ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, November 13, 2024

प्रगति समीक्षा तथा ९ औं जिल्ला सभामा रसुवा दर्पण विमाेचन

 


रसुवा, जिल्ला समन्वय समिति रसुवाकाे जिल्ला वस्तुगत विववरण ( जिल्ला पाश्वचित्र ) रसुवा दर्पणकाे एक कार्यक्रममा विमाेचन भयाे ।  

जिल्ल समन्वय समिति रसुवाकाे प्रगति समीक्षा तथा ९ औं जिल्ला सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्यलगायतले विमाेचन गरेका हुन् । 

जिल्लाका वस्तुगत विवरण संकलन गरी प्रकाशन भएकाे  रसुवा दर्पणले जिल्ला परिचय, पाँचवटै गाउँपालिकामा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्र, कला, संस्कृति, जलसम्पदा, कृषि , उद्यम, वन तथा वातावरण, स्वाथ्य, शिक्षा, खेललगायत क्षेत्रकाे सूचना समेटेकाे छ । 

जिल्ला वस्तुगत विववरण (जिल्ला पाश्वचित्र) रसुवा दर्पण मानवअधिकार तथा सामुदायिक विकास स्राेत केन्द्र रसुवाले सहजिकरण गरेर प्रकाशन गरी असास मसान्तमा हस्तान्तरण गरेकाे थियाे । 


सभामा जिल्लाकाे समृद्धिका लागि सवैले हातेमालाे गर्न आवश्यक रहेकाे बताउँदै प्रमुख अतिथि आचार्यले नाैकुण्ड खानेपानी लामाे समयदेखि नीतिगत अल्झनमा परेकाेले सवै मिलेर पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा एमालेका नेता प्रेम तामाङ, संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकाल , बागमती प्रदेश सभा सदस्य प्रमात लामा, इन्द्र गाैतम, प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेल जिल्ला समन्वय समित नुवाकाेटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, जिल्ला समन्वय समित काभ्रेपलान्चाेकका प्रमुख दिपक गाैतम, जिल्ला समन्वय समित रसुवाका प्रमुख अशाेक कुमार घिमिरे, नेपाली काँग्रेसका जिल्ला सभापति पेम्बा तामाङ, नेकपा एमालेका नेता उद्धव रिजाल, नेकपा माओवादी केन्द्रमा संयाेजक फुर्पु तेन्जेत तामाङलगायतले मन्तब्य दिएका थिए । 

सभामा उत्कृष्ट गाउँपालिकाकाे रूपमा उत्तरगया गाउँपालिका तथा उत्कृष्ट कर्मचारीहरूलाइ सम्मान गरिएकाे थियाे । 


नौ वर्षपछि विद्यालय भवन सिलान्यास



रसुवा, कालिका गाउँपालिका–५ जिवजिवेमा रहेको निलकण्ठ नमुना मावि भवन भवन निर्माण सुरु भएको छ । भूकम्पले ध्वस्त भएको ९ वर्षपछि मित्रराष्ट्र चिन सकारले विद्यालय भवन निर्माण सुरु गरेको हो । 

प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथि मोहन आचार्यले उक कार्यक्रमका बीच उक्त भवनको सिलान्सास गरेका हुन् । जग्गा खोजेर अस्थायी कक्षा कोठा निर्माण गरेपछि पुरानो विद्यालय भवन भत्काएर निार्माण सुरु भएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए । 

‘टिएलसी (अस्थायी कक्षाकोठा) पनि भत्केपछि पुनःजस्तापाताले बारेर निकै दुःख गरेर पढाइयो बल्ल नयाँ भवन बन्ने भो प्रअ देवकोटाले भने यसमा चीन सरका तथा सवै सरोकारवालाहरूले साथ दिएका छन् ’। 

