ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, February 9, 2025

उत्तरगया गाउँपालिका-५ काे भवन निर्माण सुरू



रसुवा,  उत्तरगया गाउँपालिका ५ नं वडा कार्यालयको निर्माण हुन लागेको  कार्यालय भवन सुरू भएकाे छ  ।

गाउँपालिका अध्यक्ष श्री माधव प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, ५ नं वडाका अध्यक्ष यमनाथ आचार्यलगायत गाउँपालिका विषयगत शाखा प्रमुखहरू लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा विधिवत पुजापाठ गरी विधिवत रुपमा शिलान्यास भयाे । 

भवन बनेपछि सेवा प्रबाहमा सहज हुने देखिन्छ । 

रसुवामा ४ हजार परिवारको मात्र घर परिसर खानेपानीको धारा


रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा ४ हजार परिवारको घर परिसर खानेपानीको धारा रहेकाे छ । 

राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईएकाे जनाएकाे छ ।  जिल्लाभर  ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।

रसुवामा अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार २ सय



रसुवा, जिल्लामा अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार २ सय ९३ जना रहेको छ । 

राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार १ हजार २ सय ९३ जना अपाङ्गता भएका व्यक्तिहरू मध्ये पुरुष ७ सय १८ र महिला ५ सय ७५ जना छन् । 

रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता



रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेकाे छ । 

जिल्लाको जनगणनामा कुल ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये ४ हजार २५८ जना ८७.७ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ५९५ जना १२.३ प्रतिशतले जन्मदर्ता गरेका छैनन् ।  जिल्लाकाे कुल जनसंख्या ४६ हजार ६ सय ८९ हो ।  नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६।३ प्रतिशत पुगेको हो ।


 

Saturday, February 8, 2025

गठबन्धन सरकार ढल्दैन : पुर्व उपप्रम इश्वर पोखरेल


रसुवा, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री इश्वर पोखरेलले वर्तमान सरकार राष्ट्रिय समस्या समाधान गर्न इमान्दारीका साथ लागिरहेको बताए । 

शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको तीनमहिने जरा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा बिभिन्न आन्दोनमा सहकार्य हुने गरेको नेपाली कांग्रेससँग बलियो सहकार्य रहेकाले सरकार ढल्ने कुनै सम्भावना नरहेकाे बताए । 

प्रमुख अतिथि पाेखरेलले टोल र बस्तीमा पुगेर जनताको बीचमा पार्टी र बर्गिय संगठन सुदृढ गर्न आग्रह गरे । बिभिन्न आन्दोलनहरूमा सहकार्य हुने गरेको स्मरण गर्दै नेपाली काँग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताए । उनले भने सरकारमा रहेका दलहरुमा बेइमानी नहुने उनले बताउदै ०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसतर्फ लाग्न जनतामा जानका लागि पार्टीले जरा अभियान थालेको उनले बताए ।


नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तथा बाग्मती प्रदेश इ्न्चार्ज डा. राजन भट्टराईले जनतामा आधारित टोलटोलमा मजवुत सङ्गठनले मात्र सफलता मिल्ने बताए । जिल्ला उपाध्यक्ष कैसाङनुर्पु तामाङद्धारा स्वागत गरिएकाे कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष जनार्दन ढकाललगायतका बक्ताले आफ्नो धारणा राखेका थिए ।  

साे अवसरमा कार्यक्रम तथा याेजना तयार गरी वडा र टाेलमा भेला तथा जनतासँग भेटघाट तथा संगठन  संगठन सुदृढ गर्ने पार्टी सचिव पेम्पा लामाले बताए ।




तालिम समापन तथा प्रमाणपत्र बितरण

रसुवा,  एसिया नेपालको आर्थिक सहयोगमा तथा नेपाल कृषिवन प्रतिष्ठानको आयोजनामा ECEC द्वारा सहजिकरणमा कुण्ड गाउँपालिकामा रहेका ४ ओटा विद्यालयको १४ जना शिक्षकह?को २० दिने तालिम समापनमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष अशोक कुमार घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भयाे । प्रमुख अतिथिले सहभागीलाइ प्रमाणपत्र प्रदान गर्नुभयाे ।

