ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, October 21, 2026

कालिकामा बाढी प्रभावित १९५ परिवारलाई नगद राहत ६ हजार रुपैयाँ वितरण

 

​रसुवा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहतस्वरूप नगद रकम हस्तान्तरण गरिएको छ । बाढीका कारण ज्यान गुमाएका, बेपत्ता भएका पीडित परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले यो आर्थिक सहायता उपलब्ध गराइएको हो ।

​अमेरिकास्थित Gameeej नामक संस्थाको विशेष पहलमा रसुवाका बाढीपीडितहरूलाई नगद सहयोग हस्तान्तरण गरिएको हो । बाढीका कारण आफन्त गुमाएर गहिरो पीडामा परेका परिवारलाई घाउमा मलम लगाउने हेतुले राहत वितरण गरिएको आयोजक संस्थाले बताएकाे छ ।
​मंगलबार कालिका गाउँपालिकाका वडा नं. १, ३ र ५ का गरी कुल १९५ परिवारलाई ६ हजार रुपैयाँका दरले नगद रकम कालिका गाउँपालिका उपाध्यक्ष मिरा तामाङले वितरण गरेकी हुन् । आयोजक संस्थाका अनुसार कालिका गाउँपालिकाका बाँकी रहेका दुई वटा वडाका परिवारहरूलाई पनि तत्काल राहत रकम हस्तान्तरण गरिने छ ।



No comments:

Post a Comment