यो विद्यालय सहित देशभरका १० विद्यालय निर्माण गर्ने गरी आव ०६८÷०६९मा संझौता भएको थियो । तर एक दशकसम्म विद्यालय निर्माण नहुँदा पठन पाठनमा समस्या परेको थियो । ढिलै भएपनि गुणस्तरिय तथा सुविधा सम्पन्न ६० कोठा भएको विद्यालय भवन निर्माण हुने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कालिका ५ का वडा अध्यक्ष सन्दिप पौडेलले बताए । ७ रोपानी जग्गामा चीन सरकारले ८८ करोड रुपैयाँमा टेण्डर आब्हान गरी निर्माण सुरु भएको उनले बताए । भवन China Jiangsu International ETCC कम्पनीले निर्माण सुरू गरेकाे हाे ।


०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पका कारण पूर्ण रुपले क्षतिभएको भवन हालसम्म निर्माण हुन नसक्दा असुरक्षित टहरामा कक्षा सञ्चालन गर्नु परेको थियो । विद्यालयमा ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन्् । 

विद्यालय भवन सिलान्यास कार्यक्रममा दलका प्रतिनिधिहरू, संबिधानसभा सदस्य प्रेम तामाङ, जनार्दन ढकाल, प्रमुख जिल्ला अधिकारी केष्ण पौडेल, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, बागमती प्रदेश सभा सदस्य प्रभात लामा, प्रतिनिधि सभा सदस्य मोहन आचार्य, स्थानीय तहका जनप्रतिनिधिहरूले समयमा भवन निर्माण सकेर शैक्षिक गुणस्तर अभिबृद्धिमा जोड् दिनुपर्ने बताए ।

विद्यालयका लागि जग्गा दान गर्ने स्थानीय समाजसेवी जीतबहादुर तामाङलाइ सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीयले पञ्चेबाजा, भजन तथा छत्रनाच प्रस्तुत गरी स्वागत गरेका थिए ।  



विद्यालय निलकण्ठ नमुना मावि भवन सिलान्सासमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मोहन आचार्य तगायत बिशेष अतिथिहिरू 

तस्वीर हेमनाथ खतिवडा रसुवा 






Tuesday, October 29, 2024

चाडपर्व लक्षित गरी बजार अनुगमन


रसुवा, संयुक्त बजार अनुगमन टोलिले चाडपर्व लक्षित गरी बजार अनुगमन गर्दा ५ वटा पसललाई कारवाही गरेको छ ।चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव,कालोबजारी,मूल्यवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न , अनुगमन गरिएको हो। 

बजार टोलिले खाद्यान्न पसलहरुलाई संयुक्त बजार अनुगमन टोलिले संयुक्त बजार अनुगमन टोलीद्धारा रसुवाको कालिका गाउँपालिकाका १४  वटा पसलको अनुगमन क्रममा ५ वटा पसललाई कारवाही गरेको हो ।

अनुगमनको क्रममा कालिका गाउँपालिकाका वडा नम्वर २ र ५ वडाको  १४ वटा पसलहरुमा अनुगमन हुँदा ५ वटा पसलहरुलाई कैफियत देखिएकोले २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको नेतृत्वमा बजार अनुगमन भएको थियाे ।

धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक एवम दर्ता प्रमाण पत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिए । 

अनुगमनको क्रममा कारवाई र जरिवाना गरिएको पसलहरु ढकाल किराना पसल ५०००, उजित किराना पसल ५०००, भोर्ले जिवजिवे साना किसान सहकारी संस्था ५०००, कृष्ण एग्रो कन्सर्न ५०००, रविन्द्र किराना पसल ५०००, 

संयुक्त बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय रसुवा, कालिका गाउँपालिकाका उपाध्यक्ष मिरा तामाङ, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रतिनिधि,उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरु एवं सन्चारकर्मीलगायतको सहभागिता रहेको थियोे ।

कानूनले निधेष गरेका गतिविधि नगर्न आग्रह




रसुवा,  जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालीको महान् चाड तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्व २०८१ मनाउँदा कानूनले निधेष गरेका गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ । 

समाजमा हुन सक्ने बिकृति राेकेर शान्ति सुरक्षा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सूचना प्रकाशन गरेर चाडपर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न सूचना जारी गरेको बताए ।

