ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, August 15, 2023

उपसमिति गठन गरी गोसाइँकुण्ड मेला व्यवस्थापन गरिदै

 


धुन्चे, साउन ३१ । हरेक वर्ष जनैपूर्णिमाका अवधिमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमको अध्यक्षतामा बसेको जिल्लास्तरीय बैठकले मेला व्यवस्थापनका लागि उपसमितिहरू गठन गरेको हो ।


वर्षैभरि गोसाइँकुण्डमा तीर्थालुहरू स्नान र भ्रमणका लागि आउने गरेका भएपनि गंगा दशहरा र जनैपूर्णिमाका बेलामा विशेष मेला लाग्दछ । यस वर्ष भदौ १० देखि १४ सम्म विशेष मेला लाग्दैछ ।

गठित उपसमितिको विवरण 

क्र.सं

उपसमितिको नाम

संयोजक

सदस्यहरू

१.

 सरसफाइ तथा खानेपानी

गोसाइँकुण्ड-६ वडा कार्यालय

नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति, होटल व्यवसाय, ल्याकोस

वातावरण संरक्षण

सहायक प्रमुख संरक्षण अधिकृत  

ल्याकोस, डी.वै.टी.डी.एस. , सुर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति

स्वयंसेवक

नेपाल रेडक्रस सोसाइटी रसुवा ,

 

नेपाल स्काउट, सक्षम नेपाल

दररेट निर्धारण

चेम्बर अफ कमर्स,

उद्योग वाणिज्य, होटल व्यवसायी

स्वास्थ्य शिबिर

गोसाइँकुण्ड गाउँपालिका

जिल्ला स्वास्थ्य कार्यालय रसुवा, जिल्ला आयुर्वेद कार्यालय

प्रचारप्रसार

नेपाल पत्रकार महासंघ,

डी.वै.टी.डी.एस.

उद्वार व्यवस्थापन

जिल्ला प्रशासन कार्यालय रसुवा,

तीनवटै सुरक्षा निकायहरू ,लाङटाङ राष्ट्रिय निकुन्ज

यातायात व्यवस्थापन

गोसाइँकुण्ड-६ वडा कार्यालय  

 ट्राफिक प्रहरी, व्यवसाय संघ, उद्योग वाणिज्य

अनुगमन

जिल्ला प्रशासन कार्यालय,

गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, नागरिक समाज, सुरक्षा निकायहरू

१०

समन्वय तथा आन्तरिक व्यवस्थापन

गोसाइँकुण्ड क्षेत्र विकास समिति

 

११

थर्पु व्यवस्थापन

उपसमिति संयोजकमा स् लामटाङ राष्ट्रिय निकुञ्ज,

गोसाइँकुण्ड क्षेत्र विकास समिति, सूर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति

 

१२

घोडाचढी व्यवस्थापन

गोसाइँकुण्ड – ५ वडा कार्यालय

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सुर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति

१३

धुन्चे बजार बत्ती व्यवस्थापन

गोसाइँकुण्ड-६ वडा कार्यालय

जिल्ला विद्युत प्राधिकरण रसुवा, चेम्बर अफ कमर्स

 

गठित उपसमितिहरूले आगामी भदौ ३ मा बस्ने बैठकमा आ-आफ्नो कार्ययोजना प्रस्तुत गर्ने र छलफल हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।


गोसाइँकुण्डयात्रा गर्दै हुनुहुन्छ ?? गोसाइँकुण्डको बारेमा जान्न यहाँ जानुहोस् ।  

Monday, August 14, 2023

लुकेको पर्यटकीय गन्तव्य : साङ्जेन भ्याली

 

साञ्जेन खर्क/भ्याली, रसुवा 

तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ ।करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।


 यसभित्र

    साञ्जेन भ्यालीको परिचय

    -- रसुवा जिल्ला, आमाछोदिङ्मोा गाउँपालिका अन्तर्गत रहेको साङ्जेन भ्याली (उपत्यका) समुद्री सतहबाट ३७४० मीटर उचाईमा अवस्थित छ ।

    -- रमणीयस्थल हुँदाहुँदै पनि साङ्जेन भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन ।

    -- तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ । करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।


