ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, February 20, 2025

लाङटाङ राष्ट्रिय निकुञ्ज : अप्रेसन संरक्षण ११ मार्फत वन्यजन्तु र वातावरण संरक्षणको अभियान सुरू

 

रसुवा, वन तथा वन्यजन्तु संरक्षणका लागि क्रियाशील लाङटाङ राष्ट्रिय निकुञ्जले जेठसम्म अप्रेसन संरक्षण ११ सुरू गरेको छ। यस अभियानको मूख्य उद्देश्य निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नु, वन्यजन्तुको अवैध आवतजावत नियन्त्रण गर्नु र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्नु हो। 

यसले संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । यो अभियान निकुञ्जको कार्यक्षेत्र रहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा संचालन हुनेछ। 

रसुवाको नौकुण्ड -१ काे लाङबु, नुवाकोटको नेगी र सिन्धुपाल्चोकको बैकुण्ठेमा अभियान संचालन भइरहेको छ। यसका लागि अस्थायी संयुक्त पोष्ट संचालन गरी गस्ती गरिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको हो। यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १,७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र २०५५ साल बैशाख १४ गते घाेषणा भएको हो र यसको क्षेत्रफल ४१८.३० वर्ग किलोमिटर छ।

निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहहरू छन्। साविकका ३४ वटा गाउँविकास समितिमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र पहिलो स्थानीय तहको निर्वाचन पश्चात् रसुवामा ४ वटा, नुवाकोटमा ३ वटा र सिन्धुपाल्चोकमा ४ वटा गाउँपालिका गरी कुल ११ वटा गाउँपालिका पर्दछन् । यसरी लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा वनस्पतीको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

No comments:

Post a Comment