ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, November 8, 2026

आमाछोदिङ्मोमा उत्पादित बन्दा ढुवानीकाे लागि विश्व खाद्य कार्यक्रम र गाउँपालिकाबीच सहमति

सहमति पत्रमा हस्ताक्षर पछि अध्यक्ष र उपाध्यक्ष समेत: तस्वीर गाउँपालिका

रसुवा, भदाै १० गतेकाे बाढीका कारण पुल तथा सडक अभावले आमाछोदिङ्मो गाउँपालिकामा उत्पादित बन्दा ढुवानी गर्न विश्व खाद्य कार्यक्रम र आमाछोदिङ्मो गाउँपालिकाबीच सहमति भएको छ । 

​गाउँपालिकाबाट स्याफ्रुबेँसीस्थित भोटेकोशी खोलावारि यातायात पुगेको ठाउँसम्म बन्दा ढुवानी गर्न सहयाेग गर्ने सहमति भएको हो ।  पहिलो चरणमा ३३७.५ मेट्रिक टन बन्दा ढुवानी गर्न सहयाेग गर्ने सहमति भएको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए । गाउँपालिकाभित्र उत्पादित बन्दा यातायातको पहुँच भएको ठाउँसम्म पुर्‍याउन विश्व खाद्य कार्यक्रमले सहयोग गर्ने सहमति भएको उनले बताए ।  

​गत भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका-५ स्थित स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। बाढीका कारण आवतजावत बन्द हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं. १ देखि ५) का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएकाे स्थानीय फुर्पुसिङ्गी तामाङले बताए । कृषि उपजले बजार पाउन सकेन यसले किसानलाई अर्थतन्त्रमा धेरै समस्या परेकाे छ । केही दिन अघि गाउँलेले श्रमदान गरेर बनाएकाे काठेपुल पनि बगायाे ।

झण्डै ८ कराेड रुपियाँ बराबरको कृषि तरकारी तथा उपज बजारमा लैजाने अवस्थामा बाढीले समस्या परेकाे वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ बताए ।  ​सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेका नगदेबाली बजारसम्म पुर्‍याउन पाएका छैनन् । बाढी पछिको लामो समय बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदेबाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको थियो । किसानको मेहनत खेर जान नदिन ढुवानीमा सहयोग गरिएको विश्व खाद्य कार्यक्रमले जनाएको छ। उत्पादित कृषि उपज बजारमा लैजान  सके ठूलाे राहत हुने कृषक मार लामाले बताए ।  

सम्झौता भएपछि केही यहाँ अलपत्र परेकाे कृषि उपजले बजार पाउने भन्दै किसान उत्साहित भएका छन् ।

No comments:

Post a Comment