ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, August 9, 2023

महाराज हुन् धुसेनीका भूमे

 
धुसेनीका भूमे महाराजा

रसुवा चिनाउँदै 'जाँउ घुम्न रसुवा'

साउन २४, रसुवा । लोकगायक रेशम थापा, रामकुमार देवकोटा र पार्वतीको कार्कीको स्वरमा रहेको गीत 'जाँउ घुम्न रसुवा' सार्वजनिक भएको छ । शब्द तथा लय गायकद्वय रेशम थापा र रामकुमार देवकोटा रहेको छ भने रामकुमार देवकोटा र भीम बगालेको संगीत रहेको छ । रेशम थापाको अफिसियल युट्युब च्यानलबाट २३ जुन २०२३ मा सार्वजनिक भएको हो ।

 

Monday, August 7, 2023

आमालाई सम्झदै 'गाजली गाथा' लेखे अम्बीरले

एक कार्यक्रमका बीच लोकार्पण गरियो गाजलीगाथा

भैरव रिसालको लेख 'बेत्रावतीमा घुँडा टेक्दा'

 बेत्रावतीमा घुँडा टेक्दा 

बेत्रावती सन्धिको नालीबेली

नेपाल र भोट/चीन युद्ध अन्त्य गर्न सन्धिका लागि वार्ता भयो । बेत्रावती नदीको किनारमा सन्धि भएको हुँदा बेत्रावती सन्धि भनियो । सन्धिमा ६ दफा छन् । सम्झौता अनुसार तिब्बतको मठबाट नेपाली फौजले लुटेर ल्याएको सम्पत्ति फिर्ता गर्नुपर्‍यो । नेपाल र भोटबीच मतभेद भए समाधानका लागि दुवैले ल्हासास्थित चिनियाँ सम्राटका प्रतिनिधि अम्बा लाई अनुरोध गर्ने दफा पनि राखियो ।

Sunday, August 6, 2023

डा. सत्यराज थपलियाको आँखामा रसुवा


रसुवा 

डा. सत्यराज थपलिया
थानसिङ, नुवाकोट 

हाम्रो राम्रो रसुवाको माथि लेकतिर

सुन, सेता हिमाल छन् तल तारेभिर ।

सिरिरिरी स्याँठ चल्छ, हुन्छ ज्यादै जाडो

पैदल नै हिँड्नुपर्छ, उकालो र ठाडो ।।

 

हेमन्तमा घाम लागे पनि हुन्न तातो

वसन्तमा लालीगुँरास फुल्छ भई रातो ।

कोइरा मूला, चोतो, किम्बु, काफल करू कतै

खुर्पानी र ओखर, स्याउ फल्छन् कताकतै ।।

 

भेडी, चौंरी चराउन जाँदा जीउभरि

जुका लाग्छन्, टिपी फाल्नुपर्छ घरीघरी ।

बेथो, मार्सी, चिनु, गहुँ, गुँरास र आलु

मकै, कोदो खान्छन् राती आई दुम्सी, भालु ।।

 

पाउमा छन् रामचन्द्र, शीरमा गोसाइँकुण्ड

बीचमा बसी कालिकाले मार्छिन् चण्डमुण्ड ।

पहेँलो र रातो, सेतो, नीलो थरीथरी

रङ्गीचङ्गी फूल फूल्छन् वन पाखै भरी ।।

 

मगमग बास्ना चल्छ बुकी, सुनाखरी

कालिज र तित्रासँगै डुल्छन् डाँफेचरी ।

मुजुरको राम्रो नाँच, कोइलीको गीत

कस्तुरीको दौडादौड, चखेवाको प्रीत ।।

 

जता हेर्‍यो उतैतिर हेरूँहेरूँ लाग्छ

प्रकृतिको सौन्दर्यले भोक, तिर्खा भाग्छ ।

भन्छन् धेरै भट्याएर मात्र के हुन्छ र ?

सुन्नुभन्दा देख्नै राम्रो, आऊ आफैं हेर ।।


तामाङ जातिको विवाह संस्कार, उत्पन्न भ्रम, विवाद र वास्तविकता

फुपुचेला-मामाचेली विवाह संस्कार वा पद्धति

 @ सरोजमोहन लामा

खासमा विवाह पूर्व पनि यौन सम्बन्ध त हुने गर्दथ्यो नै तर विवाह भित्र यौन सम्बन्धसन्तान उत्पादन र सृष्टि वा वंशलाई निरन्तरता दिने कार्यलाई नै अत्यावश्यक चीजमा स्वीकारेको पाइयो । यसलाई व्यवस्थित गर्नका लागि भने अनेक परम्पराहरूप्रचलनरीतिथितिसंस्कार संस्कृति र नीति नियम कानुन विकसित बन्न पुगे । यस्ता परम्पराहरू जातिधर्मक्षेत्रस्थान अनुसार पनि फरक फरक ढङ्गले विकसित बन्न पुगेका छन् ।