    चीनको स्वशासित क्षेत्रको सिमानामा रहेको यो क्षेत्रमा लोपोन्मुख जडीबुटी पाइन्छन् ।यार्सागुम्बा, कुटकी, सर्पगन्धा, पाँचऔँले, जटामसीलगायतका बहुमूल्य जडीबुटीको धनी क्षेत्र पनि हो साङ्जेन भ्याली । घाँसेमैदानको पर्याप्तता रहेको यस क्षेत्र चौँरी, भेडा र च्याङ्ग्रापालनको लागि पनि उपयुक्त रहेको छ ।

    साञ्जेन उपत्यकाको नजिकबाट गणेश हिमाल, साङ्जेन हिमाल र पाल्दोर पिकलाई देख्न पाईन्छ । हिमाली ग्ल्यासियरको दृश्यले सबैलाई मोहित बनाउँछ ।


    -- आवास पूर्वाधारको व्यवस्था नभएपनि क्याम्पिङ ट्रेकिङ गर्न सकिन्छ । स्थानीयहरू चौंरी र भेडी गोठहरूमा बास बसेर पनि यात्रा गर्ने गर्दछन् ।

    साञ्जेन भ्याली र वरपरका आकर्षणहरू

    -- विभिन्न खर्कहरू : सुन्दुर खर्क , खोला खर्क, डिल्पु कुण्ड, मुलखर्क, नादाङ खर्क, डाडाँ खर्क मनोरम पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमाल, तिबब्तीयन हिमालका दृष्यले यहाँको सौन्दर्य थपेको छ ।

    -- वन्यजन्तुहरू झारल, घोरल, थार, कस्तुरी, मृग, बँदेललगायतसँग जम्काभेट यहाँको अर्को आकर्षण हो।

    -- तामाङ संस्कृति, भेषभूषा र रहनसहन अर्को महत्वपूर्ण आकर्षकीय पाटो हो ।

    कसरी पुग्ने साञ्जेन भ्याली ?

    -- चिलिमे थाम्वुचेतवाट तातोपानी हुँदै एकदिन पैदल यात्रा हिंडाई पछि यो खर्क पुग्न सकिन्छ । तातोपानीदेखि छरप्चुङ वगर, साङजेन खोला भित्रका जेजुङमा खोला, साङजेन खर्क भित्रका मोरप्पा खर्क, मल्र्कु खर्क, छुलिङ खर्क, मरकोङ खर्क, ज्यार्के वासा, चेरा वासा, सादी, नादाङ, चेदाङ, पराङ, दोगोरग, व्राङजे ९ खोला खर्क हुँदै जागेश्वर कुण्ड, साञ्जेन, पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमालका वरपर पुग्न सकिन्छ ।

    -- गतलाङको पार्वतीकुण्ड हुँदै जागेश्वर कुण्ड हुँदै पनि साञ्जेन भ्यालीसम्म पुग्न सकिन्छ ।

    तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला । तपाईबाट सुधारको आशा सहित

     


    ओझेलमा दुधकुण्ड (पेदाङ छो)

    फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।

     

      दुधकुण्ड (पेदाङ छो) को परिचय

      नेपाल चीन सिमाना अर्थात् गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने यो दुधकुण्डलाई स्थानीयहरू 'पेदाङ छो' भन्दछन् । यस कुण्डको पानी अन्यत्रको पानी भन्दा सेतो छ । चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुध जस्तै भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ ।

      फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।


      कुण्ड कसरी पत्ता लाग्यो भन्ने विषयमा भने कसैको फरक मत छ । स्थानीय उर्केन घले भने ‘तिव्वतको लेन्देबाट आएका गोठालाहरूले देखेर पत्ता लगाएको वताउँछन् । आकाशमा बादल लाग्दा कुण्डको पानी पुरै दुध जस्तै देखिन्छ ।’

      विभिन्न प्रमाणको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा बर्षेनी भदौ पूर्णिमाका दिन मेला लाग्दछ । यहाँ पुगेको वर्ष झाँक्रीहरूले तीन वर्ष दर्शन गर्न आउने नआउने निर्क्यौल गर्नुपर्ने प्रचलन छ ।


      टिमुरेबाट २ दिन पैदल हिडेर पुग्न सकिने दुधकुण्ड समुन्द्री सतहबाट करिव ४ हजार ७ सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट, सुरम्य वातावरण थरिथरिका फूलको वासना, मृग उफ्रेका र डाँफे चरी नाँचेको देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएको महसुस हुन्छ । साँच्चै प्रकृतिका बिभिन्न थरिका मनोरम दृष्यहरूले चुनौतीपूर्ण यात्रा नै भए पनि त्यहाँ स्थानमा पुग्ने सबैलाई लाग्छ एकपटक पुग्नै पर्ने गन्तव्य रहेछ दुधकुण्ड ।