जिल्ला प्रशासनले चाडपर्वमा शान्तिसुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने,भुइँचम्पा, पटाका, आतसबाजीजस्ता विपत् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरण गर्नेजस्ता

कार्य नगर्न–नगराउन अनुरोध गरेको छ । 

कानुनले निषेध गरेका गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख छ । साथै, देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न र गराउन सबै सरोकारवालालाई अनुरोध गर्दै कोही, कसैले कुनै नराम्रो गतिविधि गरे–गराइएको पाइएमा नजिकैको प्रहरीचौकी वा टेलिफोन नम्बर १०० मा जानकारी दिन प्रशासनले अनुरोध गरेको छ ।


एकमहिना पछि रसवागढी नाका खुल्याे


 

रसुवा,  एक महिनादेखि बन्द भएकाे रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ। 

गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिकै पहिरो जाँदा सडकमा पहिरोले  क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो। 

अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ। अब गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले हिजो टेलिफोनमार्फत् जानकारी दिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

यसैगरी अविरल वर्षाको कारण पहिरोले अवरुद्ध भएकोमा पहिरो हटाई स्याफ्रुवेशी-टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानहरूमा एकतर्फी रूपमा सवारी सुचारु रहेको कार्यालयले जनाएको छ। 

सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल


 

रसुवा, रेडप्लस अन्तर्रगत लिफ उत्सर्जन न्युनिकरण का लागि सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

कार्यक्रममा रसुवाकाे पाँचवटै गाउँपािलकाबाट मध्यवर्ती तथा सामुदायिक वन सउभाेक्ता समुहरूहरू, स्थानीय महासंङ्घ र जिल्ला महासंङ्घकाे सहागित रहेकाे थियाे । 

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, सामुदायिक वन उपभाेक्ता महासंङ बागमती प्रदेश समिति अध्यक्ष बिनाेद सापकाेटालगायतले मन्तब्य दिएका थिए ।  

जिल्लाका सामुदायिक वन उपभाेक्ता समुहका प्रतिनिधिहरूले सूचित सहमति बारे निर्णय  समेत भयाे । 


Thursday, October 24, 2024

वन डढेलाे व्यवस्थापन बारे छलफल

 

रसुवा, वन डढेलाे व्यवस्थापन तालिम पुस्तिकामा पृष्ठपाेषण संकलन तथा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र फरेष्ट एक्सन नेपालकाे समन्वयमा सामुदाियक वन उपभाेता समुहहरूकाे सहभागीहरूले सुझाव दिएका थिए । 

प्राधिकरणका लक्ष्मण बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्राधिकरणका वातावरण निरिक्षक रिना चाैधरी, अष्ट्रेलियाका २ नागरिकले सहजिकरण गरेका थिए । 

सामुदाियक वन उपभाेता समुहहरूका सहभागीहरू , सामुदायिक वन उपभाेक्ता महासंङघ, नेपाली सेना , नेपाल प्रहरी लगायत सुरक्षा निकाय सहभागी थिए । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकाेटा लगायतका सराेकारवालाहरूले सुझाव दिएका थिए । 






रसुवाकाे बिर्ता सवालबारे छलफल

रसुवा,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीको उपस्थितिमा भूमिघर कालिकास्थानमा विर्ता पीडित किसान एवं सरोकारवालाबीच बिर्ता समाधानबारे छलफल भयो । छलफलमा ११५ जना सहभागी भएका थिए । 

तत्कालिन राजा पृथ्वी नारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जितेपछि आफुसँगै गएका सहयोगीलाई किसानकै जग्गा विवरण गरी सुरुवात भएको विर्ता प्रथा अहिलेसम्म पनि बाँकी रहँदा किसानहरुले दुःख पाइरहेका छन् । 

रसुवाको तीन वटा गाउँपालिकाको ७ वडाका ७१८ परिवारले जोतभोग गरेका करिव २३८९ रोपनी जग्गा विर्ता अन्तर्गत छ । लामो समयदेखि लालपुर्जा लिनको लागि सङ्घर्ष गरिररहेका किसानहरुले जोतभोगको आधारमा लालपुर्जा दिन माग राखेका छन् । किसानका समस्या यथासक्य समाधान गरिदिन जिल्लास्थित राजनीतिक दल, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरूले पनि माननीय मन्त्रीलाई अनुरोध गरेका छन् । 

