ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, November 16, 2026

सोलार प्रणाली सुरु भएसँगै अब नियमित डिजेल ओसार्नुपर्ने झन्झट हट्याे

 


रसुवा, नेपाल चीन सीमावर्ती टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो। 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचना बगाएपछि टिमुरेको टेलिफोन टावर डिजेल जेनेरेटरमार्फत चलाइँदै आइएको थियो। सडक सम्पर्क टुटेका कारण टावर चलाउन आवश्यक डिजेलसमेत हेलिकप्टरबाटै ढुवानी गर्नुपर्ने चरम बाध्यता थियो। सोलार प्रणाली सुरु भएसँगै अब नियमित डिजेल ओसार्नुपर्ने झन्झट हटेको छ। 

नेपाल टेलिकमले टिमुरेकाे खैदीमा आवश्यक प्राविधिक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरेर १२ किलोवाटको सोलार सिस्टम जडान गरेको जनाएको छ। अब राष्ट्रिय प्रसारण लाइनको बिजुली नहुँदा पनि यस क्षेत्रमा टेलिकमको टुजी तथा फोरजी सेवा चौबीसै घण्टा निर्वाध चल्नेछ। 

भोटेकोशीको बाढीले रसुवासहितका क्षेत्रमा दूरसञ्चारका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। टिमुरेमा बिजुली नहुँदा वैकल्पिक ऊर्जाको अभावमा सेवा नै बन्द हुने जोखिम बढेको थियो। 

सोलार प्रणालीमार्फत ऊर्जाको दिगो विकल्प तयार भएपछि टेलिफोन र मोबाइल इन्टरनेट सेवा भरपर्दो बनेको छ। यसबाट उत्तरी सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, व्यापारी, सुरक्षाकर्मी तथा यात्रुहरूलाई सञ्चार सम्पर्क कायम राख्न सहज भएको नेपाल टेलिकम रसुवाले जनाएको छ।

No comments:

Post a Comment