शशीकुमार डंगोल
रसुवा प्राकृतिक सौन्दर्यले भरिपुर्ण अति नै मनमोहक जिल्ला हो ! यहाँका ताल- कुण्ड, खोला, झरना,हिमाल, डाडा, थली,खेतका गह्राकाफाटहरुमा १२ महिना नै अलौकिक सुन्दरताले भरिपुर्ण भैरहन्छन ।
शशीकुमार डंगोल
रसुवा प्राकृतिक सौन्दर्यले भरिपुर्ण अति नै मनमोहक जिल्ला हो ! यहाँका ताल- कुण्ड, खोला, झरना,हिमाल, डाडा, थली,खेतका गह्राकाफाटहरुमा १२ महिना नै अलौकिक सुन्दरताले भरिपुर्ण भैरहन्छन ।
देवकोटा बन्धु समाज नेपालको ११ औं राष्ट्रिय महाधिबेशनबाट रसुवाका रामप्रसाद देवकोटा अध्यक्षमा चयन भएका छन् । बैशाख २९ गते सर्लाहीको लालबन्दीमा सम्पन्न महाधिवेशनबाट देवकोटा अध्यक्षमा चयन भएका हुन् ।
रसुवा
स्थायी घर भई काठमाण्डौंमा शिक्षण पेशामा आवद्द देवकोटा विभिन्न सामाजिक कार्यमा
सहभागी हुने गरेका छन् ।
काठमाण्डौं । पौडेल बंश महासंघ, नेपाल, वागमती प्रदेश कार्यसमितिको अध्यक्षमा सुमन पौडेल (काठमाण्डौं) निर्वाचित भएका छन् । बैशाख २९ गते काठमाण्डौंको मूलपानीमा भएको दोस्रो प्रदेश सम्मेलनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको
उपाध्यक्षमा अरूण पौडेल (रामेछाप), सचिव दिपक पौडेल (काभ्रेपलाञ्चोक), कोषाध्यक्ष
प्रमिला खनाल पौडेल (नुवाकोट) निर्वाचित भएका छन् भने रसुवाबाट रमेशकुमार पौडेल
सदस्यमा चयन भएका छन् । उनी जिल्ला कार्य समिति रसुवाका कार्यवाहक अध्यक्ष पनि हुन् ।
शनिबार
सम्पन्न सम्मेलनमा वागमती प्रदेश अन्तर्गतका १३ जिल्लाबाट प्रतिनिधिहरू सहभागी थिए
। केन्द्रिय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न उक्त सम्मेलनको
अध्यक्षता केन्द्रिय उपाध्यक्ष तथा प्रदेश कार्यसमितिका अध्यक्ष दिपकप्रसाद
पौडेलले गरेका थिए ।
पौडेल बंशको खोज, अनुसन्धान तथा उत्थानका निमित्त कार्य गर्ने उद्देश्य रहेको महासंघले आफ्ना गतिविधि प्रभावकारी बनाउन जिल्ला तथा पालिकास्तरमा समेत् संगठन विस्तार गरेको छ । बंशावली संकलन तथा प्रकाशन कार्य तथा एकरुपमा नभएको कुलपूजा पद्दतिलाई एकरूपता ल्याउनको लागि बंशावली संकलन तथा प्रकाशन समिति र कुलपूजा व्यवस्थापन समिति समेत् गठन गरेको बताइएको छ ।
पौडेल बंश महासंघ नेपाल वागमती प्रदेश समितिका गतिविधि थाहा पाउन
रसुवा, पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा निर्माणकाे चर्चा चल्न थालेकाे छ ।
रूवीभ्याली तथा पछि परेका पर्रयटकीय क्षेत्रकाे प्रचार गरी पर्यटन प्रवर्धन गर्न सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरे पछि यस्ताे चर्चा चलेकाे हाे । गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने छ । यो सडक काठमाडौँलाई चीनसँग जोड्ने सडक मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हुने देखिन्छ ।
यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।
नेपाली नामाकरण नभएको ठूलोभार्खुको खोलाको किनारमा
रहेको यो कुण्ड धेरै वर्ष अघि आएको बाढीले बगाएको भन्ने विश्वास छ । बाढीका कारण
कुण्ड लोप भएपछि वा हराएपछि सो कुण्ड वा स्थानलाई 'ग्यो नैपा' वा कुण्ड हरायो/कुहियो भनिएको भनेर
'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति नामक पुस्तकमा फुर्पा
तामाङले उल्लेख गरेका छन् ।
यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।
रसुवा, नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बहने भोटेकोसी नदिबाट १ सय ११ मेगावाट क्षमताको विद्युत आयोजनाले निर्धारित समयमा निर्माण कार्य नसक्दा उत्पादिन विद्युत खेर गएको छ।
रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ ९केभी० र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न नपाएको हो।
प्रसारण लाइन अभावकै कारण विद्युत उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पर्ने देखिएको छ। गोसाइकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भूभागमा पर्दछ।
