रसुवा, कालिका गाउँपालिका -५ मा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् ।
सोमबार बिहान ७:३० बजे बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेर कालिका गाउँपालिका -५ जिवजिवेका ५० वर्षका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका -५ खाल्चेतका ६० वर्षका मान बहादुर थिङ घाइते भएका हुन् । थिङलाइ जिवजिवेबाट खाल्चेत जाने बाटोमा जङ्गलीभालुले आक्रमण गरेर घाइते भएको लाङटाङ राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठले बताइन् ।
थिङको शरीर भरी चोट लागेको छ । घाँटी, टाउको र देब्रे कान नै चुढिएकाे गजुरेल गम्भीर घाइते देखिएको र जिविजिवे ग्रामीण अस्पतालमा उपचार गरी थप उपचारका गरी गँजुरेललाई भने गम्भीर घाईते भएका कारण हेलिकाेप्टरबाट उपचारका लागि काठमाडाै पाठाइएकाे छ ।

0 Comments :
Post a Comment