      धार्मिक तथा पर्यटकीय महत्वको पवित्र तीर्थस्थल दुधकुण्ड तर्फको यात्रा गर्दा तीर्थयात्रीले फरक मार्ग आउने जाने र फरक दृष्य हेर्न पाईने सुविधा छ । जाँदा घट्टेखोला र फर्कदा खैदीहुँदै टिमुरे फर्कने मार्ग छ । पापबाट मुक्ती पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि दुधकुण्ड पुग्दछन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने विश्वास रहेको छ । कुण्डमा नुहाउन डुबुल्की मारेपछि कुण्डको सतहबाट एउटा ढुङ्गा टिप्ने र त्यसलाई जतनसाथ ल्याएर घरमा राख्नाले छोरा नहुनेको छोरा जन्महुने र बच्चा पैदा नभएसम्म घरमा पूजा गरेर राख्नुपर्ने जनविश्वास रही आएको छ ।


      दुधकुण्ड र वरपरका आकर्षण तथा महत्वहरू

      -- यात्राभर नेपाल र तिब्बती भू–भागका हिमाल , रमणीय खर्कहरू वनस्पति, वन्यजन्तुहरू जस्ता विभिन्न दृष्यहरू देख्न सकिन्छ ।
      -- प्राकृतिक दृष्य, जैविक विविधताले यो स्थान पुग्ने कसैको पनि मन प्रफुल्लित हुन्छ ।
      -- सुवुरगाङ् गुम्बा,खैदीको गुरूगुम्बा, एक औलाले हल्लाए जति जनाले सक्दो बल गरेर हल्लाए पनि उत्तिकै हल्लीने अनौठो ढुङ्गा देख्न सकिन्छ ।


      -- दुधकुण्ड क्षेत्रमा धेरै प्रकारका जडिबुटी कस्तुरी, झारल मृग, हिमचितुवा, गिद्ध, डाँफे, चौरी र भेडा पाल्ने रमणीय खर्कहरू रहेको छ ।

      -- आउँदा र जाँदा फरकफरक मार्गको प्रयोग र फरक फरक दृश्यावलोकन ।


      कसरी पुग्ने दुधकुण्ड (पेदाङ छो)

      -- टिमुरेको घट्टेखोलाबाट, धुम्बाबु, धोजु, तोङया नालुङखर्क, लाङटाङ बासा, चेन्दुलुङ पाखा,चेन्दुलुङ खोला, चौरी खर्क भेडा खर्कहुँदै दुधकुण्ड पुग्न सकिन्छ ।
      -- यात्रा गर्दा ३ दिनको यात्रा तय गर्दा राम्रो हुन्छ । सो दिन कुण्डमा स्नान गरी फर्कदा गाङसेर, कालोकुण्ड घ्यागर छो झारलखर्क, याङछोसा, देउराली रावुलाप्चे ,सिङयुल ,डुप्चु, जार्सा, क्यारूङ, थाङसेम्बु, ब्राङगा हुँदै फर्कन सकिन्छ ।


      तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


      सन्दर्भ स्रोत : हेमनाथ खतिवडाको ब्लग





       
      दुध कुण्ड (पेदाङ छो)

       

      जोखिम बस्तीका बासिन्दालाई जस्तापाता वितरण



      सरमथली, २९, साउन । नौकुण्ड गाउँपालिका, वडा नं ३ मा पहिरोको उच्च जोखिममा रहेका १३ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । वडा नं ३ का वडाअध्यक्ष नोकेन्द्रदेव तामाङको पहलमा २/२ बण्डलका दरले जस्तापाता वितरण गरिएको रमेश तामाङले जानकारी दिए । वर्षात् अवधिमा अन्यत्र टहरा बनाउन सहयोगस्वरूप उक्त जस्तापाता वितरण गरिएको तामाङले जानकारी दिए । 


      पहिरोको उच्च जोखिम रहेको बिक बस्तीमा उद्दारका लागि जस्तापाता वडा अध्यक्षको पहलमा वितरण गरिएको हो । 


      साथै वडा कार्यालयले बाढीबाट प्रभावित वा भत्केको सडकसमेत् मर्मत गरी आवतजावतमा सुविधा पुर्‍याइएको छ ।

      कविता : देश आफ्नो, सञ्चालन अर्कैको


      @

      शिबप्रसाद लामिछाने



      धेरै दिन बितिसकेछ

      मैले त बिर्सिसकेछु ।

      भुसुक्कै बिर्सिसकेछु ।।

      मेरो आफ्नै

      जुन् सबैभन्दा नजिक छ

      त्यसमा म रमाईरहेछु ।

      तर पनि मलाइ थाहा छ

      त्यो मेरो हैन

      कुनै पराई हो

      म किन रमाईरहेछु ?