किसानहरुसँग छलफल गर्दै माननीय मन्त्री बलराम अधिकारीले भन्नुभयो, वर्तमान कानुनले रसुवा र नुवाकोटमा बाँकी रहेको विर्ता समस्या समाधान विर्तासम्बन्धी कानुन संशोधन वा निर्माण गरेरै भएपनि किसानलाई यो समस्याबाट छुट्कारा दिलाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।





Sunday, September 22, 2024

मजदुरीकाे पारिश्रमिक घटाएपछि हाइड्रोपावरको कार्यालयमा तोडफोड


रसुवा, उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरूले पाउँदै आएको सेवा सुविधा कटौती गरेपछि सो को विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि हड्ताल गरी कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ । 

मजदुरीकाे पारिश्रमिक घटाएपछि विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली(वान हाइड्रोपावरको काम ठप्प भएकाे हाे । 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माणका काम रोकिएको हो । यहाँ १ हजार २ सय बढि मजदुर कार्यरत छन् । 

कोरियन साझेदार कम्पनी कोरिया ईनर्जी सहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू आक्रमणमा उत्रिएका हुन् । 

त्यसक्रममा कार्यालयको प्रशासनिक भवनसँगै एकदर्जन गाडी तोडफोड भएको कम्पनीको दाबी छ । घटनापछि निर्माण कार्य ठप्प पारेका श्रमिकहरु घर फर्किएका छन् ।

२ सय १६ मेगावाटको उक्त जलविद्युत आयोजना अन्तर्राष्टिय मुद्राकोष तथा एसियाली विकास बैंकसहित ९ वटा दातृ संस्थाको ऋण तथा लगानीमा निर्माण भइरहेको हो ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ ।

सर्वपक्षिय बैठक बसेर छलफल गरी सहमतिकाे प्रयास भैरहेकाेछ आयोजनाले जनाएकाे छ । 



Thursday, September 19, 2024

हिमालकाे पानी डलरकाे खानी

 




रसुवा ,  पृथ्वीको गर्भबाट आउने पानी आफैंमा शुद्ध हुन्छ। भूगर्भबाट बाहिर आउने क्रममा वा मूलबाट निस्केपछि 
मानिस तथा अन्य कारण पानी अशुद्ध हुने गर्छ तर हिमाली क्षेत्रमा रहेको दुर्लभ पानी प्राकृतिक रूपमै सधैं  द्धहुन्छ। 


यहाँको पानीलाई शुद्ध बनाउन कुनै उपचार गर्नु पर्दैन। आफैंमा शुद्ध भएकाले कम्पनीले फिल्टर गरेर राम्रोसँग प्याकिङ गर्छ। यही पानी अमेरिक, जापान, कोरिया, मलेसियालगायतका धेरै मुलुकमा पुग्छ। यसबाट विदेशी मुद्रा आर्जन गरी मनग्य कमाउने लक्ष्यका साथ रसुवामा स्थापना भयो हिमालयाज अनटप नामको मिनरलबाटर कम्पनी। यो मात्र होइन, यहाँ रहेका ३ वटै पानी कम्पनीले विदेशका बजारमा बेच्ने लक्ष्य राखेका छन्। यहाँको पानी चिनियाँँ बजारमा लोकप्रिय हुँदै आएको छ। 


धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालिका प्रमोदकुमार देव भन्छन्, ‘हिमालयाज अनटप नामक बोतल छन्। कोरियाली लगानीमा स्थापित यस कम्पनीले हिमालयाज अन टप ब्रान्डको पानी उत्पादन गर्नेछ। ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।’ यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उनले बताए। 


कम्पनीद्वारा उत्पादित विश्वव्यापी मान्यता प्राप्त पानी रासायनिक पदार्थ विना नै शुद्ध पारिएको हो। हिमाली क्षेत्र डाडेखर्कको शुद्ध मूलको पानी कारखानामा ल्याइएको हो। 


