'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

रसुवामा घरेलु मदिराको चर्चा : रेडियो लाङ्टाङको वार्षिकोत्सव


रसुवा, घरेलु मदिरा उद्योगलाई सुव्यवस्थित गर्न, गुणस्तर मापदण्ड स्थापित गर्न, कर प्रणालीलाई सरलीकृत गर्न र स्थानीय उत्पादकलाई सहयोग गर्न विभिन्न व्यक्तित्वहरूले सरकारसँग आग्रह गरेका छन् ।

स्थानीय समुदायकाे संस्कार तथा संस्कृतिसँग  जाडिएकाे घरेलु मदिराकोकाे व्यवसायीक रूपमा ब्राण्ड बनाउने चर्चा सुरू हुनु स्वभाविक रहेकाे सराेकारवालाहरूले बताएका छन् । विश्व रेडियो दिवस र रेडियो लाङ्टाङको १०औंँ वार्षिकोत्सवकाे अवसरमा  रसुवा सदरमुकाम धुन्चेमा आयोजित ‘घरेलु उत्पादन मदिराको सम्भावना र चुनौती’ विषयक बृहत् छलफलका सहभागीले मदिरालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न नीतिगत सुधारका लागि सुझाव दिनुभयो ।

रेडियोका अध्यक्ष सोहम सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले स्थानीय रूपमा उत्पादित मदिराको बजार, गुणस्तर, कानुनी प्रक्रिया, कर प्रणाली, स्वास्थ्यमा यसको प्रभाव र निर्यात सम्भावनाको विस्तृत अध्ययन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, दुप्चेश्वर गाउँपालिका नुवाकोटका अध्यक्ष शङ्कर थापा, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख बृहस्पति तामाङ, नेपाल पत्रकार महासङ्घ रसुवा अध्यक्ष केशव पौडेललगायतले सराेकारवालाहरूले सरकार, निजी क्षेत्र र स्थानीय उत्पादक वीचका सहकार्यबाट स्वदेशमा उत्पादित मदिरा उद्योगले नेपालमा ठूलो आर्थिक योगदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरेको रेडियोका सञ्चालक गीता न्यौपानेले बताउनुभयो । 

सरकारले जारी गरेको नीति तथा कार्यक्रममा स्वदेशी रक्सीको गुणस्तर सुनिश्चित गर्ने, उत्पादन नियन्त्रण गर्ने, ब्रान्डिङ गर्ने र निर्यात गर्ने योजना समावेश छ ।

छलफलमा उठेका विषयलाइ नीतिगत तहसम्म प्रभावकारी रूपमा लैजाने र कार्यन्वयन हुन सके प्रत्यक्ष लाभ पुग्ने र कार्यक्रमकाे सार्थकता र सफलता देखिने सराेकारवाला बताउछन् । 



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music