'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

सानो हाकुका युवाले बेमौसमी तरकारी र फलफूल खेतीबाट आयआर्जन



सरस्वती न्यौपाने 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर २ सानो हाकुका युवाहरूले बेमौसमी तरकारी र फलफूल खेती गरेर आयआर्जन मा वढावा दिएका छन ।

२०८० साल वैशाख ७ गते कम्पनी रजिस्ट्रारको कार्यालय बालाजु  र उद्याेग तथा वाणिज्य कार्यालय धुन्चेमा सानो हाकु कृषि उद्याेग प्रालि ( सानो हाकु एग्रो ) दर्ता गरेर ३३ जना सेयर सदस्य मिलेर दिर्घकालीन कृषिमा बेमौसमी तरकारी र फलफुल फलाउने र पुरै गाउँलाई समेत प्रोत्साहन मिल्ने गरी नाफा मुलक आम्दानी गराउने र परनिर्भर नभई आत्मनिर्भर बनाउने उद्देश्य  रहेको प्रालिका अध्यक्ष रोनास तामाङले जानकारी दिए । 

कम्पनी दर्ता गरेर काम सुरूवात गरेको र हाल नाफा लिने भन्दा पनि बेचबिखन गर्ने चरणमा रहेको छ । नाफा पछिल्लो वर्षहरूमा हुनेछन । परम्परागत खेतीलाई आधुनिकीकरण गरेर लैजाने र गाउँलेहरूलाई पनि प्रोत्साहन गर्ने रहेको छ । फलफूलमा किवि, कागती, दाते अ‍ोखर, सुन्तला, हलुवाबेद रहेको छ । नगदेबालीमा खुर्सानी, बेसार, लसुन, अदुवा, कुरिलो, साग, धनियालगायतका रहेको प्रालिका अध्यक्ष तामाङ वताउछन् । 

१ सय रोपनी भिरालो जमिनमा अर्गानिक खेतीमा लागेका युवाहरूको जोस जाँगरले जो कोहीलाइ पनि प्रोत्साहित गर्छ । बैदेशिक रोजगारीमा जाने हरेक युवाहरूलाई समेत एक सकारात्मक सन्देश दिने काम रोनाश तामाङको टिमवाट भएको बताए ।  यसको लागि सवैले सहयोग गर्नु पर्नै रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले वताए । 

आमाछोदिङमो गाउँ पालिका उपाध्यक्ष चण्डिका तामाङले युवाहरूले गरेका काम उच्चस्तरिय रहेको बताइन्  । सवै युवाहरूले बाँझो जग्गा हरूमा यस्तै आयमुलक काम गर्ने हो भने कामका लागि विदेश जानु पर्दैन । यस्तै वडा अध्यक्ष कामी लाक्पा तामाङले  युवाहरूकाे कामले पुरै हाकु गाउँवासीहरू प्रभावित भएका छौ । 

रोनास तामाङ पनि वैदेशिक राेजगारिवाट आफ्नो गाउँ सानो गाउँमा केही गराैं भनेर टिम खडा गरी कृषि पेशालाई नै वढावा दिनुपर्छ भन्ने सोचले गर्दा आज उनको काम प्रति सवैको चासोको विषय वनेको छ । राम्रो काम को नतिजा ठिला हुन्छ तर दिगो हुन्छ र मिहेनतको फल मिठो हुन्छ भन्ने  विदेश बस्दा थाहा पाए । यही अनुभवबाट उनी मिहेनत गर्ने युवामा पर्दछन ।


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music