रसुवा, बजार अनुगमन मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले निर्देशन दिए । सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको संयोजकत्वमा गोसाईकुण्ड गाउँपालिका वडा नं। ६ धुञ्चेबजार स्थित दैनिक उपभोग्य बस्तु बिक्री वितरण, व्यावसाय गर्ने पसलहरू सरोकारवालाहरुसँगको समन्वय तथा उपस्थितिमा संयुक्त रुपमा बजार अनुगमन भएको थियो । बजार अनुगमनमा १५ वटा पसलहरु अनुगमनको क्रममा बरामद भएको म्याद गुज्रेका खाद्यान्न बस्तुहरु जफत गरी नष्ट गरिएको। व्यावसाय सञ्चालनमा मापदण्ड नपुगेका व्यावसायीलाई तोकिएको मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय सञ्चालन गर्न निर्देशन दिइएको हो ।
Saturday, February 22, 2025
Friday, February 21, 2025
रसुवामा घरेलु मदिराको चर्चा : रेडियो लाङ्टाङको वार्षिकोत्सव
रसुवा, घरेलु मदिरा उद्योगलाई सुव्यवस्थित गर्न, गुणस्तर मापदण्ड स्थापित गर्न, कर प्रणालीलाई सरलीकृत गर्न र स्थानीय उत्पादकलाई सहयोग गर्न विभिन्न व्यक्तित्वहरूले सरकारसँग आग्रह गरेका छन् ।
स्थानीय समुदायकाे संस्कार तथा संस्कृतिसँग जाडिएकाे घरेलु मदिराकोकाे व्यवसायीक रूपमा ब्राण्ड बनाउने चर्चा सुरू हुनु स्वभाविक रहेकाे सराेकारवालाहरूले बताएका छन् । विश्व रेडियो दिवस र रेडियो लाङ्टाङको १०औंँ वार्षिकोत्सवकाे अवसरमा रसुवा सदरमुकाम धुन्चेमा आयोजित ‘घरेलु उत्पादन मदिराको सम्भावना र चुनौती’ विषयक बृहत् छलफलका सहभागीले मदिरालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न नीतिगत सुधारका लागि सुझाव दिनुभयो ।
रेडियोका अध्यक्ष सोहम सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले स्थानीय रूपमा उत्पादित मदिराको बजार, गुणस्तर, कानुनी प्रक्रिया, कर प्रणाली, स्वास्थ्यमा यसको प्रभाव र निर्यात सम्भावनाको विस्तृत अध्ययन आवश्यक रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, दुप्चेश्वर गाउँपालिका नुवाकोटका अध्यक्ष शङ्कर थापा, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख बृहस्पति तामाङ, नेपाल पत्रकार महासङ्घ रसुवा अध्यक्ष केशव पौडेललगायतले सराेकारवालाहरूले सरकार, निजी क्षेत्र र स्थानीय उत्पादक वीचका सहकार्यबाट स्वदेशमा उत्पादित मदिरा उद्योगले नेपालमा ठूलो आर्थिक योगदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरेको रेडियोका सञ्चालक गीता न्यौपानेले बताउनुभयो ।
सरकारले जारी गरेको नीति तथा कार्यक्रममा स्वदेशी रक्सीको गुणस्तर सुनिश्चित गर्ने, उत्पादन नियन्त्रण गर्ने, ब्रान्डिङ गर्ने र निर्यात गर्ने योजना समावेश छ ।
छलफलमा उठेका विषयलाइ नीतिगत तहसम्म प्रभावकारी रूपमा लैजाने र कार्यन्वयन हुन सके प्रत्यक्ष लाभ पुग्ने र कार्यक्रमकाे सार्थकता र सफलता देखिने सराेकारवाला बताउछन् ।
Thursday, February 20, 2025
नाटक ‘जुन त लग्यो ताराले’
बाध्यता, रहर अनि सपनाहरुले नेपाली समाजलाई जसरी एक्लो बनाइरहेछ र निरन्तर रुपमा एउटा मनहरु एक्लो बनिरहने अनि सधैं पर्खिरहने क्रम चलिरहेको छ । जुन राज्य अनि समाजले निर्माण गरेको विश्वास र संस्कार जसरी पनि स्थापित भएको छ । तर राज्य अनि समाज यो कुराबाट बेखबर बसिदिन्छ । त्यहि क्रममा वैदेशिक रोजगार नै नेपाली समाजको समुन्नत बन्ने सुरु अनि अन्तिम विकल्प बनेको हो ।
यहि कारणहरुले गर्दा सम्बन्धहरुमा भएको स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन छुटिरहेको छ । छुटेका त्यही एक्लो मनहरुले स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन खोजिरहेछ । नाटक ‘जुन त लग्यो ताराले’, यो त्यही छोडिगएका, छुटिगएका एक्लो मनहरुको कथा हो । छोडिगएका, छुटिगएका एक्लो सम्बन्धहरुको कथा हो ।
लेखक, निर्देशकको भनाई
म आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै आँखाले देखेका तर बेवास्ता गरिएका साधारण कथाहरु भन्न रुचाउँछु र भन्नु पर्छ भन्ने पनि लाग्छ । यो नाटकमा भनिएको कथा ‘भन्छु’, भन्ने विचार मलाई पाँच, छ वर्षअघिदेखि नै आएको थियो । तर यसपटक मण्डला थिएटरले, ‘ल्याब १६ का प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’, भन्ने जिम्मेवारी सुम्पिनु भएपछि कथाहरु सोच्दै जाने क्रममा ‘यो कथा भन्छु’, भन्ने निर्णय लिए ।