       

      प्रश्न गर्छु आफैंसँग

      अनि, पुनः कल्पना गर्छु

      जुन् मेरो सबैभन्दा नजिक छ

      ऊ मेरो आफ्नै हो भन्ने

      मेरा रहर, सपना प्रमाणित गर्छन्

      अनि मेरो मुटु

      तर, मष्तिस्क सामुन्ने फर्किरहेछ

      मबाट टाढा तर्किरहेछ

      वास्तविकता र सपना नियालिरहेछ

      र सुन्य फूलबारीमा टोलाईरहेछ

      उक्त सुन्यताको दोबाटोमा

      हाम्रो सहयोग मागिरहेछ ।।

      -गोसाइँपुञ्ज, पहिलो सँगालो- २०६५ बाट   

      Sunday, August 13, 2023

      ऐतिहाँसिक गुर्फु गुम्बा

      नौकुन्ड गाउँपालिका वडा नं ३ को पार्‍च्याङ भन्दा माथि एउटा सुन्दर गाउँ रहेको छ। उक्त गाउँलाई घ्याङ भन्ने नामले चिनिन्छ । करीब २८ घरधुरी भएको घ्याङ गाउँ आफैमा सुन्दर गाउँ मिलेर रहेको बस्तीसँग एउटा छुट्टै इतिहास रहेको छ जहाँ ठूलो ढुंगाको पहरा भित्र एउटा गुम्बा समेत रहेको छ भने त्यो हो गुर्फु गुम्बा ।


      गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।


         ऐतिहाँसिक गुर्फु गुम्बाको परिचय


        इतिहास अनुसार उक्त गुम्बा करिब १७ औं पुस्ता अगाडि देखिकै हो । परापूर्वकालमा एकजना कर्म छेसाङ लामा नाम गरेको म्हेमे हजुरबुवा तिब्बतबाट बसाइ सराई गरी सिन्धुपाल्चोकको हेलम्बु भन्ने स्थानमा आएर बस्नु भएको रहेछ । सबै दाजुभाइ जवान भैसकेपछि आ-आफ्नो जजीविकोपार्जनको लागि आफ्नै इच्छाले विभिन्न स्थानमा बास खोज्दै जादा एकजना हजुरबुबा न्हुप ह्योल्मो पुगेर यहाँ आउनु भएछ । जब उक्त स्थानमा आइपुग्दा अहिले रहेको गुर्फु गुम्बाभन्दा केही तल बास बस्न पुगेछन् । जुन दिनदेखि हजुरबुबा त्यो ठाउँमा बस्न थल्नुभयो । त्यही वरपर जङ्गल भित्र बिहान बेलुका विभिन्न बाजाहरु बजेको आवाज सुनिन थाल्यो र बाजा कता बजेको रहेछ त भनी हजुरबुबा दिनकै खोज्न थाल्नु भयो तर ६ दिन सम्म पत्ता लगाउन सक्नुभएन त्यसपछि बाजा बजाउने पूजापाठ गरिरहनु भएका लामा गुरुहरु त्यो ठाउँबाट काहीँ उम्केर जान नसकुन् र बाटो नबिर्सियोस् भनेर रेशमी धागो (क टुप) को पोको लिएर बिस्तारै बाजा बजिरहेको ठाउँमा पुग्दा जहाँ यस्तो दृश्य देखियो लामा गुरुहरू सबै विभिन्न बाजाहरु
        , झुर्मा, घन्टा, लाभ, ढ्याङ्ग्रो, शंख लगायतका धेरै थरिका बाजाको साथमा पूजापाठ गर्दै गरेको देख्नुभयो र जब त्यसलाई कर्मछेसाङ म्हेमेले छुनुभयो । सबै ढुङ्गा भएको रहेछ । र त्यो ठाउँ लाई गुर्फु भन्ने नाम दिनुभयो ।

        गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।


        हत्या पश्चात् त्यहाँका केही ब्यक्तिहरुले हजुरबुवाले लाउनुभएको बुद्दचित्तको र फ्रेङा (माला) र टोपी ( पेस्यो) ,लौरो (बेर्गा ) ,पछ्यौरा (अर्थि/ श्हेन) लाससँगै भेटेको हुँदा ओहो यो त लामा गुरु पो हुनुहुदो रहेछ हामीले गलत काम गरेछौं भनेर लास हेर्न खोज्दा अचानक त्यहाँ लास नै नरहीकन गायब भएको थियो ! तर आश्चर्यको कुरो केहो भने गुरुसँग भएको सबै बस्त्रहरू उडेर गुर्फु गुम्बामा आइसकेको थियो ।

         

        जब कर्म छेसाङ हजुरबुबा लामा/ गुरु/ म्हेमे को शेष पश्चात उहाँको अवतारीको रूपमा हेलम्बु सिन्धुपाल्चोकमा खम्बा टुल्कु म्हेमेको जन्म भयो । जब खम्बा टुल्कुको जन्म भएपछि न्हुप ह्योल्मोमा हाम्रो गुर्फु गुम्बा रहेको भनी बोलेको र खोज्दै यही गुर्फुगुम्बामा आइपुग्नु भयो र त्यही घ्याङ गुम्बा भित्रैबाट आफैंले अदृश्य ज्ञान प्राप्त गर्नुभयो ।  आफ्नो सन्तान बढाउदै यही बस्नुभयो । खम्बा टुल्कुको सन्तान सत्र पुस्ता भैसकेकोमा १६ पुस्ता सम्म सबै जना घ्याङको ओडार भित्र रहेको घरमा नै जन्मदेखि मरणसम्म भएको इतिहास छ ।


         

        यस गुर्फु गुम्बा ओडारभित्र रहेको हुँदा यस्को छुट्टै इतिहास रहेको छ उक्त गुम्बा नजिकै लामा गुफा बस्ने स्थान पनि रहेको छ । उक्त स्थानमा जब लामा गुफा बस्न सुरु गर्छन त्यही दिनदेखि १ ठाउँबाट पानी र अर्कोबाट दुध जस्तो पानी आउन थाल्यो भनिएको छ  । गुफा बस्दा निगालोलाइ कलम बनाएर टुकी बत्तीको कालोमा तेल हालेर काठमा लेखेर सिकाउने गरिएको थियो  र उक्त गुम्बाभित्र गुफा अर्थात् अन्दाजी १५ मिटर भित्र सुरुङ समेत् रहेको छ । यस गुर्फु गुम्बाभित्र धेरै बर्ष पुरानो ढ्याङ्ग्रो पनि देख्न सकिन्छ।

        गुम्बाको पूर्वपट्टि एउटा ढुङ्गा रहेको छ, उक्त ढुङ्गा सबभन्दा पहिला भेट्टिएको ढुङ्गा पनि हो । यस गुम्बाभित्र र छेउछाउमा बङ्गुरको मासु लान नहुने, भैसीको गोबर प्रयोग गर्न नमिल्ने, गुम्बा वरपरको बाटोमा भैंसी धपाउन नमिल्ने यदि त्यसो गरेमा गाउँमा रोगब्याधी आउने,प हिरो, हावाहुरी आउने गरेको अनुभव घ्याङ बासीको रहेको छ ।

        ऐतिहाँसिक गुर्फु गुम्बा वरपरको आकर्षण

        Coming soon

        ऐतिहाँसिक गुर्फु गुम्बा कसरी पुग्ने ?

        Coming Soon 


        यो सामग्री नौकुण्ड गाउँपालिका पूर्व उपाध्यक्ष सिर्जना लामाले तयार गरी पठाउनुभएको हो । 


        Saturday, August 12, 2023

        पर्यटकीय स्थल : स्याउबारी

        यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।



          स्याउबारीको परिचय

          रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल हो । गोम्बाडाँडा र राम्चेको बीचमा रहेको यो स्थल पछिल्लो केही समयदेखि पिक्निक स्पोटको रूपमा पनि रहँदै आएको । राजनीतिक होस् या सामाजिक कार्य/ वा भेला / समारोहहरू यहाँ आयोजना हुने गरेको छ ।

