ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, August 23, 2026

अर्यालको नेतृत्वमा पहिराेले क्षतिग्रस्त क्षेत्रमा स्थलगत अनुगमन

रसुवा, अविरल वर्षाका कारण उत्तरगया गाउँपालिका- १ स्थित तिरु–गोगने क्षेत्रमा ठूलो पहिरो गई व्यापक भौतिक तथा पशुधनको क्षति भएको छ । 

घटनापछि उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालको संयोजकत्वमा गएको टोलीले क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

अनुगमनका क्रममा मानवीय क्षति नभए पनि १ सय वटा बाख्रा बेपत्ता, २ घर र २ गोठ पूर्णरूपमा नष्ट तथा १३ घर र ४ गोठमा आंशिक क्षति पुगेको छ। क्षति पुगेका घरहरू बसोबासका लागि अत्यन्त जोखिमपूर्ण बनेका छन् । 

तीरु र गोगने क्षेत्र नै पहिरोको उच्च जोखिममा परेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन गाउँपालिका अध्यक्ष अर्यालले अनुरोध गरे । गाउँपालिकाले क्षतिको पूर्ण विवरण संकलन गर्दै प्रभावित परिवारको राहत, उद्धार र पुनर्स्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग आवश्यक समन्वय गरिरहेको अध्यक्ष माधवप्रसाद अर्यालले बताए । 


No comments:

Post a Comment