ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, January 20, 2026

रसुवामा १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरे



रसुवा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे रसुवा जिल्लामा ९ वटा राजनीतिक दल र ३ स्वतन्त्र गरी  १२ जनाले माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

सदरमुकाम स्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार साँझसम्ममा नाै राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १२ जनाको उम्मेदवारी दर्ता गरेका हुन् । 


प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट इन्जिनियर मोहन आचार्यले तेस्रो पटक उम्मेदवारी मनोनयन दर्ता गराए । आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई पटक निर्वाचित भइसकेका छन् । 


नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् । तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधव लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराए । उनी पहिलो पटक निर्वाचनमा होमिएका हुन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट युवा बसन्त भट्टले उम्मेदवारी मनोनयन दर्ता गरे । जेएनजीको प्रतिनिधित्व गर्दै उनी पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हरिप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । घिमिरे २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार रहेका थिए ।


त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्य तथा उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताए । 

यस अघि रास्वपाका जिल्ला संयोजक रहेका मानबहादुरले राजिनामा गरी उज्यालो नेपालको उम्मेदवार बनेका हुन् । 


स्वतन्त्रतर्फबाट सागर लामा, दावामिङमर तामाङ र चित्रकुमारी देवकोटाले उम्मेदवारी दिए ।  उम्मेदवारहरू पार्टीका कार्यकर्ता तथा समर्थकसहित नारा जुलुस सहित गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।


दलका तर्फबाट महिला उम्मेदवार छैनन् भने स्वतन्त्रबाट १ जना महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 



Monday, January 19, 2026

नेकपाबाट लामिछाने उम्मेदवार


रसुवा, नेपाली कम्युनिष्ट पार्टीबाट माधब लामिछानेले उम्मेदवारी दिने भएका छन् । 

उम्मेदवारका लागि धेरै आकांक्षी रहेकोले पार्टीले हिजो रातिमात्र उम्मेदवार टुङ्गो लगाएको जिल्ला नेता पुष्पराज न्यौपानेले बताए । उत्तरगया गापा - ४ निवासी लामिछाने ०५२ सालदेखि तत्कालीन बिद्रोही माओवादीका नेता हुन् । 


रास्वपा सभापति मानबहादुरले पार्टी छाडे उम्मेदवार भट्ट


रसुवा, राष्ट्रिय स्वतन्त्र पार्टी, रसुवाका सभापति मानबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा घोषणा गरेका छन् । 

फागुन २१ गते हुन प्रतिनिति सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्धवारको टिकट आफुलाई नदिई पार्टीमा हालसम्म कुनै काम नगरेको व्यक्तिलाई उम्मेद्धवार बनाउने भएपछि पार्टीबाट बिद्राेह गरी असन्तुटी प्रकट गर्दै सभापति तामाङले सामाजिक सञ्जालबाट राजिनामा दिएको जानकारी दिए ।  

तामाङले आफु आदिवासी जनजाति कोटाबाट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य समानुपातिक सदस्य बन्न इच्छुक भएको समानुपातिक तर्फ पनि तामाङलाई नसमेटेको र प्रत्यक्षक टिकट पनि अरुलाई दिने भएपछि पार्टी सभापति तामाङले  राजिनामा दिएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन प्रतिनिति सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टी रसुवाका क्रियाशील सदस्य समेत रहेको बसन्त भट्टलाई उम्मेद्धवार बनाउने भएकाे उनले बताएकाछन् । 

रसुवाबाट दलहरुका उम्मेवदार चयन


रसुवा, जिल्ला स्थित राजनीतिक दलहरुले आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवार चयन गरेका छन् । 

माघ ६ गते हुने मनोनयनका लागि नेपाली काँग्रेसका मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् । उनी २ पटक नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । 