आफै प्रशिक्षार्थी भएर प्रशिक्षण प्राप्त गरेको ठाउँमा रंगमञ्चको यात्रा गरिरहँदा आफै प्रशिक्षक भएर नाटक निर्देशन गर्न पाउनु मेरो लागि अकल्पनीय सौभाग्य अनि अवसर सृजना भएको छ । जुन कुराले म औधी खुशी छु ।
मलाई विश्वास गर्नुहुने मण्डला थिएटर समुह, व्यवस्थापक समुह, पिलो प्लानर साथै यति लामो समयसम्म मलाई विश्वास गरेर मेरो कुरा सुनिदिनु हुने ल्याब १६ का प्रशिक्षार्थीहरु अनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ दिनुहुने हितकारी मनहरु सम्पूर्णमा नमन अनि अनेकौं धन्यवाद ।
लाङटाङ राष्ट्रिय निकुञ्ज : अप्रेसन संरक्षण ११ मार्फत वन्यजन्तु र वातावरण संरक्षणको अभियान सुरू
रसुवा, वन तथा वन्यजन्तु संरक्षणका लागि क्रियाशील लाङटाङ राष्ट्रिय निकुञ्जले जेठसम्म अप्रेसन संरक्षण ११ सुरू गरेको छ। यस अभियानको मूख्य उद्देश्य निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नु, वन्यजन्तुको अवैध आवतजावत नियन्त्रण गर्नु र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्नु हो।
यसले संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । यो अभियान निकुञ्जको कार्यक्षेत्र रहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा संचालन हुनेछ।
रसुवाको नौकुण्ड -१ काे लाङबु, नुवाकोटको नेगी र सिन्धुपाल्चोकको बैकुण्ठेमा अभियान संचालन भइरहेको छ। यसका लागि अस्थायी संयुक्त पोष्ट संचालन गरी गस्ती गरिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको हो। यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १,७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र २०५५ साल बैशाख १४ गते घाेषणा भएको हो र यसको क्षेत्रफल ४१८.३० वर्ग किलोमिटर छ।
निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहहरू छन्। साविकका ३४ वटा गाउँविकास समितिमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र पहिलो स्थानीय तहको निर्वाचन पश्चात् रसुवामा ४ वटा, नुवाकोटमा ३ वटा र सिन्धुपाल्चोकमा ४ वटा गाउँपालिका गरी कुल ११ वटा गाउँपालिका पर्दछन् । यसरी लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा वनस्पतीको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
Wednesday, February 19, 2025
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरका संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न
पूर्ब विद्यार्थी समाजमा झंकनाथ
रसुवा, कालिका हिमालय मावि पूर्व विद्यार्थीहरूकाे भेलाबाट झंकनाथ न्याैपानेकाे अध्यक्षतामा पुर्ब विद्यार्थी समाज गठा भएकाे छ ।
सामाजिक सञ्जालबाट सूचना गरी आब्हान गरिएकाे भेलामा सहभागीहरूले न्याैपानेकाे नेतृत्वमा तदर्थ समिति गठन गरेका हुन् । समाजकाे उपाध्यक्षमा इन्दिरा ढकाल, सचिव रामप्रसाद ढकाल, काेषाध्यक्ष तारा कार्की, सदस्यहरूमा अइन्द्र पाैडेल, हरिप्रसाद देवकाेटा, हेमनाथ खतिवडा, बलराम घिमिरे, आङतेम्बा तामाङ, रामशरण गजुरेल, राधा पाण्डे, प्रेम प्रसाद पाैडेल, बिराज तामाङ रहेका छन् । समितिले सवै पुर्व विद्यार्थीहरूलाइ जाेडेर अधिबेशन गर्ने जनाएकाे छ ।
रक्तदानको महत्व विषयक निबन्ध लेखनकाे पुरस्कार बितरण
रसुवा, “रक्तदान जीवन दान” “प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व हो भने, निःशुल्क रगत पाउनु पीडितहरूको अधिकार हो।” भन्ने नाराका साथ रक्तदानको महत्व विषयक निबन्ध लेखनकाे पुरस्कार बितरण भयाे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस्.एल्.सी. २०५६ ब्याच, कालिका–२, रसुवाको संयुक्त आयोजनामा १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा (२०८१ माघ १५ गते) आयोजित रक्तदानको महत्व विषयक निबन्ध लेखन प्रतियाेगितामा प्रथम कालिका हिमालयकी सरु पुडासैनी, द्धितीय कालिका हिमालयकी शैली खतिवडा, तृतीय पुरस्कार सुन्धरा माविकी शिवानी लामिछाने र सुन्धरा माविकी एन्जल मगरले प्राप्त गरेका छन् ।
छात्राहरूलाइ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रमाण-पत्र तथा नगद पुरस्कार क्रमश ; रू २ हजार ,१५ सय र १/१ हजार प्रदान गर्नुभयाे ।