प्रशारण लाइनको काम समयमा नसकिंदा ग्रिड कनेक्सन एग्रिमेन्ट अनुसार उपकरण परीक्षण गर्न १३२ केभी ब्याक चिलिमे हवबाट प्राप्त नभएसम्म समस्या रहने छ। रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले भने, वेट कमिसनिङ १३२ केभी प्राप्त हुनुअघिको काम सम्पन्न भएको छ। उनले व्याक चार्ज प्राप्त भएपछि उत्पादन सुरु हुने बताए।
निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन्।
आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको जानकारी दिए।
डा डम्बर नेपालीकाे डिजायन तथा नेतृत्वमा निर्माण भएकाे चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा रसुवागढी आयोजना सुरु भएको हो। ०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत गृह भूमिगत सुरुङहरु, तथा विभिन्न उपकरण परीक्षण भैसकेको छ।
विद्युत उत्पादन गर्न तयारी अवस्थामा रहे पनि प्रसारण लाइनको अनिश्चितताले थप काम अगाडि बढ्न नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए। ‘आयोजनाले सम्पन्न गर्नुपर्ने १० किलोमिटर प्रसारण लाइन पूरा भइसकेको छ तर चिलिमे हब नबन्दासम्म कुनै अर्थ नहुने भयो,’ उनले भने, ‘यसबाट कम्पनीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने देखिन्छ।’
प्रसारण लाइन नबन्दा मासिक करिब २७ करोड रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ। त्यसमाथि ठेकेदारले दाबी भुक्तानी थप्दै गयो भने झनै ठूलो समस्या उत्पन्न हुनेछ। प्राधिकरणले गत चैतभित्रै प्रसारण लाइन पूरा गर्ने दाबी गरे पनि भौगोलिक जटिलताका कारण काम सक्ने समय लम्बिँदै गएको छ।
प्रशारण लाइनकाे काममा ढिलाइ हुनेकाे कारण नेपाल विद्युत प्राधिकरण नै हाे किनकी कन्ट्याक्टरलाइ समयमा काम सक्न दवाव दिन सकेकाे छैन । तिब्र गतिले काम गरेकाे भए चाँढै सकिन्थ्याे ।
‘गत माघदेखि जलाशय र सुरुङमा पानी भरेर राखे पनि उपयोगमा आउन सकेको छैन,’ आयोजना प्रमुख सत्यराम ज्याख्वाले भने, ‘विद्युतगृहका ट्रान्सफर्मरलगायत उपकरण चार्ज गर्न सकिएन भने बिग्रिने सम्भावना हुन्छ।’ आयोजनाको तर्फबाट विद्युत उत्पादनका लागि काम बाँकी नरहेको उनले बताए।
उत्पादित विद्युत जोड्ने सबस्टेसन र प्रसारण लाइनको काम पूरा गर्न अझै केही महिना लाग्ने देखिन्छ। यद्यपि, प्राधिकरण उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक थर्कबहादुर थापाले चिलिमे हबको निर्माण पूरा भइसकेको जानकारी दिए। ‘आगामी जेठ ४ गते सबस्टेसनको काम सकिने छ,’ उनले भने, ‘त्यसको १५ दिनपछि प्रसारण लाइनको सबै काम सकिन्छ।’
कुल २८ किलोमिटर लामो प्रसारण लाइनमा ७५ वटा टावर निर्माण हुने छ। अहिले ६६ वटा टावरको ठड्याइएको छ भने ७ वटा टावरको जग खन्ने काम जारी छ। १ महिनाभित्र प्रसारण लाइन पूरा हुने सम्भावना न्यून देखिन्छ। थापाले जेठ तेस्रो सातासम्म काम पूरा हुने बताए।
आयोजनाको काम २०१७ जुलाइमा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१४ को फ्रेब्रुवरीबाट सुरु भएको थियो। १० वर्ष बित्दासमेत आयोजना सम्पन्न हुन सकेन।
भूकम्प, नाकाबन्दी, कोरोना महामारी ९कोभिड–१९०, बर्खाको बाढी र पहिरो, हिउँदमै खस्ने सुख्खा पहिरो जस्ता अवरोधले आयोजनाको काममा ढिलाइ भएको देखिएको छ।
२०७८ असार १ गते सो क्षेत्रमा ठूलो बाढी आउँदा आयोजनाको भूमिगत विद्युतगृहमा पानी छिरेर सम्पूर्ण उपकरण डुबाएको थियो। जडानका लागि तयारी अवस्थामा राखिएका इलेक्ट्रो मेकानिकल उपकरणमा क्षति पुगेको थियो।
निर्माणको अन्तिम चरणमा १३ अर्ब ६० करोड रूपैयाँको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता, वर्षातको बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, ०७२ सालको भूकम्प, कोभिड–१९ महामारी जस्ता कारणले निर्माणमा ढिलाइ हुँदा करिब पाँच अर्ब बढी लागत लाग्ने देखिएको आयोजनाले जनाएको छ।
आयोजनाको हालको अवस्थाको लागत व्याज बाहेक १८ अर्ब ४७ करोड रूपैयाँको हाराहारीमा खर्च हुने भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।