सात किलोमिटरभन्दा माथिबाट पानी ल्याइ घले दरबार छेउमा निर्मित पानी प्रशोधन कारखानामा जडित अत्याधुनिक मेसिनमार्फत बोतल प्याकिङ गरी पानी उत्पादन भइरहेको छ। सबै कार्य स्वचालित मेसिनद्वारा हुने भएकोले उपकरण चलाउने प्राविधिक र पानीको बाक्सा भण्डारणमा राख्न मात्र सहयोगी कामदारको आवश्यक पर्ने कम्पनीले जनाएको छ। कारखानामा पानी फिल्टर हुँदै बोतल भरिएपछि बिर्को बन्द भई मेशिनले बक्स प्याकिङ गर्छ। त्यसपछि मात्र मानिसले भण्डारण गर्नुपर्ने हुन्छ। समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको बलियो भू–संरचनामा रहेको कारखाना भवन भूकम्प प्रतिरोधी छ। ८ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर नगर्ने कम्पनीले जनाएको छ। राष्ट्रिय निकुञ्ज विभागले हिमालय स्प्रिङ वाटर प्रालिलाई २०५२ सालमा अनुमति दिएपछि निर्माण कार्य गरिएको हो। २०५७ सालमा भवन निर्माण तथा उपकरण जडान गरिएको थियो। 


केही समयदेखि उत्पादन कम गरेको उद्योगलाई पुन सञ्चालनमा ल्याउने तयारी छ। केही मेसिन मर्मत तथा नयाँ मेसिन जडानको काम भइरहेकोले अब व्यापक उत्पादन गर्ने तयारी रहेको उनले बताए।


सुरुमा दैनिक ५० हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणका रूपमा थोेरै उत्पादन गर्न लागेको हो।


सन् १९९८ मा कोरियाको नारा इन्टरनेशनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो। राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले सन् २००० देखि उत्पादन सुरु गरेको थियो। रसुवा नामको मिनरल वाटर उत्पादन गर्दै आएको रुद्रगंगा नेचुरल वाटर प्रालिले पनि १ लिटर, ५०० एमएल र ३३० एमएल बोतलमा पानी भरेरी जापान, चीन, कतार, अष्ट्रेलिया र साउदी अर्बमा निर्यात गरिरहेको छ। 

हाल मासिक ३ लाख लिटर बिक्री हुने गर्छ। २०७६ वैशाखमा स्थापित उद्योगमा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। काठमाडौंंबाट १ सय ७० किलोमिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्छ। उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनाले रोजगार पाएका छन्। 

कम्पनीका प्रमुख संजीव डिएम भन्छन्, ‘रसुवाको पानी व्यापक रूपमा देश विदेशमा बिक्री गर्ने सोचका साथ अघि बढाउने योजना छ। माग अनुसार हामीले उत्पादन गरिरहेका छौं। पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।’ कम्पनीले सन् २०२१ फेब्रुवरीमा पहिलोपटक निर्यात गरेको थियो । 

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका- ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको छ । 

रुद्रगंगा नेचुरल वाटर प्रालिको प्रशोधन कारखाना धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भनेको छ। चीन, भारत, जापान र जर्मनीबाट नयाँ प्रविधिका मेसिन ल्याएर एक घण्टामा १८ हजार लिटर पानी प्याकेजिङ गर्ने मेसिन राख्ने कम्पनीको योजना छ। 

यहाँको प्राकृतिक रूपमै शुद्ध पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउन सके  हिमालबाट बगेर खेर गइरहेको पानीले देशलाइ धनी बनाउन सकिने देखिन्छ । 




शब्द तथा तस्वीर हेमनाथ खतिवडा 

संविधान दिवस २०८१ मा दिपावली


रसुवा, संविधान दिवस तथा राष्ट्रिय  दिवस २०८१ को अवसरमा अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र नेपाल विध्यार्थी संघ संयुक्त रुपमा कालिकास्थानमा दिपावली तथा काेण सभा गरे । 