नेकपा एमालेबाट केन्द्रीय सदस्य प्रेमबहादुर तामाङ उम्मेदवार भएका छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी पार्टीबाट संविधानसभा सदस्य तथा २०७४ सालमा नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेपाली कम्युनिष्ट पार्टीबाट भने अझै उम्मेदवार चयन भएको छैन । उम्मेदवारका लागि शिव लामिछाने, माधब लामिछाने र अर्जुन पाैडेल चर्चामा छन् । मनाेनयन अघिसम्म टुङ्गाे लाग्ने नेकपा जिल्ला नेता पुष्पराज न्याैपानेले बताए । 

उता रास्वपाबाट नवयुवा बसन्त भट्ट चयन भएका छन् । मंगोल नेशनल अर्गनाइजेनबाट बिनोद थिङले उम्मेदवारी दिने जनाइएको छ । 




चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा, स्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ। तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो। कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो।  २ हजार छ सय मिटर उचाइमा तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी नाेर्चेल तामाङले जानकारी दिए ।  उनले भने , ‘तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ।’

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो। नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङले तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबी गरिन् ।

विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए। अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न यात्रीहरू आकर्षित भइराखेका छन् ।



रसुवामा पनि खुल्यो निर्वाचन अधिकृतको कार्यालय


रसुवा, आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।  


सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले गरेका छन्। कार्यालय स्थापना भएसँगै रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। 


एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा ३६ वटा मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेका छन्। आगामी निर्वाचनका लागि जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Thursday, January 15, 2026

बेत्रावतीमा उपहार चिठ्ठाको नतिजा सार्वजनिक

रसुवा,  गोसाइँकुण्ड युवा क्लब बेत्रावतीकाे सहयाेगार्थ उपहार चिठ्ठाको नतिजा सार्वजनिक भएकाे छ । ११ जनालाइ बिजेता घाेषणा गरी १ सात भित्र पुरस्कार लिन सूचना गरिएकाे छ ।



गोसाइँकुण्ड युवा क्लब बेत्रावतीले जारी गरेकाे सूचना :

१) प्रथम पुरस्कार : स्कुटर चिट्ठा नं-१८२८
सत्य पौडेल कालिकास्थान ,रसुवा !

२) दोश्रो पुरस्कार : वासिङ मेसिन चिठ्ठा नं-२७०४
दिपेश रिजाल !

३) तेस्रो पुरस्कार : हाते ट्याक्टर चिठ्ठा नं-१३७१
राजकुमार आचार्य बिदुर-८ माझिगाउ, नुवाकोट !

४) चौथो पुरस्कार :स्मार्ट टिभि : चिठ्ठा नं-१६४०
लाक्पा वाङ्मो थिङ- कालिका -२ रसुवा !

५) पाँचौ पुरस्कार -फ्रीज : चिट्ठा नं-१५३८
जोन श्रेष्ठ ,उतरगया-५ बेत्रावती,रसुवा !
हाल- अष्ट्रेलिया

६) छैठो पुरस्कार -भ्याकुम क्लिनर चिट्ठा नं-२०५५
सन्तोष लम्साल ,उतरगया-५ बोगटीटार,रसुवा !

७) सान्त्वना : मिक्स्चर-०८४६
सुप्रीया गजुरेल,बटार नुवाकोट !

८) सान्त्वना :मिक्स्चर-१६८५
ज्ञानु देबकोटा,कालिका-५ रसुवा !

९) सान्त्वना - राइस कुकर-१६३३
सिता आचार्य -कालिका -३ रसुवा !

१०) सान्त्वना : राइस कुकर-१९७२
लमोमाया तामाङ ,उतरग्या -२ डाडागाउं,रसुवा !

११) सान्त्वना :हटपर्ट-११८९
अर्पन अर्याल , काठमाडौ !

१२) सान्त्वना : हटपर्ट- ११४५
सुमित्रा डङोल, बेत्रावतीबजार

जम्मा चिठ्ठाको टिकट बिक्रि संख्या :-२७०६
पुरस्कार बिजेता सम्पुर्णमा हार्दिक बधाई !
पुरस्कार लिन आजको मितिबाट १ हप्ताभित्र चिट्ठा रसिदको अधिकट्टी लिएर आउनुहोस् ।