तालिमको आयोजना नेपाल कृषिवन प्रतिष्ठान तथा आर्थिक सहयोग गर्नुहुने ASIA NEPAL ले गरेकाे थियाे प्रशिक्षकहरु समेत सहभागी हरू समापन कार्यक्रममा :








तस्वीर साभार : सुनिता नेपाली

Friday, February 7, 2025

अनलाइन नागरिकता सिफारिस सम्बन्धि अन्तरक्रिया


रसुवा, गोसाईकुण्ड गाउँपालिकाद्वारा आयोजित केन्द्रlकृत नागरिकता व्यवस्थापन प्रणाली संचालन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भयाे । 

जिल्ला प्रशासन कार्यालय धुन्चेमा  भएको  उक्त कार्यक्रममा वडा अध्यक्ष , सम्बन्धित वडाका वडा सचिव र वडा सदस्यज्यूहरुसंग अनलाइन नागरिकता सिफारिस सम्बन्धि अन्तरक्रिया र छलफल भएको  जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ । न

फागुन ७ गते कालिकास्थानमा खुला रक्तदान हुने

 


रसुवा, नेपाल स्वयंसेवी रक्तदाता समाज र कालिका हिमालय एसएलसी २०५६ ब्याचकाे आयोजनामा पाँचौं खुल्ला रक्तदान आयोजना हुने भएको छ । 

दुवै संस्थाले असोज ३ र फागुन ७ गते नियमित रुपमा रक्तदाता कार्यक्म आयोजना गर्दै आएका छन् । बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरू हुने भएकाेले सवैलाइ रक्तदानका लागि अनुराेध गरिएकाे छ । 

रगत अभावले मानिसकाे उपचार सहज बनाउन तथा जीवन बचाउन रसुवामा २ वटा संस्थाले पाँचाै पटक रक्तदान आयोजना गरिएकाे र सबैलाइ सहभागी हुन अनुराेध गरेकाे कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालले बताए । 

३ किलो सुन तस्करी प्रकरण : १९ करोडको मुद्दा, १० लाखमा रिहा

चीनको केरुङ नाकाबाट तस्करी भएर आएको तीन किलो सुन प्रकरणमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् ।

सुन तस्करीबारे अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । ६ माघमा विभागले रसुवाका रामकृष्ण वाइबा, रसुवाकै गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, सुनिल तामाङ, नीमा डिण्डुप तामाङ र कमल घलेविरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुलाई जनही ३ करोड ८० लाख ९१ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै राजश्व चुहावट ९नियन्त्रण तथा अनुसन्धान० ऐन, २०५२ को दफा ३ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

पाँच जनाविरुद्ध कुल १९ करोड ४ लाख ५५ हजार बिगो र सोही बराबरको जरिवना मागदाबी गरिएको थियो । पक्राउ परेकाहरु सबैलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ७ माघमा उच्च अदालत न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जसमा सबैभन्दा बढी बुद्धिबहादुरसँग १० लाख धरौटी माग गरिएको थियो । बाँकीसँग डेढ–दुई लाख रुपैयाँ धरौटी माग भएको थियो । प्रतिवादी सबै धरौटी बुझाएर रिहा भइसकेको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

ना २ ख ३५९७ नम्बरको गाडीमा फल्स बटम बनाएर यो समूहले गत २४ साउनमा चीनको केरुङ नाकाबाट रसुवा हुँदै ३ किलो सुन तस्करी गरेको थियो । 


सुन गायब भएपछि चालक रामकृष्ण वाइबालाई समेत अपहरण गरेर बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको समेत खुलेको थियो ।

