कविता
शीर्षक : ``बा आमा´´
छन्द : शार्दूलविक्रीडित
जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।
River Kunda Rasuwa
.......................
तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित
यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनु भएको हो ।
| कालिका गाउँपालिकाको भूगोल- गुगल नक्सा |
कालिकास्थान, साउन ३१ गते । कालिका
गाउँपालिकाले गाउँपालिका भित्र रहेका सहकारीहरूको अभिलेखीकरणका लागि सहकारीहरूसँग
सूचना माग गरेको छ ।
गाउँपालिकाभित्र कार्यक्षेत्र भई
कार्यरत सम्पूर्ण सहकारी संस्थाहरूले असोज मसान्तभित्र साधारण सभा गरी उल्लेखित विवरण अनुसारको सूचना कृषि शाखामा उपलब्ध गराउन
गाउँपालिकाले अनुरोध गरेको छ ।
उल्लेखित विवरण :
१)
साधारण सभाको निर्णय तथा उपस्थिति प्रतिलिपी
२)
लेखापरीक्षण प्रतिवेदन प्रतिलिपी
३)
वार्षिक कार्ययोजना
४)
करचुक्ता प्रमाणपत्र प्रतिलिपी
५)
सञ्चालक समितिको विवरण खुल्ने कागजातको
प्रतिलिपी
६)
शेयर सदस्य संख्या र शेयर पुँजी खुले कागजातको
प्रतिलिपी
७)
संस्था नवीकरण प्रमाणपत्र प्रतिलिपी
वर्षैभरि
गोसाइँकुण्डमा तीर्थालुहरू स्नान र भ्रमणका लागि आउने गरेका भएपनि गंगा दशहरा र
जनैपूर्णिमाका बेलामा विशेष मेला लाग्दछ । यस वर्ष भदौ १० देखि १४ सम्म विशेष मेला
लाग्दैछ ।
गठित उपसमितिको विवरण
|
क्र.सं |
उपसमितिको नाम |
संयोजक |
सदस्यहरू |
|
१. |
सरसफाइ तथा
खानेपानी |
गोसाइँकुण्ड-६ वडा कार्यालय |
नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति, होटल
व्यवसाय, ल्याकोस |
|
२ |
वातावरण संरक्षण |
सहायक प्रमुख संरक्षण अधिकृत |
ल्याकोस, डी.वै.टी.डी.एस. , सुर्यकुण्ड
मध्यवर्ती उपभोक्ता समिति, नौकुण्ड मध्यवर्ती
उपभोक्ता समिति |
|
३ |
स्वयंसेवक |
नेपाल
रेडक्रस सोसाइटी रसुवा , |
नेपाल स्काउट, सक्षम नेपाल |
|
४ |
दररेट निर्धारण |
चेम्बर अफ कमर्स, |
उद्योग वाणिज्य, होटल व्यवसायी |
|
५ |
स्वास्थ्य शिबिर |
गोसाइँकुण्ड गाउँपालिका |
जिल्ला स्वास्थ्य कार्यालय रसुवा, जिल्ला
आयुर्वेद कार्यालय |
|
६ |
प्रचारप्रसार |
नेपाल पत्रकार महासंघ, स |
डी.वै.टी.डी.एस. |
|
७ |
उद्वार व्यवस्थापन |
जिल्ला प्रशासन कार्यालय रसुवा, |
तीनवटै सुरक्षा निकायहरू ,लाङटाङ
राष्ट्रिय निकुन्ज |
|
८ |
यातायात व्यवस्थापन |
गोसाइँकुण्ड-६ वडा कार्यालय |
ट्राफिक प्रहरी, व्यवसाय
संघ, उद्योग वाणिज्य |
|
९ |
अनुगमन |
जिल्ला प्रशासन कार्यालय, |
गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, नागरिक
समाज, सुरक्षा निकायहरू |
|
१० |
समन्वय
तथा आन्तरिक व्यवस्थापन |
गोसाइँकुण्ड
क्षेत्र विकास समिति |
|
|
११ |
थर्पु
व्यवस्थापन |
उपसमिति
संयोजकमा स् लामटाङ राष्ट्रिय निकुञ्ज, |
गोसाइँकुण्ड
क्षेत्र विकास समिति, सूर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नौकुण्ड
मध्यवर्ती उपभोक्ता समिति |
|
१२ |
घोडाचढी
व्यवस्थापन |
गोसाइँकुण्ड
– ५ वडा कार्यालय |
लाङटाङ
राष्ट्रिय निकुञ्ज कार्यालय, गोसाइँकुण्ड क्षेत्र विकास
