ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, February 19, 2025

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरका संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न


रसुवा, राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा कर्मचारी मिलन केन्द्र रसुवा र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

अभियानकै रूपमा बाटो, सडक पेटी तथा सार्वजनिक स्थल, कार्यालय परिसरमा सरसफाइ तथा वातावरणीय सचेतना फैलाउने काम भएको थियो । नेपाली सेनाकाे श्रीनाथ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, नागरिक समाज, गोसाइकुण्ड गाउँपालिका, सञ्चारकर्मीलगायतको सहभागितामा सम्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

उक्त कार्यक्रम सदरमुकाम धुन्चे स्वागत गेटदेखि शिव मन्दिरसम्म वातावरणीय चेतना अभिवृद्धि गर्दै स्वच्छता अभियान सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय समूदाय, सरकारी कर्मचारी तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू  सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले वातावरण संरक्षण र स्वच्छताका लागि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रजातन्त्र दिवसको सन्दर्भमा देशप्रति हाम्रो जिम्मेवारीको महत्त्व झल्काउने यस्ता क्रियाकलापहरू आवश्यक रहेको बताउनुभयो। 



No comments:

Post a Comment