घटनाको पाँच महिनापछि मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी तथा अपहरणको कसुरमा पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

परिसरबाट उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको थियो । उक्त मुद्दामा धरौटी माग भएपछि उनीहरुलाई सुन तस्करीबारे अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा पठाइएको थियो ।

केरुङ नाकाबाट आएको भनिएको उक्त सुन धादिङको खानिखोला आएपछि हतियारधारी समूहले लुटेको बताइएको छ । उक्त कसले लुट्यो र कहाँ पुर्‍यो भन्नेबारे अहिलेसम्म अज्ञात नै छ । यता सुन लुटिएर अपहरण गरेर बन्धक बनाइएका चालक वाइबाले २० लाख रुपैयाँको चेक काटेपछि मात्रै उनी अपहरण मुक्त भएका थिए ।

उनै वाइबाले अपहरणबारे प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान गर्दा अपहरणको कारण सुनसँग जोडिएको खुलेको थियो ।

-अनलाइन खबरबाट

Monday, February 3, 2025

शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्रलाइ अस्तब्यस्त हुन नदिने : शिक्षा मन्त्री भट्टराइ


रसुवा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाइ अन्यौलमा नरहन अनुरोध गर्दै अबको अबिधेशनमा शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्र अस्तब्यस्त रहन नदिने बताउनुभयाे । गौतमबुद्ध माविको ४८ औ वार्षिक उत्सव तथा अभिभावक भेला उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री भट्टराइले साे कुरा बताउनु भएकाे हाे । 

उहाँले सरकारले चाँढै दरबन्दी पुनरावलोकन गरी निबृत्तिभरण कोष बनाउन लागेको बताउनुभयाे । उहाँले  सरकारले हिमाली छात्रावासको अवधारणा पनि ल्याएको जानकारी दिनुभयाे । अब शिक्षकहरु याेगदानमा आधारित सुरक्षा कोषमा समावेश हुने बताउनुभयाे । 

बिशेष अतिथि संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकालले आजको युग अनुसारको शिक्षाका विकासको लागि जोड्दिनुपर्ने बताउँदै स्मार्ट स्कुल आवश्यकता रहेको बताउदै स्वर्गीय नेता रबिन्द्र अधिकारी योगदान स्मरण गर्दै जिल्लाको विकासका लागि विगतमा आफुले पहल लिए अनुरुप विकासका कामहरु अहिले भैरहेको र पछि परेका क्षेत्रहरुको विकास गर्ने बताउनुभयो । 


जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेले विकास क्षेत्रमा पछि परेको नौकुण्ड गाउँपालिका अघि बढेको बताउदै स्थानीयको माग अनुसार एसइइ सेन्टर सिफारिस भएको बताउनुभयो । 

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पसाङबो घलेले पहिलो पटक संघीय सरकारका मन्त्री नौकुण्डमा आउनु भएकोमा खुसी लागेकाे बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्न अनुरोध गर्दै २९ वटा विद्यालय रहेकाे यस पालिकामा एसइइ परीक्षा सेन्टर माग गरे । 

पुर्व जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । सो अवसरमा विद्यालय पुर्व व्यवस्थान समिति अध्यक्षहरू तथा पुर्व प्रधानाध्यापकहरुलाइ दाेलल्ला र सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो । साे अवसरमा विद्यार्थीहरुले रोचक नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीयले लामा, झाँक्री, स्याब्रु नाच प्रस्तुत समेत गरेका थिए । 

साे अवसरमा  जिल्लाका शिक्षक, बुद्दिजिवी, जनप्रतिनिधिहरू, कर्मचारी, पत्रकार, शिक्षा सेवी सहभागी थिए । 



Sunday, February 2, 2025

अनेरास्ववियु सागर लामा


कालिकास्थान, अनेरास्ववियु रसुवा जिल्ला कमिटीको १४ औं जिल्ला अधिबेशनबाट सर्वसम्मत रूपमा सागर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन्। यसै अधिबेशनबाट अन्य पदाधिकारीहरूको चयन पनि गरिएको छ।