          पासाङल्हामु राजमार्गदेखि नै फैलिएको यो स्याउबारीमा रेडियो लाङटाङ ९०.३ मेगाहर्जको मुख्य स्टेशन पनि रहेको छ । गणेश हिमाल, उत्तरगया गाउँपालिका रसुवा तथा नुवाकोटको मनकामना, फिकुरी, ताजी, काउले, भाल्चे, तुप्चे, कोलनी, त्रिशूलीसम्मको मनोरम दृश्य देखिने यो स्थल तथा परिसरलाई पर्यटकीय हब बनाउन स्थानीय तहले विभिन्न कार्यहरू गर्दै आईरहेको छ ।


          बुद्द स्तुपा वा मन्दिरलगायत पार्क रहेको यस क्षेत्रमा प्राय: दिनहुँजसो आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ ।

          यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।

          आकर्षण

          -- पर्यटकीय स्थल

          -- पिक्निक स्पोट

          -- अध्ययन अवलोकनका लागि महत्वपूर्ण

          -- धसिङ्गरे तेल प्रशोधन केन्द्र

          -- जैविक विविधता सूचना केन्द्र

          -- रेडियो लाङटाङको स्टेशन

          -- गणेश हिमाललगायत मनोरम दृश्य अवलोकन

          -- लाङटाङ राष्ट्रिय निकुञ्ज

          कसरी पुग्ने स्याउबारी ?

          रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- राम्चे सडकखण्डमा नौकुण्ड जाने सडकसँगै रहेको छ ।





          Friday, August 11, 2023

          बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

          Rammandir_Parisar
          बेत्रावती राममन्दिर परिसर
          Betraganga_Google_Map
          बेत्रावती र राममन्दिर क्षेत्रको नक्सा १
          betrawati_Views
          सालघारी माथिबाट देखिने बेत्रावती बजारको दृश्य
          betrawati_google
          राममन्दिर क्षेत्रको गुगगल नक्सा
          Hightlights
          विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

          रसुवा जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल

          बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । 

          बेत्रावती रसुवा जिल्लाको प्रवेशद्‍वार हो । रसुवा-नुवाकोटको सिमानामा पर्ने यो स्थल धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने विश्वास गरिन्छ । 

          नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ । 

          संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । 

          त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ । 

          बेत्रावतीको धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्व विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् । 

          गौरादेवी पृथ्वीनारायण शाहकी कान्छी रानी नरेन्द्रलक्ष्मीको दिक्षामन्त्र सुनाउने गुरूआमा थिईन् । उनको विवाह पं जयमङ्गल पौडेल (नेपालका मुख्तियार पं रंगनाथ पौडेलको हजुरबा) सँग भएको थियो । उनीहरूका चार छोरामध्ये जेठो रघुनाथ रामभक्त थिए, उनैले बेत्रावतीको किनारमा राममन्दिर बनाएर पूजाआजा चलाएका हुन् भनिएको छ । धैबुङ गाउँलाई उनी रामपूर भनेर चिनाउन चाहन्थे ।

          देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे र आफूसँग रहेको बेतको लौरोले खोपेर जलाशय उत्पत्ति गरी प्यास मेटाएको भनिएको छ । जुन् कुवाबाट नदी बनिन् जसलाई बेत्रगंगा भनियो । यो स्थानलाई त्रिशूली, रूद्रगंगा (फलाँखु) र बेत्रगंगा (जुन् लोप भईन) ले त्रिवेणीको रूप प्रदान गरेको छ । 

          त्रिवेणीधाम वा उत्तरगया धाम बेत्रावतीमा स्नान, जप, ध्यान र श्रद्दादि गर्दा मानिसको जीवन सफल भई मृत्युपर्यन्त कैलाश पद पाउने र दिवंगत पितृहरूको मोक्ष हुने जनविश्वास गरिदै आएको छ । यो स्थान पवित्र घाटको रूपमा पनि स्थापित छ ।

          बेत्रगंगा उत्पत्ति सम्बन्धि डा. सत्यराज थपलियाको नीलकण्ठ महिमाबाट यो कविता
          लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । 
          हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। 
          मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती 
          गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२
           
          यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा । 
          आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।। 
          न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर । 
          “गङ्गा वेत्र” भनेर पूजन गरी फर्की गए ती घर ।।४३।। 

          जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा 
          यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ । 
          पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।। 
          चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।

          सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो । 

          करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए । 

          त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ । 

          'उँधो जाउँ त काटलासी, उँभो जाउँ त मार्लासी, माझै गंगा सोलोलो ।' 