    विगत केही दिन अघि प्राइम टेलिभिजनमा प्रसारित चिया गफ टक शोमा शितलभनिने अधिवक्ता भगवती पाण्डेले तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित विवाह संस्कार वा पद्धतिको अभ्यासप्रति गलत ढङ्गले व्याख्या गर्नुको साथै आनुवंशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्ने गरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति पश्चात् तामाङ जातिमा विशेष त फूपुचेलामामाचेली विवाह संस्कार वा पद्धति बारे बहस र विवादहरू भइरहेका छन् ।

त्यति मात्रै होइनन् मुलुकमा त्यो विषयले अहिले कतिपय राज्य संयन्त्रमा प्रायः हिंस्रक जनवारहरूले मात्रै पो नेतृत्व गरिरहेका छन् कि क्या हो जस्तो भान पीडित समुदायलाई भइरहेका छन् । राजनीतिक तथा सामाजिक माहौल तातिरहेको छ, अशान्ति हुँदै गइरहेका छन् । सर्वप्रथम त उनीले समयमा नै उक्त गलत भनाई बोलेकोमा माफी माग्नुपर्थ्यो तर त्यो गरिएन । जब सो समुदायहरूले कानुन बमोजिम मुद्दा दर्ता गरे त्यसपछि उनीले ढिलो गर्दै शब्दमा कन्जुस्याइँ गरेर गल्तीको महसुस गरे । तत्पश्चात् राज्य संयन्त्रले उनीलाई तत्काल पक्राउ गर्न ढिला गरे ।

आस्थाको धरोहर : वासुकी

 कालिका गाउँपालिका, वडा नं २, प्राङ्सेमा रहेको बासुकी ढुङगाको फेदमा बासुकी नाग रहेको छ । यही नागको नामाकरणबाट यस ढुङ्गाको नाम बासुकी रहन गएको हो ।



अत्यन्त शक्तिको रूपमा रहेको यस स्थान प्राङ्से (धोबीखोला) पहिरो नजिकै रहेको छ । गत २०६० सालमा यहाँ नाग मारिएको हुनाले पहिरो गएको भन्ने भनाई पनि रहेको छ । सोही विषयमा सार्वजनिक चासो रहेको हुनाले यहाँ मन्दिर तथा परिसरमा विभिन्न विकास निर्माणका कार्यहरू पनि भइसकेका / भइरहेका छन् । बिधिपूर्वक पूजाआजा गर्न थालेपछि पहिरो रोकथाम भईरहेको भन्ने स्थानीयको बुझाई रहेको छ ।



पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट ५०० मीटर दूरीमा रहेको यो स्थल धार्मिक पर्यटनको रूपमा विकास गर्न सके पक्कै पनि पर्यटकीय विकासमा सहयोग पुग्नेछ । यहाँबाट मुडुल्लीभञ्ज्याङ-पात्ले हुँदै आकर्षकीय स्थलहरू रमिते ढुङ्गो, भूमेस्थान, लोकिल, सानोआले, ठूलोआले, जुरेढुङ्गो विजिली जोङ्गलगायतका स्थानमा पुग्न सकिन्छ ।

यसको वरपरिका वस्तीहरूमा थुम्कीका महादेव, कालिका मन्दिर, धैबुङ कोतघर (अवशेष नरहेको), घलेगढी, कमारेगढी आदि महत्वपूर्ण स्थलहरू रहेका छन् ।



Thursday, August 3, 2023

थुम्कीमा छन् जलेश्वर महादेव

Thumkika_Mahadev
जिबजिबेस्थित थुम्कीका महादेव मन्दिर (पुरानो)
ViewFromThumki
यस मन्दिरबाट उत्तरतर्फ हेर्दा देखिने मनोरम दृश्य
Kalika_Jibjibey
कालिकास्थानबाट हेर्दा देखिने यस मन्दिर र जिबजिबेको दृश्य
Naukunda_Kalika
नौकुण्ड गाउँपालिका क्षेत्रबाट देखिने जिबजिबेतर्फको दृश्य

 