उपाध्यक्ष पदमा रोजिना तिमिल्सिना, राजकुमार लामा र पासाङ तामाङ चयन भएका छन् भने सचिव पदमा किप्पा छिरिङ गलन, सहसचिव पदमा सुजन डंगोल, रुस्तम गुरुङ र मुकेश पौडेल चयन भएका छन्। कोषाध्यक्ष पदमा पुष्पा तामाङलाई मनोनयन गरिएको छ।

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति सुरु


रसुवा,  रसुवगढीनाका जाेड्ने  स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । जिर्ण अवस्थामा रहेकाे सडक निर्माण थालनी भएपछि खुसीकाे संचार ल्याएकाे छ ।

 शिलन्यास गरेको करिब छ बर्षपछि स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी-रसुवागढी निमार्णको काम फागुन महिनाको पहिलो साताबाट सुरु गरिने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी’ सडक योजनाले जनाएको छ ।

योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार सोनाम ल्होसार मनाउन गएका चीनीयाँ निर्माण कम्पनीका कर्मचारीहरू आएलगत्तै निर्माणको काम सुरु हुने छ ।

निर्माण कम्पनी चाईना तिबेत टिएनन्यु कम्पनि लिमटेडले २०७६ साल आश्विन ११ गते निर्माणको काम सुरु गर्न सडकको शलिन्यास गरेको थियो । पछिल्लो समय कोभिडका कारण रोकिएको उक्त काम सडकछेउमा रहेका संरचना तथा बिद्युतका तार, घर टहराहरू तथा जग्गाको मुआब्जा समेत बितरण गरिसकेकाले काम सुरु हने श्रेष्ठले बताउनुभयो ।

गल्छी, त्रिशूली स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसारसम्झौता भएको मितिले ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी तीन करोड ७९ लाख अमेरिकी डलरमा निर्माण हुनेछ ।

१७ किलोमिटर लामो सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने दायाँबायाँ छेउमा एक मिटर चौडाईको नाली रहने योजना रहेको छ ।


Saturday, February 1, 2025

बहुगुणी अमलाका धेरै फाइदा


बहु औषधिय गुण्ले युक्त अमला शरिरलाई विशेष गरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ । 

अमलाकाे सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ । अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ । यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ । 

भिटामिन सी : अमला भिटामिन सी को राम्रो स्रोत हो जसले रुघा खोकीको समस्या भगाउनुका साथै मुटु रोग र क्यान्सरमा समेत फाइदा पुर्याउँछ । भिटामिन सीको प्रचुर मात्रा भएका कारण यसले गिजाबाट रगत बग्ने समस्यामा राहत प्रदान गर्छ । 

कोलेस्ट्रोल घटाउँछ :  अमलाले ब्याड कोलेस्ट्रोल हटाउन सहयोग गर्छ जसका कारण मुटु स्वस्थ रहन्छ । स्वस्थ्य डाइट चार्ट अपनाउने बारे सोच्दै हुनुहुन्छ भने आफ्नो खानामा अमला समावेश गर्नु नछुटाउनुहोस् ।

पाचन क्रिया बलियो राख्छः  अमलाको तितो र अमिलो स्वादले पाचन इन्जाइमलाई एक्टिभ बनाउँछ । यसमा अत्यधिक फाइबर पाइने भएकाले पाचनमा समस्या भएकाहरुका लागि यो वरदान साबित हुनसक्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट पनि सफा गर्न सहयोग गर्छ ।


मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्दछ : अमला पाउडर वा सामान्यतया अमला फलले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ किनकि यसले शरीरमा खराब कोलेस्ट्रोलको निर्माणलाई कम गर्दछ। अमलाले शरीरबाट अनावश्यक विषाक्त पदार्थहरू पनि निकाल्छ र रक्त नलीहरूलाई मोटो र बलियो बनाउँछ। अमला पाउडर महसंग सेवन गर्दा हेमोग्लोबिन वृद्धि गर्न सक्छ। त्यसैले, स्वस्थ, खुसी मुटुको लागि अमला खानुहोस् ।

