ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, October 17, 2026

ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको कालिका मन्दिर

 

कालिका गाउँपालिका-२, कालिकास्थानमा रहेको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तीर्थस्थल कालिका मन्दिरमा वडा दशैमा चहलपहल हुने गर्दछ तर यसवर्ष दशैकाे चहलपहल धेरै हुन सकेन । भाेटेकाेसीकाे बाढीका कारण केही गुमेका तथा आफन्त बेपत्ता भएका कारण पनि पुजाआजा गरेनन् भने रमाइलो पनि भएन ।

महत्व

प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । दोस्रो पटक नेपाल (चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई लघारेर बेत्रावती पुर्या एपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए । त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ । 

परापूर्व कालमा अन्यत्र जोडिएको जस्तो स्थानीय धार्मिक कार्यका लागि भाँडाकुँडा दिने प्रचलन यहाँ पनि थियो । हाल रहेको मन्दिरभन्दा केही तल पहरामा अवस्थित कालिका माईले आवश्यकता र नियमानुसार कार्यको लागि भाँडाकुँडा माग भपमा उपलब्ध गराउने गरेकाे जनविस्वास छ । पछि नियमानुसार प्रयोग नभएपछि माई रिसाएर भाँडाकुँडा माग्दा दिन छोडेकी हुन् भन्ने किंबदन्तीसमेत् रहेको छ । 


वि सं २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहाँसिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । 

यही मन्दिरको पूर्वपट्टि चिउरीबोट नजिकै नेपाल (चीन युद्द हुँदा बखत् निर्माण भएको कोतघर जुन् अहिले अवशेष छैन । यहाँ वरपर रहेका ऐतिहाँसिक गढीहरू कमारेगढी, घलेगढी जस्ता ऐतिहाँसिक स्थलहरूको उचित प्रचारप्रसार गर्न सके यहाँ वरपरका वस्तीहरू पर्यटकीय क्षेत्र बन्न सक्नेछ ।



कालिका मन्दिर वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरू

कालिका मन्दिरसँग सम्बन्धित् भिडियोहरू



No comments:

Post a Comment