रसुवा, बहुविवाहसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका एक फरार बन्दी पुनः पक्राउ परेका छन्।
आमाछोदिङमो गाउँपालिका–१ का २८ वर्षीय बुद्धिराज तामाङलाई गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेबाट प्रहरीले पुनः पक्राउ गरी रसुवा कारागार पठाएको छ।
जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागि फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय टिमुरेको टोलीले टिमुरे बजारबाट हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिल्लीराज सापकोटाले जानकारी दिए।

No comments:
Post a Comment