समिति, सुर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति |
|
१३ |
धुन्चे
बजार बत्ती व्यवस्थापन |
गोसाइँकुण्ड-६
वडा कार्यालय |
जिल्ला
विद्युत प्राधिकरण रसुवा, चेम्बर अफ कमर्स |
गठित
उपसमितिहरूले आगामी भदौ ३ मा बस्ने बैठकमा आ-आफ्नो कार्ययोजना प्रस्तुत गर्ने र
छलफल हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
गोसाइँकुण्डयात्रा गर्दै हुनुहुन्छ ?? गोसाइँकुण्डको बारेमा जान्न यहाँ जानुहोस् ।
![]() |
| साञ्जेन खर्क/भ्याली, रसुवा |
तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ ।करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।
यसभित्र
-- रसुवा जिल्ला, आमाछोदिङ्मोा गाउँपालिका अन्तर्गत रहेको साङ्जेन भ्याली (उपत्यका) समुद्री सतहबाट ३७४० मीटर उचाईमा अवस्थित छ ।
-- रमणीयस्थल हुँदाहुँदै पनि साङ्जेन भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन ।
-- तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ । करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।
चीनको स्वशासित क्षेत्रको सिमानामा रहेको यो क्षेत्रमा लोपोन्मुख जडीबुटी पाइन्छन् ।यार्सागुम्बा, कुटकी, सर्पगन्धा, पाँचऔँले, जटामसीलगायतका बहुमूल्य जडीबुटीको धनी क्षेत्र पनि हो साङ्जेन भ्याली । घाँसेमैदानको पर्याप्तता रहेको यस क्षेत्र चौँरी, भेडा र च्याङ्ग्रापालनको लागि पनि उपयुक्त रहेको छ ।
साञ्जेन उपत्यकाको नजिकबाट गणेश हिमाल, साङ्जेन हिमाल र पाल्दोर पिकलाई देख्न पाईन्छ । हिमाली ग्ल्यासियरको दृश्यले सबैलाई मोहित बनाउँछ ।
-- आवास पूर्वाधारको व्यवस्था नभएपनि क्याम्पिङ ट्रेकिङ गर्न सकिन्छ । स्थानीयहरू चौंरी र भेडी गोठहरूमा बास बसेर पनि यात्रा गर्ने गर्दछन् ।
-- विभिन्न खर्कहरू : सुन्दुर खर्क , खोला खर्क, डिल्पु कुण्ड, मुलखर्क, नादाङ खर्क, डाडाँ खर्क मनोरम पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमाल, तिबब्तीयन हिमालका दृष्यले यहाँको सौन्दर्य थपेको छ ।
-- वन्यजन्तुहरू झारल, घोरल, थार, कस्तुरी, मृग, बँदेललगायतसँग जम्काभेट यहाँको अर्को आकर्षण हो।
-- तामाङ संस्कृति, भेषभूषा र रहनसहन अर्को महत्वपूर्ण आकर्षकीय पाटो हो ।
-- चिलिमे थाम्वुचेतवाट तातोपानी हुँदै एकदिन पैदल यात्रा हिंडाई पछि यो खर्क पुग्न सकिन्छ । तातोपानीदेखि छरप्चुङ वगर, साङजेन खोला भित्रका जेजुङमा खोला, साङजेन खर्क भित्रका मोरप्पा खर्क, मल्र्कु खर्क, छुलिङ खर्क, मरकोङ खर्क, ज्यार्के वासा, चेरा वासा, सादी, नादाङ, चेदाङ, पराङ, दोगोरग, व्राङजे ९ खोला खर्क हुँदै जागेश्वर कुण्ड, साञ्जेन, पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमालका वरपर पुग्न सकिन्छ ।
-- गतलाङको पार्वतीकुण्ड हुँदै जागेश्वर कुण्ड हुँदै पनि साञ्जेन भ्यालीसम्म पुग्न सकिन्छ ।
फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।
नेपाल चीन सिमाना अर्थात् गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने यो दुधकुण्डलाई स्थानीयहरू 'पेदाङ छो' भन्दछन् । यस कुण्डको पानी अन्यत्रको पानी भन्दा सेतो छ । चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुध जस्तै भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ ।
फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।
कुण्ड कसरी पत्ता लाग्यो भन्ने विषयमा भने कसैको फरक मत छ । स्थानीय उर्केन घले भने ‘तिव्वतको लेन्देबाट आएका गोठालाहरूले देखेर पत्ता लगाएको वताउँछन् । आकाशमा बादल लाग्दा कुण्डको पानी पुरै दुध जस्तै देखिन्छ ।’
विभिन्न प्रमाणको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा बर्षेनी भदौ पूर्णिमाका दिन मेला लाग्दछ । यहाँ पुगेको वर्ष झाँक्रीहरूले तीन वर्ष दर्शन गर्न आउने नआउने निर्क्यौल गर्नुपर्ने प्रचलन छ ।
टिमुरेबाट ४ दिन पैदल हिडेर पुग्न सकिने दुधकुण्ड समुन्द्री सतहबाट ४ हजार ७ सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट, सुरम्य वातावरण थरिथरिका फूलको वासना, मृग उफ्रेका र डाँफे चरी नाँचेको देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएको महसुस हुन्छ । साँच्चै प्रकृतिका बिभिन्न थरिका मनोरम दृष्यहरूले चुनौतीपूर्ण यात्रा नै भए पनि त्यहाँ स्थानमा पुग्ने सबैलाई लाग्छ एकपटक पुग्नै पर्ने गन्तव्य रहेछ दुधकुण्ड ।
धार्मिक तथा पर्यटकीय महत्वको पवित्र तीर्थस्थल दुधकुण्ड तर्फको यात्रा गर्दा तीर्थयात्रीले फरक मार्ग आउने जाने र फरक दृष्य हेर्न पाईने सुविधा छ । जाँदा घट्टेखोला र फर्कदा खैदीहुँदै टिमुरे फर्कने मार्ग छ । पापबाट मुक्ती पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि दुधकुण्ड पुग्दछन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने विश्वास रहेको छ । कुण्डमा नुहाउन डुबुल्की मारेपछि कुण्डको सतहबाट एउटा ढुङ्गा टिप्ने र त्यसलाई जतनसाथ ल्याएर घरमा राख्नाले छोरा नहुनेको छोरा जन्महुने र बच्चा पैदा नभएसम्म घरमा पूजा गरेर राख्नुपर्ने जनविश्वास रही आएको छ ।
-- यात्राभर नेपाल र तिब्बती भू–भागका हिमाल , रमणीय खर्कहरू वनस्पति, वन्यजन्तुहरू जस्ता विभिन्न दृष्यहरू देख्न सकिन्छ ।
-- प्राकृतिक दृष्य, जैविक विविधताले यो स्थान पुग्ने कसैको पनि मन प्रफुल्लित हुन्छ ।
-- सुवुरगाङ् गुम्बा,खैदीको गुरूगुम्बा, एक औलाले हल्लाए जति जनाले सक्दो बल गरेर हल्लाए पनि उत्तिकै हल्लीने अनौठो ढुङ्गा देख्न सकिन्छ ।
-- दुधकुण्ड क्षेत्रमा धेरै प्रकारका जडिबुटी कस्तुरी, झारल मृग, हिमचितुवा, गिद्ध, डाँफे, चौरी र भेडा पाल्ने रमणीय खर्कहरू रहेको छ ।
-- आउँदा र जाँदा फरकफरक मार्गको प्रयोग र फरक फरक दृश्यावलोकन ।
-- टिमुरेको घट्टेखोलाबाट, धुम्बाबु, धोजु, तोङया नालुङखर्क, लाङटाङ बासा, चेन्दुलुङ पाखा,चेन्दुलुङ खोला, चौरी खर्क भेडा खर्कहुँदै दुधकुण्ड पुग्न सकिन्छ ।
-- यात्रा गर्दा ३ दिनको यात्रा तय गर्दा राम्रो हुन्छ । सो दिन कुण्डमा स्नान गरी फर्कदा गाङसेर, कालोकुण्ड घ्यागर छो झारलखर्क, याङछोसा, देउराली रावुलाप्चे ,सिङयुल ,डुप्चु, जार्सा, क्यारूङ, थाङसेम्बु, ब्राङगा हुँदै फर्कन सकिन्छ ।
तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।
| दुध कुण्ड (पेदाङ छो) |