ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, February 19, 2025

रक्तदानको महत्व विषयक निबन्ध लेखनकाे पुरस्कार बितरण


रसुवा, “रक्तदान जीवन दान” “प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व  हो भने, निःशुल्क रगत पाउनु पीडितहरूको अधिकार हो।”   भन्ने नाराका साथ रक्तदानको महत्व विषयक निबन्ध लेखनकाे पुरस्कार बितरण भयाे । 

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस्.एल्.सी. २०५६ ब्याच, कालिका–२, रसुवाको संयुक्त आयोजनामा १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा (२०८१ माघ १५ गते) आयोजित रक्तदानको महत्व विषयक निबन्ध लेखन प्रतियाेगितामा प्रथम कालिका हिमालयकी सरु पुडासैनी,  द्धितीय कालिका हिमालयकी शैली खतिवडा, तृतीय पुरस्कार सुन्धरा माविकी शिवानी लामिछाने र सुन्धरा माविकी एन्जल मगरले प्राप्त गरेका छन् । 

छात्राहरूलाइ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रमाण-पत्र तथा नगद पुरस्कार क्रमश ; रू २ हजार ,१५ सय र १/१ हजार प्रदान गर्नुभयाे । 

No comments:

Post a Comment