ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, November 15, 2026

भोटेकोशी बाढी प्रभावितको न्याय र पुनर्वासका लागि सरोकार समिति गठन

 


​रसुवा, गत भाद्र १० गते आएको भोटेकोशी बाढीबाट प्रभावितकाे भेलाले प्रभावित नागरिकहरूको हक, अधिकार र स्थायी पुनर्वासको माग गर्दै उत्तरगया गाउँपालिका- ५, बेत्रावतीमा ०८३ कार्तिक २९ गते एक साझा सरोकार समिति गठन गरिएको छ । 

स्थानीय विप्लव खड्काको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएकाे हो । ​समितिको सह-संयोजकमा दिलकृष्ण श्रेष्ठ र सचिवमा लेखनाथ अधिकारी चयन भएका छन् । बाढीका कारण घर, जग्गा, व्यवसाय तथा आफ्नो सम्पूर्ण गाउँबस्ती नै गुमाएका मैलुङ, पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायत आसपासका प्रभावित समुदायलाई समेटेर समिति निर्माण गरिएको हो । प्रभावितहरूले निजि आवास, जिविकोर्पाजन तथा साँस्कृितक पुनर्निर्माणको विषयमा छलफल गरेका थिए । 

​बाढीबाट प्रभावितहरूकाे न्याय, उचित क्षतिपूर्ति, दीर्घकालीन स्थायी पुनर्वास तथा प्रभावित नागरिकहरूको हकअधिकारको सुनिश्चिता गराउन सामूहिक रूपमा दबाब सिर्जना गर्ने मूख्य उद्देश्यले समिति गठन गरिएको जनाइएको छ ।                                                                                                                                            

विपद्को यस कठिन घडीमा पीडितहरूका आवाजलाई एकताबद्ध गरी राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भेलाबाट बिभिन्न सराेकारवालाहरूसँग समन्वय गरी ३ दिन भित्र जिल्ला प्रशासन रसुवा, बागमती प्रदेश सरकार र स्थानीय सरकारमा ज्ञापन-पत्र बुझाउने र उत्तरगया गाउँपालिकामा रहेका पाँच वटै वडाका प्रभावितहरू समेटेर संगठित हुने निर्णय भएकाे सहसंयाेजक दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।   



No comments:

Post a Comment