मधुमेहको जोखिमबाट बचाउँछ : अमला खानुका कारणहरू धेरै छन् । त्यसमध्ये यसले रगतमा ग्लुकोजको स्तरमा सकारात्मक प्रभाव पार्छ। अमलामा घुलनशील फाइबरलाई शरीरले बिस्तारै शोषित गर्छ, जसले गर्दा रगतको स्तर बढ्नबाट बचाउँछ।

कपाल झर्नबाट जोगाउँछ : अमलाको तेल युगौंदेखि हाम्रो कपाल हेरचाह प्रणालीको हिस्सा रहेको छ । वास्तवमा यसको वैज्ञानिक आधार छ। अमलाले डन्डीफोरलाई रोक्न मद्दत गर्दछ र कपाल झर्न नियन्त्रण गर्दछ। त्यस्तै अमलालाई अन्य प्रयोजनका लागि पनि खान सकिन्छ । जस्तैः चिसो र खोकी, मुखको अल्सर, डन्डीफोर निको पार्न उपयोगी हुन्छ ।

छालाको लागि उपयोगी : अमलामा भिटामिन सी को प्रचुर मात्रा पाइने हुँदा यसले छालाको हेरचाहका लागि उत्कृष्ट घटक हो, किनकि यसले कोलाजेन उत्पादनमा मद्दत गर्दछ। यसको प्रयोगले बुढ्यौली प्रक्रियालाई ढिलो बनाउँछ र सुन्दर, कोमल छाला कायम राख्न मद्दत गर्दछ।

स्राेत : न्युज एजेन्सीहरूबाट


नेपाल निजामती कर्मचारी संगठनमा पुन: कैसाङ



 रसुवा, नेपाल निजामती कर्मचारी संगठनको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। 

सदरमुकाम धुन्चेमा सम्पन्न  १३ औँ अधिवेशनले  कैसाङ दिण्डुप तामाङको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।

कमिटीमा गोबिन्द आचार्य उपाध्यक्ष तथा अम्बिका देवकोटा महिला उपाध्यक्षमा चयन भएका छन्। चार्ल्स जंग शाही सचिव, बिर बहादुर बुलुन सह सचिव, र कृष्ण प्रसाद ढकाल कोषाध्यक्षमा  निर्वाचित भएका छन्।

सदस्यहरूमा छोवाड। दोर्जे तामाङ, राम सागर यादव, हर्क तामाङ, कलम बहादुर शाही, युगेन लेप्चा, अर्जुन सुबेदी चयन भएका छन्।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा विमल कुमार घिमिरे, मिलन सापकोटा, र ईश्वरी पौडेल, तथा प्रदेश प्रतिनिधिमा खम्बु बोहरा र रन्जना लामा निर्वाचित भएका छन् । 

कार्यक्रममा विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संगठनले निजामती कर्मचारीहरूको हकहितका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ।



प्रेस चौतारी रसुवाकाे अध्यक्षमा पुन: घिमिरे


कालिकास्थान, प्रेस चौतारी नेपाल रसुवा शाखाकाे चौथाे जिल्ला अधिबेशनले पुन : अध्यक्षमा बलराम घिमिरेलाई चयन गरेकाे छ ।

शनिबार कालिकास्थानमा सम्पन्न अधिबेशनबाट नव निर्वाचित कार्यसमितिकाे उपाध्यक्ष विजया तिवारी, सचिव सरस्वती न्यौपाने सचिव, उपसचिव मञ्जु तामाङ, र काेषाध्यक्ष गंगाकुमारी मिजार निर्वाचित भए । सदस्यहरूमा सूर्यबहादुर थाेक्रा, साेममाया तामाङ , सुष्मा न्यौपाने र राकेश लामा रहेका छन् ।