Hightlights
एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।
========================================= -->
जलेश्वर /थुम्कीका/नीलकण्ठ महादेव मन्दिरको बारेमा
रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं ५, जिबजिबेमा रहेको नीलकण्ठ महादेव मन्दिरलाई स्थानीयहरूले 'थुम्कीका महादेव' भनेर चिन्दछन् । जलेश्वर महादेव भनेर पनि चिनिदै आएको यस मन्दिर रमणीय स्थानमा रहेको छ । सूर्योदय, सूर्यास्त हेर्नका लागि पनि उपयुक्त स्थलको रूपमा रहेको यस मन्दिर उत्पत्ति सम्बन्धि एक कथन रहेको छ ।

 एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । 

धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ । बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।

 पछिल्लो समय स्थानीयहरूको मात्र सहभागिता हुने यस क्षेत्रमा केही वर्ष अघिसम्म नुवाकोटका मनकामना, फिकुरी, तादी, तुप्चे, मभीर, कुवापानी, गेर्खु, चोकदेलगायतका क्षेत्रबाट यहाँ तीर्थालुहरू आउने गर्दथे । 

 पासाङल्हामु राजमार्गको कालिकास्थान-घुम्तीबाट १.७ किमी पूर्वमा जिबजिबे बजादेखि केही तल रहेको भञ्ज्याङबाट उठ्दै गएको एक थुम्कामा अवस्थित छ । थुम्कामा रहेका हुनाले थुम्कीका महादेव भनेर पुकारिएको हो ।
थुम्कीका महादेव मन्दिरबाट उत्तरतर्फ देखिने जिबजिबे, मानेस्वारा, ज्याङलाङ, गैरीनागी लोकिलसम्मका दृश्यहरू
आकर्षण (किन जाने) ?
  • धार्मिक महत्व, मनोंकाञ्छा पुरा हुने 
  •  वरपर अन्य देवी देवताहरूको मन्दिर 
  •  सूर्योदय र सूर्यास्त दृश्यावलोकन 
  •  धरातलीय विषमता 
  •  न जाडो न गर्मी क्षेत्र
  • यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू (घलेगढी, कमारेगढी, धैबुङ कोतघर - अवशेष नरहेको, कालिका मन्दिर आदि, जुन् स्थलहरू यसैको अन्य स्थलहरू Tab मार्फत् हेर्न सकिनेछ ।
  • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र 
  • सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक आदिको अवलोकन 
  • होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र 

कसरी पुग्ने ?
कालिका गाउँपालिका वडा नं ५ (साबिक धैबुङ ८) मा रहेको यस मन्दिरमा काठमाण्डौंबाट पासाङल्हामु राजमार्गको कालिकास्थान (घुम्ती)  हुँदै पूर्वपट्टि रहेको जिबजिबे बजारबाट केही दक्षिणतर्फबाट भञ्ज्याङ हुँदै जान सकिन्छ । 


Wednesday, August 2, 2023

दृश्यावलोकनका लागि उपयुक्त : रमिते ढुङ्गो

रमिते दृश्य
रमिते ढुङ्गोको मनोरम दृश्य
रमितेबाट दृश्य
रमिते ढुंगोबाट देखिने जिबजिबे, कालिकास्थान र नुवाकोटसम्मका दृश्य
पर्यटकीय स्थल
रमिते ढुंगोबाट देखिने कालिका र नौकुण्डका बस्तीहरू
Highlights
पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।
========================================= -->
रमिते ढुङ्गोको परिचय
कालिका गाउँपालिका, वडा नं ५ गैरीनागीको ताप्लोमा अवस्थित रमिते ढुङ्गो एक पर्यटकीय आकर्षणको रूपमा रहेको छ । 

पासाङल्हामु राजमार्गको स्याउबारी-गोम्बोडाँडाबाट नजिकै रहेको भएपनि प्रचारप्रसारको अभावले रमिते ढुङ्गो ओझेलमा परेको छ । यहाँबाट साँच्चिकै रमिता देखिने भएकोले पनि यसलाई रमिते ढुङ्गो भनिएको हो । यहाँबाट वरपरका दृश्य हेर्दा हेलोकप्टरबाट हेरिरहेको छु भन्ने आभाष दिलाउँछ ।

 सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सातधारे, यार्सा, सरमथली, खाल्चेत, चिती, रूप्सेपानी, जिबजिबे, भदौरे, कालिकास्थान, धारापानी, डाँडागाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, मभीर, कुवापानी, केराघारी, त्रिशूली, कोलनीदेखि धादिङसम्म र ककनी, शिवपूरी चिसापानीसम्मका दृश्यहरू देख्न सकिन्छ । यसका वरपरबाट गणेश हिमाल पनि देख्न सकिन्छ । 

 पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ । 

 लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
आकर्षण
  • पर्यटकीय स्थल 
  • पिक्निक स्पोट 
  • अध्ययन अवलोकनका लागि महत्वपूर्ण 
  • गणेश हिमाल, सातधारेलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन 
  • लाङटाङ राष्ट्रिय निकुञ्ज र विभिन्न वनस्पतिहरू
कसरी पुग्ने ?
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
उस्तै उस्तै ठाउँहरू
सम्बन्धित सामग्रीहरू
यस स्थलको बारेमा तपाई यी भिडियोहरूबाट धेरै जानकारी लिन सक्नुहुनेछ ।
यस स्थल तथा वरपरका बारेमा केही जानकारी छन् भने हामीलाई जानकारी दिनुहुन अनुरोध छ ।

Tuesday, August 1, 2023

ऐतिहाँसिक तर अवशेष नरहेको धैबुङ कोतघर

भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।


नेपाल-चीन युद्द हुँदा युद्द व्यवस्थापनका लागि बनाईएको कोतघर अवशेष वा भग्नावशेष विहीन बनेको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान, च्यूरी बोट नजिकै जस्ताघरेको घर रहेको स्थानमा धैबुङ कोतघर थियो भनिएको छ ।

गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा दिनका लागि समेत् निर्माण भएको यही कोत घरको नामबाट यहाँको वस्तीको नामाकरण समेत् धैबुङकोत वा धैबुङकोट रहन गएको हो ।

भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।

ऐतिहाँसिक स्थल: कमारेगढी ओझेलमा


रसुवाको कालिका गाउँपालिका-२ मा रहेको ऐतिहाँसिक स्थल कमारेगढी ओझेलमा परेको छ । नजिकै केही तल रहेको घलेगढीमा आन्तरिक पर्यटकहरू आइरहँदा कमारेगढी भने चर्चामा छैन । घलेगढीमा जस्तो घले राजाको दरबार वा प्रशस्तै भग्नावशेष नहुनु पनि यो ओझेलमा पर्नु हो । सायद यो गढी युद्द लड्नका लागि मात्र तयार थियो ।

पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडाबाट केही पश्चिमतिर रहेको यो गढीमा उचित व्यवस्थापन गरी प्रचारप्रसार गर्न सके पक्कै पनि आन्तरिक रूपमा पर्यटन विकास गर्न सहयोग पुर्‍याउँदछ ।

कमारेगढीको बारेमा थप तपाईसँग सूचना छन् भने Email : ourrasuwa@gmail.com 


कालिका गाउँपालिकाको सूचना 


 

ऐतिहाँसिक स्थल : घलेगढी

नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।


यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको) कालिका मन्दिर तथा बेत्रावतीमा उत्तरगयाधाम रहेको छ ।



रसुवा जिल्लाको दक्षिणी क्षेत्र उत्तरगया गाउँपालिका -४ मा अवस्थित घलेगढी एक महत्वपूर्ण ऐतिहाँसिक स्थल हो । नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।

 


यहाँ नेपाल-चीन युद्दका समयमा बर्षेका तोपहरू डोब र घले राजाका दरबारका भग्नावशेषहरू देख्न पाईन्छ । ऐतिहाँसिक रूपमा खासै उल्लेख नभएको यस घलेगढीबाट विभिन्न दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा चर्चामा रहेको भाङ्गे झरना, रसुवाका डाँडागाउँ, ठूलोगाउँ, नुवाकोटको मनकामना (अर्चले), गोगने, किस्पाङ, सातदबाटो, फिकुरी, तादी, गणेश हिमाल, वरपरका वस्तीहरूको मनोरम दृश्यावलोकन गर्न पाईन्छ ।

 

यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको) कालिकामन्दिर तथा बेत्रावतीमा उत्तरगयाधाम रहेको छ ।

   

 पासाङल्हामु राजमार्गको बनुँवा घुम्तीबाट मनीगाउँ हुँदै र कालिकास्थानको च्यूरीबोटबाट कर्मीडाँडा हुँदै यस ऐतिहाँसिक स्थलमा पुग्न सकिन्छ । 


 घलेगढी तथा यहाँबाट देखिने दृश्यहरू :

उत्तरगया-२ भाँड्गे झरना




सम्बन्धित भिडियोहरू 


  














