रसुवा, रसुवाको आमाछोदिङमो गाउँपालिका–३ मानचेतस्थित नेपाली सेनाको फाइरिङ रेन्जमा म्याद सकिएका विष्फोटक पदार्थ नष्ट (डिस्पोज) गर्ने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका सोनाम घलेको निधन भएको छ।
सुरक्षा निकायका अनुसार बर्निङ तथा डिमोलिसन विधिबाट विष्फोटक पदार्थ नष्ट गर्ने क्रममा एक्कासि भएको विष्फोटमा परी गम्भीर घाइते भएका लाङटाङ भोटेकोसी जलविद्युत आयोजनामा कार्यरत आमाछोदिङमो–४ गोल्जुङ निवासी २७ वर्षे घलेको मृत्यु भएको हाे ।
उनको टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारको पछि थप उपचारका लागि काठमाडौं पठाउने तयारीको क्रममा उनको मृत्यु भएको थियो। सेनाले विष्फाेट हुनु नपर्ने विस्फाेट भएकाे जनायाे ।
उक्त घटनामा दुई सैनिकसहित अन्य ६ जना घाइते भएका छन्। बाकी घाइते मध्ये ३ जनाको रसुवा जिल्ला अस्पतालमा उपचार गरी थप उपचारका लागि रिफर गरी त्रिशूली अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाइ थप उपचारको लागि हेलिकप्टरबाट सैनिक अस्पताल काठमाडौ लगिएको छ ।
घटनाको पूर्ण विवरण र विष्फोटको वास्तविक कारणबारे जिल्ला प्रशासन कार्यालय रसुवाले थप अनुसन्धानका लागि टाेली खटाएकाे छ ।

No comments:
Post a Comment