त्यस्तै, केन्द्रीय प्रतिनिधिमा दिपक लामा, गंगा कुमारी मिजार चयन भएका छन्। प्रदेश प्रतिनिधिमा विजया तिवारी र मञ्जु तामाङ निर्वाचित भएका छन्। नयाँ नेतृत्वलाई सपथ ग्रहणसँगै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अधिवेशन समापन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेकाे केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा जिल्ला समन्वय प्रमुख अशाेककुमार घिमिरे, बागमती प्रदेश कमिटी सचिवालय सदस्य कुलप्रसाद भट्ट, प्रेस चाैतारी केन्द्रीय सदस्य तिर्थ नेपाल, जिल्ला इन्चाज दिपक लामा, नुवाकाेट जिल्ला अध्यक्ष श्रीराम अधिकारी, नेपाल पत्रकार महासंघ रसुवाका संस्थापक अध्यक्ष ज्ञानेन्द्रनाथ न्याैपानेले शुभकामना दिएका थिए ।

बन्दसत्रमा केन्द्रीय निर्वाचन कमिटी उपाध्यक्ष नबराज ढकाल लगायतले निर्वाचन प्रक्रिया बारे जानकारी दिएका थिए ।




Monday, January 27, 2025

सानो हाकुका युवाले बेमौसमी तरकारी र फलफूल खेतीबाट आयआर्जन



सरस्वती न्यौपाने 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर २ सानो हाकुका युवाहरूले बेमौसमी तरकारी र फलफूल खेती गरेर आयआर्जन मा वढावा दिएका छन ।

२०८० साल वैशाख ७ गते कम्पनी रजिस्ट्रारको कार्यालय बालाजु  र उद्याेग तथा वाणिज्य कार्यालय धुन्चेमा सानो हाकु कृषि उद्याेग प्रालि ( सानो हाकु एग्रो ) दर्ता गरेर ३३ जना सेयर सदस्य मिलेर दिर्घकालीन कृषिमा बेमौसमी तरकारी र फलफुल फलाउने र पुरै गाउँलाई समेत प्रोत्साहन मिल्ने गरी नाफा मुलक आम्दानी गराउने र परनिर्भर नभई आत्मनिर्भर बनाउने उद्देश्य  रहेको प्रालिका अध्यक्ष रोनास तामाङले जानकारी दिए । 

कम्पनी दर्ता गरेर काम सुरूवात गरेको र हाल नाफा लिने भन्दा पनि बेचबिखन गर्ने चरणमा रहेको छ । नाफा पछिल्लो वर्षहरूमा हुनेछन । परम्परागत खेतीलाई आधुनिकीकरण गरेर लैजाने र गाउँलेहरूलाई पनि प्रोत्साहन गर्ने रहेको छ । फलफूलमा किवि, कागती, दाते अ‍ोखर, सुन्तला, हलुवाबेद रहेको छ । नगदेबालीमा खुर्सानी, बेसार, लसुन, अदुवा, कुरिलो, साग, धनियालगायतका रहेको प्रालिका अध्यक्ष तामाङ वताउछन् । 

१ सय रोपनी भिरालो जमिनमा अर्गानिक खेतीमा लागेका युवाहरूको जोस जाँगरले जो कोहीलाइ पनि प्रोत्साहित गर्छ । बैदेशिक रोजगारीमा जाने हरेक युवाहरूलाई समेत एक सकारात्मक सन्देश दिने काम रोनाश तामाङको टिमवाट भएको बताए ।  यसको लागि सवैले सहयोग गर्नु पर्नै रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले वताए । 