संविधान दिवसका अवसरमा असाेज ३ गते साँझ दिपावली तथा सभामा अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्द्ब रिजाल, नेपाली काङ्ग्रेस कालिका गाउँपालिका सभापति ज्ञानु तमाङलगायत विद्यार्थी नेताहरूले आफ्नो बिचार राखेका थिए । 


सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान



रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे । 

कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए । 

प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।


 “रसुवा” शीर्षककाे कबिता 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे अभाव हुन नदिन दुवै संस्थाले संविधान दिवस असाेज ३ र प्रजातन्त्र दिवस फागुन ७ गते नियमित रक्तदान गर्ने जनाएकाे छ । 




कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !


Wednesday, September 18, 2024

रसुवाको पानी तेस्रो मुलुकमा निर्यात गर्न सक्छ : मन्त्री यादव



खानेपानी मन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताएका हुन् ।  

विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै उनले भने, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।”

त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने, “म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । 



Tuesday, September 17, 2024

आक्रमणकाे घटना उपर कारबाही नभएकाे गुनासाे


रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालमाथि शिबपुरीमा आक्रमण भएकाे घटनामा प्रहरीले कारबाही नगरेकाे गुनासाे गरेका छन् । 

काठमाण्डाैबाट फर्कने क्रममा भदाै १८ गते नुवाकाेटकाे शिबपुरीमा आक्रमण भएकाे घटनाकाे जाहेरी साेही दिन बालाजु प्रहरी बृतमा निवेदन दिएकाे तर कारबाही नगराउन नेताहरू सक्रिय रहेकाे बरालले बताए । 

धम्की तथा आक्रमण पछि वार्डेन बरालले रसुवाका उत्तम थापा र लक्ष्मण देवकाेटा लगायत बिरूद्ध किटानी जाहेरी दिए पनि जिल्लाका प्रतिनिधि सभा सदस्य माेहन आचार्य, प्रदेश सभा सदस्य प्रभात लामा लगायतका नेपाली काग्रेसका नेताहरू कारबाही नगर्न प्रहरीमा पुगेका थिए । प्रहरीले भने घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ । 

 साे दिन ज्यान लिने गरी आक्रमण गरेका थिए । गाडीकाे स्पीड बढाएर मात्र बचें शुरक्षाका लागि बालाजु प्रहरीमा किटानी जाहेरी दिए पनि जिल्लाका सांसद र नेताहरू प्रहरीमा पुगेकाे थाहा पाएकाे छु " वार्डेन बरालले भने । 

आक्रमण गर्ने पत्ता लगाउन तथा काहबाहीमा ढिलाइ गर्न नहुने उनकाे माग छ । 

Sunday, September 15, 2024

सामुदायिक रेडियो प्रसारक संघ प्रदेश अध्यक्षमा रसुवाका दिपक लामा



रसुवा, सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को बागमती प्रदेश समितिको तेस्राे अधिबेशनबाट अध्यक्षमा रेडियाे रसुवाका अध्यक्ष दिपक लामा निर्विरोध निर्वाचित भए ।

गाेसाइकुण्ड गाउँपालिका-६ निवासी लामा रेडियाे रसुवाका संस्थापक हुन् । लामाकाे अध्यक्षमा सचिव राम ठकुरी आशिष, काेषाध्यक्ष दानबहादुर गुरुङ सहित ११ सदस्य कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

साथै कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आर्चाय लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध भएका छन्।

Tuesday, September 10, 2024

स्थानीय तह स्वमूल्याङ्कनमा उत्तरगया पहिलो


रसुवा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह बीच गराएको प्रतिस्पर्धामा रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका पहिलो भएको छ ।

मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटा पालिकाले अनलाइन आवेदन दिएका थिए । लिसाको गुणस्तर परीक्षणमा उत्तरगया ६७.५० प्रतिशत अङ्क ल्याएर जिल्लाको पहिलो भएको छ । 

