारण सडक तथा पुल बाढीले बगाएकोले सबै आधारभूत सामान लैजान पैदल मार्ग समेत अभावले आवातजावत र सामान ओसारपसारमा निकै कठिन हुने गरेको छ । त्यसैले हामी सबैले मिलेर पैदलमार्ग निर्माण गर्न लागेका छौं ।” तामाङले भने “अब त्यहाँ हामीसँग कुनै पनि आधारभूत कुरा हुँदैन । बाटो बनाउँदै खैदी पुगेर अस्थाइ आवास निर्माण गर्न र खाद्यान्नको व्यवस्थापन गर्न समेत अभाव हुने हुनाले सहयोगी दातासँग समन्वय गरिदिनुपर्यो ।”
गोसाइकुण्ड गाउँपालिका –२ टिमुरे गाउँका १ सय १८ विस्थापित घरधुरी मध्ये तत्कालका लागि ७५ घरधुरीका एक/एक जना मात्रै टिमुरे फर्केका हुन् । उनीहरू पैदल बाटोलगायत आधारभूत व्यवस्थापनका लागि केही अगुवा मात्र फर्केका हुन् । “हामी थातथलो फर्कन तयार छौँ । हामी जन्मभूमिमा गएर हिजोको परम्परा, संस्कृति र रीतिरिवाज जोगाउनु छ । छिटोभन्दा छिटो फेरि रसुवागढी नाकालाई बनाउनुपर्नेछ । हामी त्यसैका लागि फर्कन चाहन्छौँ, स्थानीय फुर्पुदोर्जे ङलेले भने , सदैव यसरी होल्डिङ सेन्टरमा बसेर सम्भव भएन ।”
उक्त क्षेत्रमा रसुवा भसार, मितेरी पुल, विद्यालय, गोम्वा, लगायत सरकारी तथा निजी संरचना क्षति भएका छन् । मुस्ताङ गोम्बामा २ सय ७ जना पुरुष, २ सय ४ जना महिला गरेर ४ सय ११ जना आश्रित छन् । तीमध्ये १ सय ७१ जना बालबालिका र ८० जना जेष्ठनागरिक रहेका छन् ।


No comments:
Post a Comment