आमाछोदिङमो गाउँ पालिका उपाध्यक्ष चण्डिका तामाङले युवाहरूले गरेका काम उच्चस्तरिय रहेको बताइन्  । सवै युवाहरूले बाँझो जग्गा हरूमा यस्तै आयमुलक काम गर्ने हो भने कामका लागि विदेश जानु पर्दैन । यस्तै वडा अध्यक्ष कामी लाक्पा तामाङले  युवाहरूकाे कामले पुरै हाकु गाउँवासीहरू प्रभावित भएका छौ । 

रोनास तामाङ पनि वैदेशिक राेजगारिवाट आफ्नो गाउँ सानो गाउँमा केही गराैं भनेर टिम खडा गरी कृषि पेशालाई नै वढावा दिनुपर्छ भन्ने सोचले गर्दा आज उनको काम प्रति सवैको चासोको विषय वनेको छ । राम्रो काम को नतिजा ठिला हुन्छ तर दिगो हुन्छ र मिहेनतको फल मिठो हुन्छ भन्ने  विदेश बस्दा थाहा पाए । यही अनुभवबाट उनी मिहेनत गर्ने युवामा पर्दछन ।


Tuesday, January 21, 2025

पाँचाैं अकिआस कप फुटसल २०८१ को उपाधि नुवाकोटको सूर्यगढीलाइ


रसुवा, शैक्षिक, ज्ञानी, बाैद्विक र प्रज्वलित समाज (अकिआस) रसुवाद्वारा ०८१ माघ २ देखि ८ गतेसम्म आयाेजित  खुल्ला फुटसल खेलकाे उपाधि नुवाकोटको सूर्यगढी युवा क्लबले हात परेकाे छ । 

फुटसल कप २०८१ फाइनल खेलमा सूर्यगढी १–० गोल अन्तरले डाँडागाउँको रेडपाण्डा क्लबलाई पराजित गरेको हो । धुन्चे स्थित बालमन्दिर प्राङगणमा सञ्चालन भएको थियो । सूर्यगढीले उत्कृष्ट प्रदर्शन गर्दै रेडपाण्डालाई पराजित गर्न सफल भएको हो। फाइनल खेलमा दुवै समूहका खेलाडीहरूले राेचक र समन्वयपूर्ण खेल प्रदर्शन गरे। 


प्रतियोगितामा कुल १९ टिमहरूको सहभागिता रहेको थियो। विजेता टिम सूर्यगढी नवौं युवा क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित  २ लाख २ हजार  २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छ भने उपविजेता रेडपाण्डाले  मेडल र प्रमाणपत्र सहित १  लाख १  हजार १  सय ११  रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य मोहन आचार्यले खेलकुदको विकासको निम्ति सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । जिल्लाभित्र छरिएर रहेका खेलप्रेमी युवाहरूलाई एकैथलोमा ल्याएर अध्ययनलाई निरन्तरता दिई खेलकुदको माध्यमबाट अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक अकिआसका अध्यक्ष निवेश श्रेष्ठले जानकारी दिए । 

आगामी दिनमा पनि खेललाई निरन्तर अगाडि बढाइने अकिआसका अध्यक्ष श्रेष्ठले बताए । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।



त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिएको छ। 

समापन कार्यक्रममा प्रमुख अतिथि आचार्य सहित प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, नौंकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बाे घले, मध्यवर्ती  क्ष्रेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा , जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लाेप्चन, नाैकुण्ड-६ का वडा अध्यक्ष याेनुर्पु तामाङ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थीलगायत पत्रकाहरूको उपस्थिति रहेको थियो। 









नेपाल–चीन सीमा सम्बन्धी द्विपक्षीय समन्वय बैठकमा के भयाे ?


