ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, April 12, 2024

पासाङल्हामु राजमार्ग २४सै घण्टा सञ्चालनका गर्न माग

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ ।


धुन्चे, रसुवा जिल्ला प्रवेश गर्ने पासाङल्हामु राजमार्ग र गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकमार्ग लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा पोस्टले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । 

निकुञ्जको कार्यक्षेत्रभित्र पर्ने यी दुईवटा सडक विगतदेखि नै राती ६ घण्टा बन्द हुँदै आइरहेका छन् । उक्त दुवै सडक २४सै घण्टा सञ्चालन गर्न गोसाइँकुण्ड गाउँपालिकाको तर्फबाट मंगलबार रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ । निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको सुरक्षा पोस्टले यी दुई खण्डको सडकमा ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन र स्थानीयलाई आवत–जावतमा रोक लगाउँदै आएको छ । 

पासाङल्हामु राजमार्ग र बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा २४सै घण्टा सबै प्रकारको सवारीसाधन आवत–जावतको व्यवस्था नभएको, सुरक्षा चेक पोस्टको सङ्ख्या बढीमा तीन स्थानमा मात्रै हुनुपर्ने र एकीकृत रूपमा चेकजाँचको व्यवस्था मिलाई समाधान गरिदिन ज्ञापनपत्रमार्फत माग गरिएको अध्यक्ष तामाङले जानकारी दिए । 

बेत्रावतीदेखि रसुवागढी नाकासम्म करिब १५ वटा सुरक्षा चेकजाँच भएकाले समस्या भएको र एम्बुलेन्स तथा आपत्कालीन समयमा सुरक्षा निकायलाई सूचनापश्चात् मात्रै अनुमति पाउने गरेको उनले बताए । रातिको समयमा सडकमार्ग बन्द हुँदा चीनबाट आयतीत सामान भन्सार चेकजाँचपछि ६ घण्टा रोकिनुपर्दा व्यवसायीलाई लागत र समय बढी लाग्ने गरेको छ ।

एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका


शैली खतिवडा

 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । 

कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकिन्छ । 

 

मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । 

विसं १८११ मा नेपाल–तिब्बतबिच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजयोत्सव मनाउँदै मन्दिरमा यत्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कूकृत्यले देवी क्रूद्ध भई हावाहुरी, चट्याङसहित असिनापानीले तिब्बती सेना धेरै जनाको मृत्यु भई ठुलो क्षति भएको थियो । जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगेको बुढापाकाको भनाइ छ । 

त्यसपछि बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । त्यसपछि बेत्रावती सन्धि विसं १८४९ भदौ ६ गते भएको इतिहासमा उल्लेख छ । त्यसबेलाको युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । नजिकै घलेगढी, कमारेगढी जस्ता युद्ध सामग्री भण्डार गर्ने ढुङ्गे गुफा रहेका छन् । मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । चारैतिर रमणीय हरियाली प्राकृतिक दृश्यले मन्दिर दर्शन गर्न आउँदा छुट्टै आनन्द हुने गर्छ । हाम्रो विद्यालयनजिकै रहेकोले हामी विद्यालय टिफिन वा खाली पिरियडमा खेल्दै घुम्दै मन्दिर पुग्छौँ ।        

गाेरखापत्र अनलाइन र २०८० माघकाे मुना मासिक पत्रिकाबाट साभार 




तीनवटा सामुदायिक वन कार्ययोजना हस्तान्तरण

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण



रसुवा, उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तीन वटा सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणीकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अब नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘विधान संशोधन तथा कार्ययोजना नवीकरण भयो अब नेतृत्व हस्तान्तरण गर्छु ।’ उहाँले भन्नुभयो ।

कार्ययोजना हस्तान्तरणपछि भएको अन्तक्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सबैले राम्ररी पढ्नु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाँकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथी केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समूहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताउनुभयो ।

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

दिगो वन विकास कार्यक्रम संयोजक चापागाईंले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताउनुभयो । 

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

एउटै कार्यक्रम 'रेडपाण्डा ट्रफी' दुई ठाउँमा, कता भाग लिने खेलाडीहरू अन्यौलमा

सरकारी लोगोको दुरूपयोग गरेको मध्यवर्ती व्यवस्थापन समितिमाथि आरोप

सदरमुकाम धुन्चेमा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगिता समेत् हुने 

 

रसुवा, रेडपाण्डा संरक्षण तथा पर्यटन प्रवर्दनका लागि  हरेक वर्ष आयोजना हुँदै आएको वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम यस वर्ष दुई स्थानमा सञ्चालन हुन लागेको छ । एउटै कार्यक्रम एकै समयमा दुईतिर सञ्चालन हुँदा खेलाडीहरू कता भाग लिने भन्ने अन्यौलमा छन् । खेलमा प्रतिस्पर्धा गर्ने इच्छा हुँदाहुँदै पनि कुन् कार्यक्रममा भाग लिने  अन्यौलमा  परेको खेलाडीहरू बताउँछन् । 

लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप प्रतियोगितासहित्  २९ औँ वन्यजन्तु सप्ताह तथा १२ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता धुञ्चेमा सञ्चालन गर्ने भएका छन् भने कालिका गाउँपालिका, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) र मध्यवर्ती व्यवस्थापन समितिले कालिकास्थानमा कार्यक्रम गर्न लागेको हो । 

प्रत्येक वर्ष धुञ्चेमा आयोजना हुँदै आएको कार्यक्रम यसवर्ष  एकै समयमा दुई स्थानमा सञ्चालन हुने भनेर प्रचार गरिएसँगै कार्यक्रम विवादित हुन लागेको हो ।  

लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार मध्यवर्ती व्यवस्थापन समितिले निकुञ्जको लोगो ब्यानरमा टाँसेर दुरूपयोग गरेको बताए । उनले भने 'लाङटाङ राष्ट्रिय निकुञ्जको लोगो दुरुपयोग भयो, लोगो जथाभावी प्रयोग गर्न पाईदैन ।'

सबै मिलेर सफल पार्नुपर्ने वन्यजन्तु सप्ताह तथा विश्वमा दुर्लभ रेडपाण्डा संरक्षणका नाममा हुन लागेको कार्यक्रममा देखिएको सरकारकै बिभाजनले खेलप्रेमी तथा सरोकारवालाहरुमा उत्साह भन्दा निरासा ल्याउने सरोकारवालाहरू बताउँछन् । 


Thursday, April 11, 2024

वनमा लागेकाे डँढेलोले बाख्रा फार्ममा क्षति

वनमा लागेकाे डँढेलोले  बाख्रा फार्ममा  क्षति

रसुवा, आमाछोदिङमो गाउँपालिका–१ लुम्बुडाँडा सामुदायिक वनमा लागेको डढेलोको कारण नजिकै रहेको बाख्रा फार्ममासमेत क्षति पुगेको छ। उत्तरगाया गाउँपालिका–१ को दक्षिणकाली सामुदायिक वनबाट लागेको आगोले एनआर एग्रो फर्ममा पुगेर त्यहाँको गोठ दाना, दाना बनाउने मेसिन तथा गोठ भित्रको सबै सामान पूर्ण रुपमा क्षति गरेको छ। 

'गोठमा बाख्रा भने अन्यत्र लगेकोले क्षति भएन। घुम्ती गोठ हुने भएकोले अहिले बाख्रा थिएन जंगल र बाख्रा फार्ममा ठूलो क्षति भयो',  स्थानीय एनआर एग्रो फर्म प्रालिका पासाङदे तामाङले भने। 

३ दिनदेखि उत्तरगया र आमाछोदिङमो गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण हुन सकेको छैन। अहिले पनि दक्षिणकाली सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न सकेको छैन। आगलागीको खबर पाएपछि हाकु प्रहरी चौकीबाट प्रहरीले अनुगमन गरेको हाकुबेशी प्रहरीले चौकीले जनाएको छ। 

मानव बेचबिखनकाे आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखनकाे आरोपमा  गाउँपालिका अध्यक्ष पक्राउ

रसुवा, नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षिय नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई प्रहरीले पक्राउ गरेको छ । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा  उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए  ।

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् । कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएकाेछ ।

Wednesday, April 10, 2024

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन




ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन 

एउटा पाना सकिन्छ

अर्को पाना पल्टाउँछु

पल्टाउँदा पल्टाउँदा धेरै पाना पल्टिसके

पात्रामाथि पात्रा खप्टिसके

पात्राका पाना मात्र पल्टेपछि

पात्रामाथि पात्रा खप्टिएपछि

शान्तिका पाना नपल्टेपछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। १


परिवर्तन हुने आशामा

प्रत्येक महिना पल्टाउँछु

पल्टाउँदा पल्टाउँदा धेरै महिना पल्टिसके

महिना माथि महिना खप्टिसके

महिनामाथि महिना खप्टिए पनि

वर्षमाथि वर्ष थुप्रिए पनि

तर कुनै परिवर्तन नआएपछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। २


पहिले ज्योतिष पात्रो पल्टाउँथे

अहिले पात्रै पात्रो पल्टाउँछौं

कतै भित्तेपात्रो त कतै गोजी पात्रो

जति महिना पल्टेपनि

पात्रै पात्रा खप्टेपनि

शान्तिका पाना नपल्टेपछि

देशमा शान्ति नआए पछि

ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। ३


Also See This Poem in Prem Prasad Paudel's Blog