त्यसैगरी आमाछोदिङ्मोले ५७, कालिकाले ६१.२५, गोसाइँकुण्डले ६६.७५ र नौकुण्डले ६७.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत मन्त्रालयले शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० शीर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारबाही, सेवा प्रवाहका प्रमाणसहितका कागजात अनिवार्य रूपमा अपलोड गर्ने व्यवस्था चार वर्षदेखि लागू भए पनि तीन वर्षदेखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याएका थिए ।

 स्वमूल्याङ्कनका आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहका लागि बजेट विनियोजन गर्ने प्रक्रिया अपनाइएको अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

Saturday, August 31, 2024

सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष कार्यक्रम सम्पन्न

रसुवा, तीजको अवसरमा कालिका गाउँपालिका -२ स्थित धैबुङ्ग कालिका साना किसान कृषि सहकारीको आयोजनामा सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रम कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए । 

सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे  । 

तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।  हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। 

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।



कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने



रसुवा , लाङटाङ राष्ट्रिय निकुञ्ज बरिष्ट संरक्षण अधिकृत  अणनाथ बराल  माथि कार्यालयमा अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने भएकाे छ । 

०८१ भदाै ७ गते नाैकुण्ड गाउँपालिका २ का याेङजाे भूमे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ठूलाेबाबु नेकाेर र उनकी पत्नी बताउने दाम्जी घलेले कार्यालयमा बिना अनुमति प्रबेश गरी धसिङ्ग्रेकाे तेल उत्पादन उद्याेग स्थापना गर्ने सम्बन्धमा विवाद गरी प्रमुख बरालमाथि अपशब्दले गाली गरी दुर्यवहार गरेकाे बरालले बताए । 

अरू कर्मचारीहरूलाइ समेत गाली गलाैज गरी कुर्सीमा रहेका  कार्यालय प्रमुखमाथि हातपात समेत भएकाे र सर्ट समेत च्यातेकाे , इटा उठाएर हान्न लाग्दा कर्मचारीले राेकेकाेले  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलगायतका शुरक्षा निकायमा पत्रचार भएकाे कार्यालय प्रमुख बरालले बताए । 

कार्यकक्षमा रहेका  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ नियमानुसार कारवाहीका लागि पत्राचार गरेकाे कार्यालयमा सुरिक्षत भइ काम गर्ने वातावरण नभएकाेले कार्यालयका रेन्जर सुनिल राउतकाे प्रतिवेदन र साे मितिकाे घटनास्थल प्रकृति मुचुल्का सहित प्रतिवेदन राखेर आवश्यक कारवाहीका लागि अनुराेध गरिएकाे हाे । 

अभद्र ब्यवहार गर्ने उपर कारवाहीका लागि बिभाग तथा सुरक्षा निकायमा अनुराेध गरेकाे र प्रक्रिया अघि बढ्ने निकुञ्ज कार्यालयले जनाएकाे छ । 

 

रैथाने स्याउ खेती



आमाछाेदिङमाेे गाउँपालिका -४ काे ७४ मा फलेकाे रैथाने स्याउ यहाँ स्याउ खेती गरेेर किसान दैनिक खर्च चलाउछन् । याे स्याउ निकै स्वादिलाे छ । 
तस्बिर : हेमनाथ खतिवडा रसुवा ।


ट्र्रेड यूनियन महासंघ र भूमि अधिकार तथा श्रमिक संगठन भेला सम्पन्न


रसुवा, नेपाल ट्र्रेड यूनियन महासंघ जिफन्ट रसुवाकाे भेला सम्पन्न भयाे । जिल्लाभरका सवै गाउँपालिकाबाट भएकाे भेलाले कालिका, नाैकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमिटी गठन भएकाे स्थानीय कालिका गाउँपालिका कमिटी अध्यक्ष नुरेन्द्र बहादुर न्याैपानेले बताए । 

भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटीको भेला तथा प्रथम अधिबेशन पनि सम्पन्न भएकाे छ । छेकु लामाकाे अध्यक्षतामा भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटी गठन भएकाे हाे ।