रसुवा, जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्वमा माघ ५ गते रसुवागढीमा नेपाल–चीन सीमासम्बन्धी द्विपक्षीय सीमा समन्वय बैठक सम्पन्न भएको छ। 

माघ ६ गते सम्पन्न बैठकमा नेपाली पक्षको नेतृत्व रसुवा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले र चिनियाँ पक्षको नेतृत्व जिलोङ इमिग्रेशन इन्स्पेक्सन स्टेशनका स्टेशनमास्टर शजु जिन्शुईको सहभागितामा सम्पन्न गरिएको थियो। 

बैठकमा सीमा सुरक्षादेखि व्यापार सहजीकरण, दुवै देशका नागरिकका समस्याहरू समाधान गर्ने विषयमा छलफल भएको थियो। बैठकले ई-पास स्वीकृति, सीमा अपराध नियन्त्रण, नेपाली नागरिकका अवस्था बारे जानकारी आदान-प्रदान, र कानूनी व्यवस्थाको पालना जस्ता विषयमा सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन्।

साथै बैठकमा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी पौडेल सहित ११ जना र चिनियाँ पक्षबाट स्टेशन मास्टर जु जिन्शुई सहित ७ जना अधिकारीहरू सहभागिता रहेको थियो ।




Tuesday, January 14, 2025

बेत्रावतीमा ११ हल गाेरू जुधाइ


रसुवा,  रसुवा र नुवाकाेटको संगमस्थल वेत्रावतीमा ११ हल गोरु जुधाईएको छ । किसानले पालन गरेका मध्येबाट छनोटका आधारमा यसअघि दर्ता भएर तयारीमा राखेका गोरुलाई एक–अर्कासँग जुधाई प्रदर्शनी गरिएको गोरु जुधाई प्रदर्शनी गरिएकाे हाे । 

वेत्रावतीमा अघिलो दिन सोमबारदेखि नै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मंगलबार गोरु जुधाई प्रदर्शनी सहितको विभिन्न मनोरञ्जन गर्दै माघेसक्रान्तिम पर्व मनाइएको हो ।

गोरु जुधाई प्रदर्शनीको अवलोकन गर्न आयोजित कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र ईतिहाससँग जोडिएको गोरु जुधाई परम्पराको एकिन तथ्यका आधारमा यसको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोग सहित सहआयोजकको रुपमा गोरु जुधाई सञ्चालन गर्दै आएकाले आगामी दिनमा थप सहयोगका लागी वर्षिक नीति तथा कार्यक्रममा समावेश गराउन लागिएको नगरप्रमुख श्रेष्ठले बताए । बेत्रावतीमा यस वर्ष १० हल गोरु जुधाइएको छ। 

विजेता तथा उपविजेता गोरु धनीलाई नगद पुरस्कार प्रदान गरिएको छ। क र ख वर्ग गरेर गरिएको जुधाइमा जित्ने गोरु धनी किसानलाई १५ हजार रुपैयाँ र दोस्रो भएको गोरुको धनी कृषकलाई १३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।  

तारुकाको चन्दनीमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परा रहेकाे छ । 

भूमि आयोगमा जनक राज उपाध्याय



रसुवा, सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा जनक राज उपाध्यायलाई नियुक्त गरेको छ। रसुवाको उत्तरगया गाउँपालिका वडा नं ३ का जनक राज उपाध्यायलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गर्दै सरकारको तर्फबाट विशेष जिम्मेवारी प्रदान गरिएको हो।

भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै छ ,सात जिल्ला बाहेक बाँकी ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिनुभएको छ ।

उक्त निर्णयले उपाध्यायले भूमि सम्बन्धी समस्या समाधान गर्न, भूमिहीन तथा सुकुम्बासीलाई व्यवस्थित गर्न, र स्थानीय स्तरमा सम्पत्ति व्यवस्थापनका लागि रणनीति तयार पार्न नेतृत्व प्रदान गर्ने छन्।

सरकारको नेतृत्वमा आयोगले छिटो, पारदर्शी र न्यायसंगत रूपमा समस्या समाधान गर्ने विश्वास लिएको छ। नियुक्तिपछि उपाध्यायले आयोगको मुख्य उद्देश्य भूमिहीनलाई लालपुर्जा वितरण गर्ने र विवादित जग्गाको समाधानमा ध्यान केन्द्रित गर्ने आशा रहेको छ।