ओझेलमा मालागढी

रसुवा जिल्लाको थुमन अर्थात् गोसाइँकुण्ड गाउँपालिका-१ मा रहेको मालागढी नेपाल-चीन प्रवेश गर्ने दोस्रो नाकाको रूपमा रहेको छ । पैदल पदमार्ग मात्र रहेको यस नाकामा सुरक्षालगायतका व्यवस्था नभएका कारण पनि यो नाका ओझेलमा परेको हो । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यहीबाटोबाट पहिलोपटक तिब्बत प्रस्थान गरेको भन्ने ऐतिहाँसिक तथ्यहरु रहेका छन् । 

    tab level 0
        tab level 1
            tab level 2





जंगबहादुरको बीरताको चिनो : रसुवा/रासोवागढी

यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए ।
रसुवागढीको पुरानो तस्वीर 




जङ्गबहादुर राणाको पालामा निर्माण भएको रसुवागढी नाका डेढ शताब्दि पुरानोr ऐतिहाँसिक धरोहर हो । तेस्रोपटक भएको नेपाल-चीन युद्दपश्चात् थापाथली सन्धी पछि निर्माण भएको यो गढी रसुवा-चीनको सिमाना, गोसाइँकुण्ड गाउँपालिका-२, खम्पाटारमा पर्दछ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित बि.सं १९१२ सालमा निर्माण भएको यही नाकाको नामबाट रसुवा जिल्लाको नामाकरण भएको हो । तिब्बतीयन भाषामा रासोवा भनिदै आएको यस जिल्लाको अपभ्रम्शित रूप रसुवा हो । 'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ ।

बाँयातर्फ केरूङ र दाँयात्रफबाट आएको लिङ्देखोलाको दोभान अर्थात् संगम रहेको यस स्थान ऐतिहाँसिकसहित पर्यटकीय, सांस्कृतिक तथा आर्थिकनाकाको रूपमा पनि परिचित छ यो गढी वा नाका । गढी निर्माण हुँदा यहाँ मुख्यतः ३ गढीहरू रहेका थिए । एउटा फौजीका लागि दोस्रो कमान्डरका लागि र अर्को चाहिँ तोपखाना गढी निर्माण भएको थियो । बि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण पुराना संरचना ध्वस्त भएपनि हाल नयाँ निर्माण भएको छ ।

बाँयापट्टि भृकुटी र दाँयापट्टि राजकुमारी
बीचमा स्रोङचोङ

यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यस नाकासँगको सम्बन्ध अझै विस्तारै हुँदै गएको हो । भृकुटी यही बाटोबाट घर-माईती गर्थिन् पनि भनिएको छ तर पहिलो पटक भृकुटी चीन जाँदा थुमनस्थित मालागढीबाट गएकी थिएन् भनिएको छ ।अंशुबर्माले तिब्बतसँग सम्बन्ध दरिलो बनाउन छोरी भृकुटीको विवाह  स्रोङचोङसँग गरिदिएका थिए ।

उनै स्रोङचोङको शासनकालमा सम्पोट नामक लिपी आविष्कार गरी भारत र नपालबाट बौद्द ग्रन्थहरूलाई तिब्बतीयन भाषामा अनुवाद गर्ने कार्य सुरू गरेका थिए, त्यसैले उनलाई तीन तिब्बतीयन धर्मराजा मध्ये पहिलो धर्मराजाको रूपमा मानिन्छ ।  

विभूति अरनिको

प्रसिद्द कलाकार तथा विभूति  अरनिको पनि यही बाटोबाट आवतजावत गर्ने गरेको ऐतिहाँसिक तथ्यहरू रहेका छन् । उनले राजा अभय मल्लको पालामा यहीबाटोबाट चीन गएर आफ्नो वास्तुकला देखाएका थिए । प्यागोडा शैलीको मन्दिर निर्माण गर्ने दक्ष कलाकारका रूपमा उनले ख्याती कमाएका थिए ।

यस गढीमा २ वटा पुराना शिलालेख रहेकोमा १ पुरानो चाहिँ फुटेको र एक शिलालेख हालसम्म पनि रहेको छ । गढी निर्माण भएसँगै गढीमाई र गणेशको मन्दिर पनि रहेको छ ।

राजा पृथ्वीनारायण शाहको पालामा भएको पहिलो नेपाल-चीन युद्दमा नेपाली पुर्खाहरू चिनियाँ फौजसँग लडेर जित्दै केरूङ-कुत्तीसम्म आफ्नो किल्ला जमाएका थिए र त्यबेला केरूङ सन्धी भएको थियो । पछि बहादुर शाहको पालामा दोस्रोपटक चिनियाँ फौजसँग युद्द हुँदा नेपालले केही भूभाग गुमाउँदै बेत्रावती सन्धी गरेर सिमाना बेत्रावती बनायो ।