रसुवा, कालिका गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीहरूलाइ मानशिक स्वास्थ्य र मनाेपरामर्श बारे एक दिने अभिमुखिकरण कालिकास्थानमा ०८३ कार्तिक १२ गते सम्पन्न भयाे ।
नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल)द्धारा सञ्चालित कालिकास्थानमा बालबालिका तथा किशोर किशोरीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धन,स्वास्थ्यकर्मी ,अभिभावक तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।
मानशिक स्वास्थ्य समस्या र मनाेसामाजिक समस्या पहिचान गरी रेफरल मेकानिमज तयार गर्ने उद्देश्यले सञ्चालित १ दिने अभिमुखिकरणमा कान्ति बाल अस्पतालका डा अन्जन कुमार ढकाल र डा शुभ श्रेष्ठले सहजिकर गरेका थिए । बालबालिका तथा किशोर किशोरीहरु विपतकाे समयमा जाेखिममा पर्न सक्ने भएकाेले उनीहरूमा देखा पर्ने असरका आधारमा रिफर गर्न स्वाथ्यकर्मीहरुलाइ अनुरोध गरे ।
मानसिक स्वास्थ्य समस्याको लक्षण फरक(फरक हुन्छ । जस्तो डिप्रेसनमा निरन्तर चिन्ता लिनु, नकारात्मक विचार मनमा आउनु, भ्रामक विचार मनमा आउनु, सानोतिनो कुरामा रिस उठ्नुजस्ता लक्षण देखिन सक्छ । त्यस्तै एन्जाइटीमा बिनाकारण आत्तिने, निद्रा नलाग्ने र आत्मविश्वासको कमी हुने जस्ता लक्षण देखिन सक्ने जानकारी दिइयाे ।
बाढी पछिकाे विसम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ । जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भै समस्या हुनसक्ने बताइएको थियो ।
नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल) का सदस्य प्रा गोविन्द सुवेदीले अग्रपङतिमा रहेर सदैव काम गर्ने स्वास्थ्यकर्मीहरुले बालबालिका तथा किशोर किशोरीहरुलाइ सदैव मानशिक स्वास्थ्य र मनाेपरामर्श सेवा प्रबाह गर्नुपर्ने बताए । कार्यक्रममा सिविनका सन्ताेष विमली, कालिका गाउँपालिकाबाट सूचना अधिकारी लीलानाथ नेपाल र स्वास्थ्य शाखा प्रमुख नवराज न्याैपाने सहभागी थिए ।


No comments:
Post a Comment