ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, February 22, 2025

बजार अनुगमन मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय गर्न निर्देशन


रसुवा, बजार अनुगमन मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले निर्देशन दिए । सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको संयोजकत्वमा गोसाईकुण्ड गाउँपालिका वडा नं। ६ धुञ्चेबजार स्थित दैनिक उपभोग्य बस्तु बिक्री वितरण, व्यावसाय गर्ने पसलहरू सरोकारवालाहरुसँगको समन्वय तथा उपस्थितिमा संयुक्त रुपमा बजार अनुगमन भएको थियो । बजार अनुगमनमा १५ वटा पसलहरु अनुगमनको क्रममा बरामद भएको म्याद गुज्रेका खा‍द्यान्न बस्तुहरु जफत गरी नष्ट गरिएको। व्यावसाय सञ्चालनमा मापदण्ड नपुगेका व्यावसायीलाई तोकिएको मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय सञ्चालन गर्न निर्देशन दिइएको हो । 




No comments:

Post a Comment