          यो कथन सायद त्यतिखेर नेपालीहरूले नै चिनीयाँ फौजको स्थितिलाई हेरेर सिर्जना गरेका हुन सक्छन् । यो भनाई केही फरक शब्दमा पनि हुनसक्छ । तर जे होस् शब्दार्थ भन्दा पनि यसको भावार्थ के हो भने – नेपाली फौजले चारैतिरबाट घेरेर चिनीयाँ फौजलाई उम्कन नदिएर कब्जामा पारेका हुन् वा चिनीयाँ फौज हार्ने स्थितिमा पुगेको हो भन्ने हुन्छ । यसबाट नेपालीहरूको बहादुरी देखिन्छ । त्यही सन्धिका कारण बेत्रावती दुई देश बीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्दबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो । 

          सांस्कृतिक तथा पर्यटकीय महत्व : यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

          सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो । करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए । 

          त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ ।
           'उँधो जाउँ त काटलासी, उँभो जाउँ त मार्लासी, माझै गंगा सोलोलो ।' 

          यो कथन सायद त्यतिखेर नेपालीहरूले नै चिनीयाँ फौजको स्थितिलाई हेरेर सिर्जना गरेका हुन सक्छन् । यो भनाई केही फरक शब्दमा पनि हुनसक्छ । तर जे होस् शब्दार्थ भन्दा पनि यसको भावार्थ के हो भने – नेपाली फौजले चारैतिरबाट घेरेर चिनीयाँ फौजलाई उम्कन नदिएर कब्जामा पारेका हुन् वा चिनीयाँ फौज हार्ने स्थितिमा पुगेको हो भन्ने हुन्छ । यसबाट नेपालीहरूको बहादुरी देखिन्छ । त्यही सन्धिका कारण बेत्रावती दुई देश बीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्दबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो । 

          संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । 

          रामनवमी, ठूली एकादशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

          सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ ।

          संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा नेपालको तेस्रो पर्यटकीय स्थलमा जाने प्रमुख प्रवेशद्वार भएका कारण पनि यस स्थानको महत्व रहेको छ । होटल तथा लज आवासको व्यवस्था भएको यो क्षेत्र प्राचीन कालदेखि रसुवा-नुवाकोटको प्रमुख व्यापारिक मार्ग हो ।

          धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो स्थल प्राचीन समयदेखि रसुवा नुवाकोटको प्रमुख व्यापारिक क्षेत्र हो । होटल, लज वा खाना बासको प्रशस्त पूर्वाधार रहेको यस क्षेत्रमा पर्यटकको आवागमन बृद्दि गराउन सके यहाँको जनताको आर्थिक उन्नयनमा भूमिका खेल्दछ र खेलिरहेको पनि छ ।यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

          बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

          सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा मात्र नभई आपसी सामाजिक सद्भाव तथा मेलमिलापको अवस्था सिर्जना गरिरहेको छ ।
          • काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती
          • काठमाडौँ → टोखा-छहरे → त्रिशूली → बेत्रावती
          • काठमाडौँ → ककनी → त्रिशूली → बेत्रावती
          • स्याफ्रु → धुन्चे → कालिकास्थान → बेत्रावती
          सम्बन्धित लेखहरू

          बेत्रावती सम्बन्धित् भिडियोहरू

             

          -------------------------
          सन्दर्भ स्रोत :

          Thursday, August 10, 2023

          नौ वटा कुण्डहरूको समूह : नौकुण्ड एक परिचय

          प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।
           

            नौकुण्ड क्षेत्रको परिचय

            रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं २ मा ४००० मीटरदेखि करीब ५३०० मीटर उचाईसम्म फैलिएका नौ वटा कुण्डहरूको समूहलाई नौकुण्ड भनेर चिनिएको छ । स्थानीयहरू यसलाई नाउकुण्ड भनेर चिन्दछन् । नौकुण्डका समूहभित्र पर्ने नागकुण्ड वा नाउकुण्ड नै मुख्य नौकुण्ड हो भनेर भनिएको छ ।

            नौकुण्ड क्षेत्रका तालहरू

            स्थानीयका अनुसार जनैपूर्णिमाका बेलामा गोसाइँकुण्डमा फोहोर मैला हुने हुनाले शिबजी सो अवधिमा यहाँ आउने गर्दछन् । जनैपूर्णिमा वा गंगा दशहरामा यहाँ स्नान गर्नाले मुक्ति मिल्ने जनविश्वास रही आएको छ ।

