ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, November 5, 2026

नेपाली कांग्रेस देउवा समूहको जिल्ला सभापतिमा उपेन्द्रराज लम्साल

 

​रसुवा, नेपाली कांग्रेस रसुवा देउवा समूहको बिहीबार सदरमुकाम धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनबाट उपेन्द्रराज लम्साल सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

बिहिवार सदरमुकाम धुन्चेमा सम्पन्न ​जिल्ला अधिवेशनले दुईवटा प्रदेश समिति र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन गरेको छ ।  जस अनुसार प्रदेश सभा क को सभापतिमा तेम्पानुर्पु तामाङ र ख को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन् । 

​त्यसैगरी, गाउँपालिकातर्फ नौकुण्ड गाउँपालिकाको सभापतिमा डिवराज न्यौपाने, कालिकामा माधव न्यौपाने, उत्तरगयामा ध्रुवप्रसाद आचार्य, आमाछोदिङ्मोमा चेरसिंग तामाङ र गोसाइँकुण्ड गाउँपालिकाको सभापतिमा प्रकाश तामाङ चयन भएका छन् ।

​अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि तथा सभापति मात्र चयन गरेको र केन्द्रीय महाधिवेशनपछि जिल्ला, प्रदेश र पालिका समितिका पदाधिकारी तथा सदस्य थपेर कार्यसमिति पूर्ण बनाइने नवनिर्वाचित सभापति उपेन्द्रराज लम्सालले जानकारी दिए । उनका अनुसार त्यसपछि वडा अधिवेशन समेत गरिने छ ।

नयाँ जाेस् जाँगरका साथ नव युवाहरू पार्टीमा वडा र गाउँपालिका तहमा जिम्मेवारी दिने तयारीमा रहेकाे जनाइएकाे छ । 

No comments:

Post a Comment