रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा २ सय ८५ परिवारको घरमा चर्पी विहीन रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा १ सय ३४ परिवारसंग फ्लस सार्वजनिक ढलमा जोडिएको चर्पी रहेको, ७ हजार ४ सय ८५ परिवारसंग, फ्लस सेफ्टी टेङ्ग भएको चर्पी रहेको, ३ हजार १ सय ६८ परिवारको खाल्टे चर्पी रहेको, ५९ परिवारले सार्वजनिक चर्पी प्रयोग गर्ने गरेको र २ सय ८५ परिवारको घरमा चर्पी नरहेको जनाइएकाे छ । ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।
२०७२ सालकाे भूकम्प अघि नै सरकारी तथा बिभिन्न दातृ संस्थाले शाैचालय रहेकाे भन्दै खुला दिशा मुक्त घाेषणा गरेपनि अझ २.५ प्रतिसत बढि घरमा चर्पी नभएकाे देखिन्छ ।

0 Comments :
Post a Comment