            प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।

            यही कुण्ड वा क्षेत्रको नामबाट नै यहाँको गाउँपालिकाको नामाकरणसमेत् नौकुण्ड रहेको हो । यस नौकुण्डका समूहमा पर्ने कुण्डहरूमा १. लामो अर्थात् लम्बे कुण्ड, २. नाउ/नागकुण्ड, ३. राजा कुण्ड, ४. रानी कुण्ड, ५. कामी कुण्ड ६. एक्ले कुण्ड ७. ज्याकसन्चुली कुण्ड, ८. चिता कुण्ड, ९. कमिनी कुण्ड ।

            यहाँ रहेका कुण्डहरूको नामाकरण अन्धधुन्ध जस्तै छ । ओझेलमा परेको हुनाले यसस्थानका कुण्डहरूको नामाकरणमा विविधता आएको हो । स्थानीयका अनुसार यस नौकुण्ड समूहभित्र तेम कुण्ड, छेडा कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड र शीर कुण्ड रहेका छन् ।९ वटा कुण्डमध्ये २ वटा कुण्ड सुकिसकेको अवस्थामा छ ।

            नौकुण्ड क्षेत्रका मुख्य आकर्षणहरू

            -- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र तथा विविध वनस्पतिहरू, वन्यजन्तुहरूको वासस्थान (लोपोन्मुख रेडपाण्डाको बासस्थान), विभिन्न प्रकारका फूलहरू, चराचुरूङ्गीहरूको अवलोकन, चौरीगोठ र भेडागोठहरूको अवलोकन

            -- यस पदमार्गमा प्राय सबै किसिमका लालीगुँरासका फूलहरू पाईन्छन् ।

            -- कुण्डैकुण्डहरूको क्षेत्र

            -- विभिन्न हिमालहरू, पहाडी श्रृङ्खलाहरूको अवलोकन ।

            -- सूर्योदय र सूर्यास्तका मनोरम दृस्यहरू ।

            -- तामाङ, शेर्पा संस्कृति र परम्परा

            कसरी पुग्ने नौकुण्ड ?

            यहाँ पुग्नका लागि विभिन्न मार्गहरू रहेका छन् । पदमार्गको विवरण यसप्रकार छ ।

            -- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै जुरेढुङ्गो वा सिप्पुङबाट ढोकाभञ्ज्याङ-कानछ्याम्बा खर्क, नचोक, श्यार्मा, बक्सार, परालथला हुँदै

            -- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै लाङ्बु (विजिली जोङ्ग) – थाङ्दोर-स्याङ्ग्युल, सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै

            -- रसुवाको सदरमुकाम धुन्चे वा स्याफ्रुबाट वा लाङटाङ पुगेर चन्दनबारी, लौरीविना, गोसाइँकुण्ड-भैरवकुण्ड हुँदै

            -- नुवाकोटको बिदुर-लच्याङ, सरमथली (निर्कुभूमे), पार्‍च्याङ, यार्सा हुँदै सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै वा यार्साबाट राउचुली हुँदै

            -- काठमाण्डौंको नारायणस्थानबाट वा नुवाकोटको दुप्चेश्वर (शिखरबेशी) उर्लेनी-राउचुली हुँदै

            -- काठमाण्डौंको सुन्दरीजल-चिसापानी- कुटुमसाङ-ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

            -- सिन्धुपाल्चोकको मेलाम्चीपुल बजारबाट तार्केघ्याङ--ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

            तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला

            Wednesday, August 9, 2023

            माथिल्लो सान्जेन (१४.८) ले सुरू गर्‍यो उत्पादन


            साउन २५। रसुवामा निर्माण सम्पन्न  भएको माथिल्लो सान्जेन (१४.८) ले उत्पादन सुरू गरेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो ।

            आयोजना प्रमुख सुदन सिंहका अनुसार साउन २० गतेबाट उत्पादन परीक्षण सुरू गरिएको हो । राष्ट्रिय प्रणालीमा जोडिएको उक्त आयोजनाले २ सातासम्म प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । व्यापारिक उत्पादनलाई चिलिमेको प्रवाह हुने प्रसारण लाईनमार्फत् जोड्ने आयोजनाले बताएको छ ।

             

            दुई अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।  

             

            यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।